होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ- मध्य मनसुनका बेला नेपालमा तापक्रममा उच्च वृद्धि भएको छ । काठमाडौँ उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । केही दिनयता काठमाडौँ उपत्यकामा पानी पर्न छाडेको छ । पूरा आकाश खुल्दा गर्मी अत्यधिक बढेको छ । आइतबार २९ डिग्री सेल्सियस रहेको काठमाडौँको तापक्रम […]
तिलोत्तमा — मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् । बुटवल १२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर गोतामेले मृत्यु भएको भनिएका व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । आरोपित गोतामेलाई […]
धनगढीः कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा नजिकै जीप दुर्घटना भएको छ। वनबासा नजिकैको चरकपुर बजारमा जीप दुर्घटना भएपछि १० जना नेपाली यात्रु घाइते भएका छन्। वनबासाबाट खटिमातर्फ गैरहेको नेपाली यात्रु सवार जीप चरकपुरमा दुर्घटना भएको भारतीय प्रहरीले बताएको छ। घाइतेहरुलाई खटिमास्थित सरकारी अस्पतालमा उपचारका लागि पठाएको छ। जीपका चालक भने दुर्घटनापछि फरार भएको र प्रहरीले […]
काठमाडौं: केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्यो। पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन्। सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो। चिनजान नभएको व्यक्तिले पठाएको उक्त रिक्वेस्टलाई महिलाले सहजै स्वीकार गरिन्। उनीहरु फेसबुकमा साथी बने। कुरा […]
अछाम । अछामको बयालपाटा अस्पतालले गरिब तथा बिपन्न बिरामीलाई निशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । न्याय हेल्थ नेपालको व्यावस्थापनमा नेपाल सरकारसँग साझदेदारी १४ बर्ष देखी दुर्गम जिल्लामा स्थापना भई गरिब जनताको सेवा गरदै आएको छ । अस्पतालले आर्थिक बर्ष २०७८÷०७९ मा ५४ हजार ७ सय ३४ जनाको निशुल्क उपचार गरेको अस्पतालका निर्देशक डा. मन्दिप […]
काठमाडौं: मृत्यु भएको भनिएको व्यक्तिलाई बुटवलको जीवित गराइएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ। एक चर्चमा खिचिएको उक्त भिडियोमा विवेक सत्याल नामको फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेका छन्। भिडिओमा भुइँमा सुतेकी महिलालाई चर्चका पास्टरले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ। भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ। […]
दैलेख — नागरिकतामा अपमानजनक नाम उल्लेख गरिएका दैलेखको भगवतीमाई गाउँपालिका–३ मेहलतोलीका कविराम कामीले नयाँ नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालयले नाम सच्याएर उनलाई आइतबार नयाँ नागरिकता दिएको हो । २०४६ जेठ १० मा गाउँमा खटिएको टोलीले उनलाई नागरिकता दिएको थियो । नागरिकतामा उनको नाम तत्कालीन प्रधानपञ्चको सिफारिसमा ‘कुकुर कामी’ लेखिएको थियो । ‘नाममै अपमान’ शीर्षकमा कान्तिपुरले समाचार लेखेपछि […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आइतबार बिहान ११ बजे मन्त्रालयको कल सेन्टरमा पुगे । श्रमिकले भोग्नु परेको विभिन्न समस्या फोनमार्फत प्रत्यक्ष रुपमा सुन्न उनी कल सेन्टर पुगेका थिए । सो क्रममा एक जना श्रमिकले मलेसियालगायत अन्य देशमा जान मेनपावरहरुले लाखौं रकम लिएको गुनासो सुनाए । सरकारले शून्य लागतमा नै खाडीका देश […]
बाजुरा । बाजुरा जिल्लाको पर्यटन प्रवद्र्धनका लागि २४ वर्षीय मनोज रेग्मीले पहल सुरु गरेका छन्। उनले वाइल्ड बाजुरा नामक अभियान नै सुरु गरेका हुन्। भौगोलिक हिसाबले बाजुरा जिल्लालाई उत्तरदेखि दक्षिणसम्म तीन विशेष क्षेत्रमा विभाजन गरिएको छ। उच्च हिमाली क्षेत्र, उच्च पहाड र मध्य पर्वत। उच्च हिमालय क्षेत्रले साइपाल हिमाल दायरालाई समेट्छ। उच्च पहाडी क्षेत्रमा दोहालेक […]
बाजुरा ५ भदाै । बाजुराका स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष बुझाउनु पर्ने व्यवस्था छ । तर बाजुराका ८ सय ४४ जना उम्मेदवार मध्ये ६ सय १३ जनाले निर्वाचन खर्च विवरण नबुझाएको […]
दैलेख — जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका –३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेको छ ।गृहमन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई पुन: नागरिकता दिन निर्देशन दिएपछि ‘कुकुर कामी’ नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले नयाँ नागरिकता प्रदान गरेको होे । २०४६ जेठ १० गतेको गाउँमा नागरिकता टोली […]
प्रकाश विक/बाजुरा ५ भदौ। जिल्लाको बडीमालिका नगरपालिकाको वडा नम्मर ९ ले वडा भित्र घरेलु मदिरा विक्रि वितरण र उत्पादन गर्न नदिने निणर्य गरेको छ । वडाले आज एक अन्तक्रिया कार्यक्रमको आयोजना गरेर वडामा घरेलु मदिराको विक्रि वितरण र उत्पादनलाई पूणर् रुपमा बन्द गर्ने निणर्य गरेको हो । वडाले इजाजत प्राप्त मदिरा व्यापारीहरुलाई मदिरा विक्रि वितरणलाई […]
डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाईते भएका छन्। डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम तर्फ आइरहेको से १ ज ५०४ नम्बरको जिप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँ मोडमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीका अनुसार घाइतेहरूको परिचय खुलिसकेको छैन। घाईते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको उनले बताए। […]
नागरिक रैबार/बाजुरा ५ भदाै । बाजुरा जिल्ला अस्पतालमा स्त्रीरोग बिशेषज्ञको सेवा आजबाट सुरु भएको छ । जिल्ला अस्पताल बाजुरामा पहिलोपटक डाक्टर सुनिल कुमार शाहले स्त्री रोग सम्वन्धिको सेवा दिने भएका हुन् । जिल्ला अस्पताल बाजुरामा सेवा लिन आउने आमाहरुको अकालमा ज्यान गुमाउनुपर्ने अबस्था आउँन नदिनका लागि स्त्री रोग बिशेषज्ञको सेवा सुरु गरेको जिल्ला अस्पताल व्यवस्थापन […]
काठमाडौं । पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने आज ‘बड्का अट्वारी’को रुपमा यो पर्व मनाउँदै छन् । हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि रैब पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । थारु भाषामा आइतबारलाई […]
काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ ।गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा एक घर एक धारा जडान गरेको हो । गाउँपालिकाको समस्याका रुपमा खानेपानी रहेको हुँदा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि खानेपानीका क्षेत्रमा योजना अगाडि बढाएसँगै […]
बाजुरा । बाढी र पहिरोका कारण असार अन्तिम सातादेखि साँफे–मार्तडी सडक खण्डको बार्जुगाढदेखि जडांगासम्मको करिब २० किलोमिटर सडक दर्जनौं ठाउँमा अवरुद्ध छ । बाजुराको लाइफलाइनको रुपमा रहेको यो सडक वर्षादको समयमा पूर्ण रुपमा अवरुद्ध हुन थालेको चार वर्ष भइसक्यो । बर्खा नसकिदासम्म यो सडक सुचारु हुने अवस्था हुँदैन । नियन्त्रण गर्न असम्भव भइसकेको पहिरोमा सडक डिभिजन कार्यालय साँफेबगरले […]
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय […]
सामाजिक अभियान्ताको रुपमा परिचित हेमराज थापा स्वतन्त्र उम्मेदवारको रुपमा संघीय चुनावमा लडने भएका छन्। केही वर्षदेखि बिभिन्न मुद्दा लिएर माईतिघरदेखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका थापाले संसदबाट जनता र देशका पक्षमा लड्ने घोषण गरेका हुन्। उनले आफ्नो फेसबुक पेजमार्फत लेखेका छन्, ‘अहिलेसम्म सडकबाट लड्यौँ, सडकमा बोल्यौँ,अब संसदबाट जनता र देशका पक्षमा लड्ने छौं।’ समाजका विभिन्न विषय […]
बाजुरा । प्रक्रियामा रहेको,भुमिहिन ,दलित भुमिहिन, सुकुम्वासी,र अव्यवस्थीत बसोबासिको लागत संकल सम्बन्धी ३५ राष्ट्रिय भुमि आयोगमा पठाइसक्नु पर्ने जनाएकाे छ । राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै पत्रकारहरुलाई जानकारी गराएको हो । राष्ट्रिय भुमि आयोग जिल्ला समितिमा नयाँ पदाधिकारीहरुको नियुक्ति भएदेखि हाल सम्म आफुले गरेका गतिविधिहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक […]