होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २१ भदौ । बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले स्वदेशमै केही गरि खाने युवाहरुले आफ्नो ठाउँको यसरी नै माटो चलाए पुग्ने बताएका छन् । शनिवार दिउँसो बडीमालिका नगरपालिका वडा नं. ९ स्थित अनाई खोलाको किनारमा व्यवसायीक रुपमा टमाटर खेति गरिरहेकी माया विकको तरकारी खेतीको अवलोकन गर्दै सो कुरा बताएका हुन् । […]
विराटनगर । मोरङमा २ लाख रुपैयाँ हात पार्न एक युवकले नातामा बहिनी पर्ने बालिकाको अपहरण गरेको खुलेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ कि १४ वर्षकी बालिकासँग भएको २ लाख हात पार्न नातामा दाजु पर्ने २१ वर्षका सुजन रणपहेलीले साथीहरुसँग मिलेर अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । प्रहरीले सुजनसहित पथरीशनिश्चरे–६ का […]
२१ भदौ, कैलाली । कैलाली गौरिगंगा नगरपालिका- १० उदासीपुरका जंगबहादुर सार्की मुक्त हलिया हुन् । तर, उनको नाम कुनै पनि सरकारी निकायको रेकर्डमा छैन । त्यसैले मुक्त हलियाले पाउने सरकारी सेवा–सुविधाबाट उनी बञ्चित छन् । ९ सन्तानका बाबु जंगबहादुरका २ छोरा र ७ छोरी छन् जसमध्ये ३ छोरीको बिहे भइसक्यो । श्रीमतीसहित ४ सन्तानको जिम्मेवारी […]
काठमाडौँ । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ ।कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै […]
रामबहादुर विक/बाजुरा २१ भदाै । सदरमुकाम मार्तडी-कोल्टी सडक खण्ड तिन महिना देखी अवरुद्ध भएको छ । असार पहिलो हप्ताबाट अवरुध भएको मार्तडी कोल्टी सडक खण्ड भाद्र मसान्त सम्म खोल्न सकेको छैन । अविरल बर्षातका कारण ठाँउ ठाँउमा भत्किएर बन्द भएको सडक तिन महिना विति सक्दा पनी सुचारु नभएको पाइएको छ । सडक सूचारु नहुदा मार्तडी […]
बैतडी : संसार हेर्ने आँखाको ज्योति नै गुमेपछि बैतडीमा एक दलित दम्पतीलाई जीवनयापन गर्न निकै सकस भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१ कलौनका ३५ वर्षीय मदन लुहार र २५ वर्र्षीया पार्वती लुहार दृष्टिविहीन छन्। दुई छोरा र एक छोरीका अभिभावकसमेत रहेको यो दम्पतिको विवाह १० वर्षअघि भएको थियो। त्यतिबेला पार्वतीको उमेर १५ वर्षको मात्र थियो। मदनको […]
नागरिक रैबार/बाजुरा २० भदौ। बाजुरामा पनि नेपाल स्वयंसेवक संघ गठन गरिएको छ । नेपालमा बिशुद्ध रुपमा सामाजिक सेवामा समर्पित स्वयंसेवक संघ नेपाल बाजुरामा पनि गठन गरिएको हो । सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको साझा संगठनका रुपमा रहेको यस संघमा मंगल नेपालीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला स्वयंसेवक संघ चयन गरिएको छ । मंगल नेपाली अध्यक्ष रहेको […]
नागरिक रैबार/बाजुरा २० भदौ। बाजुराबाट सरुवा भएका प्रहरी नायव उपरिक्षक (डिएसपी) टंकप्रसाद भट्टराईलाई सामुदायिक सेवा केन्द्रले विदाई गरेको छ । शनिबार सामुदायिक सेवा केन्द्रले एक औपचारिक कार्यक्रम गरि डिएसपी भट्टराईको विदाई गरेको हो ।विदाई कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष काल्चे दमाई र प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बाजुरा जिल्लामा डिएसपी भट्टराईले शान्ति सुरक्षामा खलेको भुमिका […]
लिना दुवाडी । विचार । अहिले जीवन ‘भर्चुअल’ भएको छ । कोरोना भाइरसको कहरले ‘क्याफेमा भेटौं न !’ भन्नुपर्नेमा ‘जुम मिटिङ गरौं न !’ भन्नुपर्ने भएको छ । डिजिटल ‘स्टोरीटेलर’ का रूपमा मेरो दैनिकी त यसै पनि ‘भर्चुअल’ । केही दिनअघि यस्तै ‘भर्चुअल’ माध्यमबाट गृहनगरकी एक जना साथीसँग कुराकानी भयो । उनीसँगको यस्तो वार्तालाप १२ वर्षपछि हुँदै थियो । सम्बन्धहरूका […]
मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । जारी पूर्वानुमानमा महाशाखाले हाल देशभरका प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बलदी भइरहेको र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी […]
नागरिक रैबार/बाजुरा १९ भदौ। बुढीगंगा नदिमा आएको बाढीका कारण ताँप्रीसेराको पुल बगाएपछि आवत जावत गर्न स्थानीयहरुले उक्त ठाउँमा तुईन जडान गरेका छन् । करिव डेढ महिना अघि बाढीका कारण ताँप्रीसेराको पुल बगाएपछि साविकको कैलाशमाण्डौं जाने र आउने स्थानीयलाई समस्या हुँदै आएको थियो । पुल बगाएपछि कैलाशमण्डौं जाने स्थानीयहरु एक घण्टाको पैदल यात्रा गरेर बल्दे नजिकैकोे […]
नागरिक रैबार/बाजुरा १९ भदौ। त्रिभुवन विश्व विद्यालयका चर्चित विद्यार्थी युवा हेमराज थापाले बाजुराको बडीमालिका नगरपालिका वडा नं. २ स्थित घाघरका बाढीपिडित परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेका छन् । गत साउन २५ गते बुढीगंगा नदिमा आएको बाढीका कारण विस्थापित बनेका घाघरबासीलाई शुक्रबार गाउँमै पुगेर उनीहरुलाई खाद्यन्न वितरण गरेका हुन् । खप्तड मालिका युवा संजालको पहल […]
नागरिक रैबार/बाजुरा १९ भदौ। दक्षिण कोरियाको विमानस्थलमा ४० जना नेपाली अलपत्र परेका छन् । दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवती र ३६ जना युवा अलपत्र परेका हुन् । शुक्रबार बिहान स्थानीय समय अनुसार ५ बजे दक्षिण कोरियाबाट काठमाडौंका लागि कोेरियन एयरलाइन्सले उडान भर्ने तालिका थियो । सो उडानमा २ सयभन्दा बढी नेपालीले स्वदेश फर्किनको […]
बाजुरा। नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले ५८ औ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुरा ले स्वयम सेबकका लागि तालि बजाउनुहोस् भन्ने मुल नारा लाई आत्म साथ गर्दै स्थापना दिवस मनाएको हो । जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरु हरुलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको सभापति रम […]
काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढ्ने क्रममा रहेको छ। नेपालभर आज अहिले सम्मकै बढी कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा एक हजार तीन सय भन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन्।शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप […]
नागरिक रैबार/बाजुरा १८ भदौ। सामाजिक अभियान्ता तथा एविसी टेलिभिजनमा प्रसारित चर्चित लाईभ लोकदोहोरी कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कंडेलले बाजुराका र अछामका बाढीपिडितलाई १३ लाख ५० हजार बराबर नगद सहयोग गरेका छन् । वर्षातको समयमा बाढी पहिरोबाट विस्थापित बनेका बाजुरा र अछामका बाढीपीडितलाई कंडेलले सम्वन्धित ठाउँमै पुगेर पिडित परिवारलाई राहत स्वरुप नगद १३ ५० हजार बराबर […]
नागरिक रैबार/बाजुरा १९ भदौ। जिल्लाको हिमाली गाउँपालिका वडा नं. ५ रुगीनमा नेपाली काँग्रेसका कार्यकर्ताले नेकपाका ६ जना कार्यकर्ता माथि कुटपिट गरेका छन् । विहिबार राति हिमाली गाउँपालिका वडा नं. ५ को आयोजनामा भएको पाटीको नेकपाका कार्यक्रताले नेपाली काँग्रेसमा प्रवेश नगरेको भन्दै नेकपाका ६ जना कार्यकर्तामाथि कुटपिट गरिएको हो । काँग्रेसले आयोजना गरेको भेलामा नेकपाका कार्यकर्ता […]
बाग्लुङ । बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ । मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किभएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुगेका हुन् । तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.ईन्द्रजित राईले जानकारी दिए । […]
काठमाडौँ । धादिङको निलकण्ठ नगरपालिका– १३ स्थित खलचेतमा एक पुरुषको हत्या भएको छ । गएराति २६ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेका हुन् । बिहीबार राति साढे १० बजे परियाले खुर्पाले हानेर गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई जानकारी दिए । राति करिव १ बजे हत्या […]
काठमाडौँ – आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले सञ्चालनमा अनिच्छा देखाएका हुन् । कोभिड–१९ सङ्क्रमित दैनिक बढ्दै गएकाले यसै भन्न नसकिने अवस्था नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । यातायात व्यवस्था विभागले पनि […]