होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १६ फागुन। जिल्लाको गौमुल गाउँपालिका–६ टुनी, बाम्नी, शान्तिटोल र चिउँडेका चार वटा दलित बस्तीका ५० जना विपन्न दलित परिवारलाई न्यानो लुगा वितरण गरिएको छ । दलित समुदाय भित्रका अति विपन्न परिवारका ५० जना महिला तथा बालबालिका र वृद्धवृद्धालाई चिसो छल्न न्यानो लुगा वितरण गरिएको हो । “छोरीका लागि छोरी”अभियान कपडा बैंक काठमाण्डौं जाउलाखेल […]
मदन विक/बाजुरा १६ फागुन। बाजुरा जिल्लाका भुपु र वर्तमान नेपाली सेनामा कार्यरत रहेका सेनाका छोराछोरीहरुले शैक्षिक शत्र २०७७ बाट बाजुरामै निशुल्क पढ्न पाउने भएका छन् । नेपाली सेनाले आफ्ना सैनिक परिवारका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा पाउन भन्ने उद्देश्यले शैक्षिक सत्र ०७७ बाट लागु हुने गरि बाजुरा जिल्लामा पनि सेनाका सन्तानहरुलाई पढ्ने व्यवस्था मिलाएको […]
नागरिक रैबार/बाजुरा १५ फागुन। सुदूरपश्चिम प्रदेश स्तरीय वक्तृत्व कला प्रतियोगितामा पनि बाजुराकाे बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका छन् । उनले वक्तृत्व कलामा सहभागी भएका सुदूरपश्चिम प्रदेश भित्रका ८ जिल्लाका प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान ल्याउन सफल भएका हुन् । यस अघि बाजुरामा संचालन गरिएको जिल्ला स्तरीय वक्तृत्वकलामा प्रथम भएका नेपाली सुदूरपश्चिममा संचालन […]
नागरिक रैबार/बाजुरा १५ फागुन। बाजुराका जनजाति समुदायले नयाँ वर्षको रुपमा ग्याल्वाे ल्होसार पर्व भव्य रुपमा मनाएका छन् ।जनजातिको भाषा, धर्म, कला सांस्कृतिक हाम्रो पहिचान, जातिय र सामाजिक सद्भाव जोगाउँनका लागि उनिहरुले प्रत्येक वर्ष यो पर्वलाई नयाँ बर्षको रुपमा मनाउने गरेका छन् । जिल्लाको सदरमुकाम मार्तडी, विच्छ्या, पाण्डुसेन, कोल्टी लगायतका स्थानहरुमा बसोवास गर्दै आएका जनजाति समुदायले […]
नागरिक रैबार/बाजुरा १५ फागुन।सहयोगी हातहरुको समूह (सहास) नेपाल बाजुराले अतिविपन्न परिवारलाई लक्षित गरि परम्परागत पेशाको प्रर्वद्धन गर्न आयमुलक औजार सामाग्रीहरु वितरण गरेको छ ।विहिबार सदरमुकाम मार्तडीमा एक कार्यक्रमको आयोजना गरेर सहास नेपाल लिफ्ट परियोजना अन्तरगतका सेवाग्राहीहरुलाई उक्त सामाग्री सहयोग गरेको हो । सहास नेपाल लिफ्ट परियोजनाको ७५ प्रतिशत सहयोग र लाभग्राहीको २५ प्रतिशत सहयोगमा अतिविपन्न […]
अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ। प्रदेश नम्बर ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिवारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ। आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नम्बर ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले […]
फागुन १४ पोखरा । प्रदेश नं. १ बाहेक अन्य ६ वटा प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधीहरुको लागि बनाइदिएको सेवासुविधासम्बन्धी कानून असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालतले उक्त अनुसूचीमा रोक लगाइदियो । कात्तिक १ गते सर्वोच्चले रोक लगाएपछि अहिले स्थानीय तहका जनप्रतिनिधी सेवासुविधा विहीन बनेका छन । संविधानको धारा २२७ ले व्यवस्था गरेको छ, “गाउँसभा र […]
फागुन १४ धनगढी : पश्चिम सेती निर्माणमा दबाब दिन प्रधानमन्त्रीलाई बुझाइने एक लाख पत्र संकलन कार्य शुरु भएको छ। बुधबार विश्व सहित्य सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी धनगढी पुगेपछि त्यसै खुल्ला मञ्चबाट बोलन्या थली धनगढीले १ लाख पत्र संकलनको कार्य थालेको हो। पत्र संकलनको शुभारम्भ ८४ वर्षीय भोजबहादुर चन्दबाट गरिएको छ। दिउँसो ४ बजेसम्म […]
धनगढी: धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सुरु भएको छ। होटल व्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका– १ स्थित खुला मञ्चमा महोत्सव शुरु भएको हो। खाना महोत्सवको पञ्चकन्याले नरसिंगको धुनको साथमा ९ वटा दिप प्रज्वलन गरेर उद्घाटन गरिएको हो। […]
फागुन १४ राेल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले विगतमा जनयुद्धको केन्द्रका रुपमा रहेको रोल्पालाई अब विकासको केन्द्र बनाउने कामको थालनी भएको जनाका छन् । रोल्पा सदरमुकाम लिवाङमा बुधबार लगानी सम्मेलनको उदघाटन गर्दै मन्त्री पुनले जनयुद्धको केन्द्र र परिवर्तनको प्रतीकका रुपमा रहेको रोल्पा अब विकास, समृद्धि तथा लगानीमैत्री जिल्ला हुने घोषणा गरे […]
रामबहादुर वि.क./बाजुरा १४ फागुन। विद्यार्थीहरुको पढाईलाई प्रभावकारी बनाउन सिकाई मेलाको आयोजना गरिएको छ । कक्षा १ देखी ३ सम्मका आधारभुत तहका बिद्यार्थीहरुलाई पढाईमा सीपको विकास गर्ने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको हो । बडीमािलका नगरपालिका वडा नं. ८ स्थित श्री बालमन्दिर आधारभुत विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सिकाई मेलाको आयोजना गरिएको हो । बुधबार […]
आरबी बुढाथोकी फागुन १४ काठमाण्गडाै रिबको खाना भनेर चिनिएको फापर अहिले धनीमनीले औषधिको रुपमा प्रयोग गर्न थालेका छन्। कुनै जमानामा फापर पनि खान्छन् भनेर हेला गरिएको अन्न अहिले सबैको प्रिय हुन थालेको छ। गुणकारी अन्न फापरको विशेषता नबुझ्दा गाउँघरतिर पनि हुने खानेले त भैंसीलाई खोले बनाएर खुवाउँथे। गरिबले मात्र विकल्प नहुँदा बाध्यताबस फापरका परिकार खाने […]
डोटी : जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट हिजो आज राम्रो आम्दानी गर्न थालेकी छिन्। उनले एक वर्ष पहिलेदेखि उक्त व्यवसाय शुरु गरेकी हुन् । कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उनले छोरीलाई बार्डिङ स्कुल पढाउनुका साथै घर खर्च राम्रैसँग धानेकी छिन्। उनी एक हातको अपाङ्गता भएकी महिला पनि हुन्। वर्षौं […]
नागरिक रैबार/मार्तडी १३ फागुन।बाजुरा जिल्लाका आसपास क्षेत्रमा निरन्तर वर्षा भईरहेको छ । मंगलबार विहानै देखि बादल लागेसंगै दिनभर वर्षा भएपछि यहाँको जनजीवन कष्टकर बनेको हो । वर्षासंगै जिल्लाका उच्च हिमाली क्षेत्रहरु पोरखे लेख, जुकोट, मानाकोट, कैलाशमाण्डौं र तोली लगायतका स्थानहरुमा हिमपात समेत भएको छ । मंगलबार विहानैबाट एकाएक चिसो बढेपछि यहाँका व्यापारी र स्थानीयहरु घरभित्रै […]
भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुबिच भएको भिडन्तमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। समाचार संस्था एएनआईका अनुसार अहिलेसम्म तीनजना सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ। अर्का एकजनाको मृत्युको पुष्टि जिटिभीले अस्पताल स्रोतलाई उद्धृत गर्दै गरेको छ। तर मृत्यु हुने पाँचौँ व्यक्तिका बारेमा विस्तृत विवरण सार्वजनिक भएको छैन। घटनामा घाइते […]
डोटी – डोटीको एउटै वडामा १ सय ६३ बालविवाह भएका छन । साढे तिन बर्षको अवधिमा डोटीको दिपायल सिलगढी नगरपालिका ८ लडागडामा १ सय ६३ वटा बालविवाह भएको पाइएको हो । गैरसरकारी संस्था सामुदायिक विकास केन्द्र सीडीसी डोटीले गरेको सर्वेक्षण अनुसार २०७३ साल बैशाख देखि हाल सम्म एउटै वडामा यति धेरै बालविवाह भएको पाइएको हो […]
प्रधानमन्त्री केपि शर्मा ओलिको जन्मदिनको अवसरमा शुभकामना सुबेच्छा भन्दा बढी आलोचना भएको पाइएको छ। जन्मथलो तेह्रथुममा आईतवार आफ्नो ६९ औ जन्मदिन मनाउने क्रममा प्रधानमन्त्री ओलिले नेपालको नक्साको आकारमा बनाइएको केक नै काटे पछि सामाजिक संजालमा यसको व्यापक बिरोध एंब आलोचना भएको पाइएको छ। २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको साबिक इवा गाबिसको सल्ले, हाल […]
नागरिक रैबार/बाजुरा ११ फागुन । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका कृषकलाई उखु खेतीमा आत्मनिर्भर बनाउन विउ वितरण गरेको छ । आईतबार पहिलो चरणमा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, नगरपालिकाकी उपप्रमुख कविता विष्ट, प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्याल र कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले सयुक्त रुपमा तिपाडा र विरेखोला दुई ठाउँबाट […]
नागरिक रैबार/बाजुरा ११ फागुन। बडीमालिका नगरपालिकाका वडा अध्यक्ष र वडा सचिवका लागि आयोजना गरिएको दुई दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाका वडामा सचिव नियुक्ति भए पछी कुन काम कसरी गर्ने भन्ने अन्योलता सिर्जना भएकोले अभिमुखीकरण गोष्ठी आयोजना गरिएको नगर प्रमुख पदम बडुवालले बताए । घटना दर्ताका विषय सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी […]
नागरिक रैबार/ बाजुरा१० फागुन । जिल्लाको त्रिबेणी नगरपालिका वडा न ३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका २४ बर्षिया लोकेन्द्र साउद रहेका छन् । शनिवार दिउसो सोही नगरपालिकामा रहेको बिद्युत पावर हाउसमा गएका बेला एक्कासी करेन्ट लागेर मृत्यु भएको त्रिबेणी नगरपालिका वडा न ३ का वडा अध्यक्ष मिन […]