होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बडीमालिका ९ सेलाघाटका बाढी पिडितले अझै राहत पाएनन्
बडीमालिका

बडीमालिका ९ सेलाघाटका बाढी पिडितले अझै राहत पाएनन्

  • नागरिक रैबार
बडीमालिका ९ सेलाघाटका बाढी पिडितले अझै राहत पाएनन्

नागरिक रैबार/बाजुरा ७ भदौ। बाजुराको बडिमालिका नगरपालिका वडा नम्मर ९ सेलाघाटका बाढि पिडितले राहत तथा क्षेतीपुर्ति अहिले सम्म पाउन सकेका छैनन् । बाढि गएको दूई हप्ता वितिसक्दा पनि न राहत पाएका छन् नत क्षेती पुर्ति । साउन २० गते राती १२ बजे अविरल बर्षा संगै आएको बाढिले करिब २० रोपनी धानी बाली बगाएर सखाव पारेको थियो ।

धानबाली बाढिले बगाएर साखव पारेपछी खेत बगर बनेको छ । त्यहाँ बाढि गएको भोलीपल्ट जिल्ला प्रहरी कार्यालय बाजुराको टोली,बडिमालिका नगरपालिकाको टोली लगाएत सरोकार राख्ने अन्य निकायको टोली गएर अनुगमन गरी क्षेतीपुर्तीको मुचुल्का समेत बनाएको थियो । तर क्षेतीपुर्तीको मुचुल्का बनाएपनी बाढिपिडितले राहत तथा क्षेतीपुर्ती भने अहिले सम्म पाएका छैनन् ।

पटक पटक क्षेतीपुर्ती र राहतका लागी नगरपालिका धाउदा पनी अहिले सम्म कुनै राहत नपाएको बाढिपिडित मिन बहादुर थापाले बताएका छन् । क्षेतीपुर्तिको मुचुल्का लिएर हामी नगरपालिका गयौं तर यसको कुनै सुनुवाई नगरेको बाढि पिडित थापाले भन्नुभयो । मुचुल्का जिल्ला प्रशासन कार्यालय बाजुरामा लिई नगरपालिकाबाट राहतका लागि सिफारिस भएको भएता पनि नगरपालिकाले राहत दिन तथा क्षेतीपुर्ति दिन वास्ता नगरेको बाढी पिडित चन्द थापाले बताए ।

विज्ञापन

क्षतिको बिवरण सहित पुष्टी गरी राहत दिलाउन सिफारिस छ तर नगरपालिका भने कुनै चासो नदेखाएको उनको भनाई छ । यता बडिमालिकाका नगरप्रमुख अमर खड्का भन्नहुन्छ ,बाढी पिडित स्थानियको राहात तथा क्षेतीपुर्ति दिनको लागी नगरपालिकाले आवश्यक पहल गरिरहेको बताए ।

सेलाघाट लगाएत अन्य क्षेत्रको पनी राहतको निवेदन नगरपालिकामा पेश भएकाले क्षेतीपुर्तिको विवरण अनुशार केहिदिन भित्र राहत दिने उहाँले भन्नुभयो । कृषिको क्षेतीपुर्ति विवरण उठाएर नगरपालिकाले मन्त्रालयमा पठाउने र अन्य सामान्य क्षेतीपुर्ति नगरपालिकाले उपलब्ध गराउने नगरप्रमुख भनाई छ ।

अहिले सेलाघाटका बाढिपिडितले जिल्ला सिचाई कार्यालय बाजुराबाट वाढीले क्षेति पु¥याएको ठाँउमा तारजाली लगाउन तार जाली मात्र उपलब्ध गराएको छ । अन्य सरोकार निकायबाट भने कुनै सेवा सुविधा नपाएको गुनासो स्थानियको छ

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार