होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २४ भदाै । बाजुरा जिल्लामा सरकारी कार्यालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ । स्वास्थ्य कार्यालय बाजुराले गत आइतबार जिल्लास्थित कर्मचारी, पत्रकार, सुरक्षाकर्मी राजनीतिक दल र नागरिक समाजका गरी २ सय ५६ जनाको स्वाव सकलन गरेर धनगढी पठाएको थियो । स्वाव सँकलन गरेका २ सय ५६ जना मध्ये […]
२४ भदौ, पर्सा । गत असार ३१ मा पर्साको छिपहरमाई गाउँपालिका–३ की ४८ वर्षीया एकल महिलालाई सोही गाउँपालिकाका सदस्य सुवास साह कानुसहित आठजनाले बोक्सीको आरोपमा कपाल मुण्डन गरेर गाउँ घुमाए । जनप्रतिनिधिकै संलग्नतामा अर्धनग्न पारेर सार्वजनिकरूपमा कुटपिट गर्नेमा गाउँपालिकाका सदस्य कानुसहित स्थानीय सञ्जय गिरी, मुन्नीलाल परदेशी, सन्ध्या देवी, इन्दु देवी, जितेन्द्र ठाकुर, राहुल ठाकुर र […]
विचार । त्यो समय, पहुँचमा भएका मुर्खहरुले जातको रंग भरिदिए। जन्मदै गरेको एउटा भगवान (बालक)लाई उसका पुर्खाको जातसँग जोडेर उच्च–निच्च विभाजन गरे। तल्लो जातका व्यक्तिसँग आफ्नो स्वार्थ अनुसारको शारीरिक शोषण चल्ने भयो। उनीहरुले बनाएका औजार र हातहतियार चल्ने भए। उनीहरुले सिलाएको लुगा लगाइयो। उनीहरुले कला भरेका गहनाहरु झन् विशेष भए। अर्थात्, प्रत्यक्ष रुपमा श्रम, सीप […]
नागरिक रैबार बाजुरा २४ भदौ । बाजुरा जिल्ला त्रिविणी नगरपालिका ४ तोलिमा मदिरा सेवन गरेका जड्याहालाई प्रक्राउ गर्दा उल्टै प्रहरी माथि आक्रमण भएको छ । उनीहरुको आक्रमणबाट तिन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यलय बाजुराका निमित्त प्रमुख तथा प्रहरी निरिक्षक लोकेन्द्र सिं ठगुन्नाले बताएका छन् । मापसे चेक गरेर प्रहरी चौकी ल्याउने क्रममा प्रहरी […]
पानीलिन घरभित्र पसेको भन्दै मोरङको उर्लाबारी–४ थापाडाँगीकी दलित १२ वर्षीया बालिका फुलसरी मंग्रान्ती (सार्की)लाई निर्घात कुटपिट गरिएको छ । कुटपिटबाट बालिका घाइते भएकी छिन् भने प्रहरीले उजुरी लिन मानेको छैन । फुलसरीलाई छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र छोरा अम्बिरले कुटपिट गरेको उनका आफन्त दुर्गाकुमारी रोकाले बताइन् । आमाबुबा बेपत्ता भएकी फुलसरीलाई दुर्गाले नै […]
दार्चुलामा सुरक्षित गर्भपतन गर्ने बढेका छन्। अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन्। विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु अहिले भने जिल्ला अस्पतालमा सुरक्षितरूपमा गर्भपतन गराउन थालेका छन्। गत चैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएपछि सीमा पुल बन्द छ। “जिल्लामा गत आर्थिक वर्षमा २५५ जनाले सुरक्षित गर्भपतन गराएका […]
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजार अन्धकारमा रहेको छ । विसं २०४० मा निर्माण भएको यहाँको घुघुत्ती साना जलविद्युत् आयोजनाको अहिलेसम्म मर्मतसम्भार हुननसक्दा यहाँका उपभोक्ताले दशकौँदेखि दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै आएका छन् । गत वर्ष विद्युत्को क्षमता विस्तारका लागि करिब रु तीन करोडको ठेक्का आह्वान गरेर भारतीय ठेकेदार सुरेन्द्र पासीले दुईवटा नयाँ मेसिन […]
मलाई रिस उठ्छ । मेरै आखा अगाडी प्रत्येक दिन नगरपालिका असफल भइरहेछ । लुट मच्चिरहेछ । वर्षमा दुइचोटी आगलागीको वार्षिक कार्यक्रम लागु गरिदै छ । त्यो देखेर मलाई असाध्यै रिस उठ्छ। जनताको पैसामा प्राविधिक प्रत्येक वर्ष तराईमा घडेरी बैना गरिरहेछ। जनताको कर तिरेको पैसाको कुनै रेकर्ड छैन। सेटिंग चलाउने स्वतन्त्रताको भरपूर फाइदा उठाइरहेछन्। कर्मचारीहरू अझ […]
नागरिक रैबार/बाजुरा २४ भदौ। भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएका बुढीनन्दा नगरपालिका ३ का अन्दाजि २८ वर्षिया जगत रोकायाको परिवारलाई बुढीनन्दा नगरपालिकाले राहत स्वरुप क्रिया खर्चवाफत १ लाख सहयोग गरेको छ । मृतक रोकायाको आश्रित परिवारको आर्थिक अवस्था नाजक भएकाले मृतकका परिवारका लागि बुढीनन्दा नगरपालिकाले एकलाख सहयोग गरेको हो । कोल्टीमा खानेपानीको हाहाकार भएपछि खानेपानी […]
नागरिक रैबार/बाजुरा २४ भदौ। पत्रकार गगन अयडीको अभिनयमा औठी चिनो नामक ठाडी भाका गीत बजारमा आएको छ । बरिष्ठ देउडा गायक लालबहादुर थापाको एरेन्ज, शव्द, लय र स्वरमा मंगलबार साँझ लालबहादुर थापाको आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा पत्रकार गगन अयडी र मनिसा सुनारको अभिनय देख्न सकिन्छ । हजारौं देउडा, दोहोरी […]
धनगढी– रोजगारीका लागि भारत गएकाहरू कोरोना संक्रमणको डरले घर फर्किए पनि अहिले भोकसँग हारेर फेरी भारत जाने क्रम बढेको छ। केही महिना घर–गाउँमै बसेका उनीहरु गुजारा चलाउनै मुस्किल भएपछि फेरी भारत जान थालेका हुन्। अहिले पुनः कामकै खोजीमा भारततिर फर्किनेको सीमा नाकामा लर्को छ। त्रिनगर–गौरीफन्टा नाकाबाट मंगलवार पनि चार सय ४८ जना भारत पसेका छन्। […]
हेटौंडा २३ भदौ । मकवानपुरको मनहरी गाउँपालिका– १ का वडाध्यक्ष शिवप्रसाद खनालकी आमाले तीनवटा वडाबाट अलग अलग सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको पाइएको छ । ७२ बर्षकी बेदमाया खनालले वडा नम्बर १, ३ र ७ बाट अलग अलग ज्येष्ठ नागरिक र एकल महिला भत्ता लिँदै आएको खुलेको हो । वडा नम्बर ३ बाट एकल महिला […]
जब कोरोना संक्रमितको मृत्यु हुन्छ, शव व्यवस्थापन झमेला बन्छ । सुरक्षित ढंगले शव विसर्जन गर्न अनेकन अड्चन छ । न परिवारजन-आफन्तले शवलाई विधीपूर्वक सद्गद गर्न पाउँछन्, न गाड्ने-जलाउने ठाउँ नै । संक्रमितको शव विसर्जन गर्न खोज्दा कहीँ छिःछि गर्ने त कहीँ ढुंगामुढा गर्ने प्रवृत्ति देखिन्छ । अर्कोतिर के पनि देखिन्छ भने, कोरोना संक्रमितको शवलाई व्यवस्थापन […]
२३ भदौ, वीरगञ्ज । कोरोना महामारी शुरु भएयताका ५ महिनामा देशभर महिला हिंसा तथा मानव अधिकार उलंघनका २ हजार ४६ वटा घटना भएका छन् । शान्तिका लागि साझा अभियान (कोक्याप) ले प्रदेश २ का प्रदेश सभा सदस्य महिला तथा महिला अधिकारकर्मीसँगको भर्चुअल छलफलमा यो तथ्यांक सार्वजनिक गरेको हो । कोक्यापको तथ्याङ्क अनुसार प्रदेश नं २ […]
राजेन्द्र बहादुर रोकाया। बाजुराको बुढीनन्दा नगरपालिकामा मगलबार बिहान ढुंगा लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका ३ घर भएका अन्दाजी २८ बर्षिया जगत रोकाया रहेका छन् । सोही नगरपालिकाको वडा नं. ३ नुरीमा रहेको धुपागाड खोलामा रहेको खानेपानीको पाईप लाईन मर्मत गर्ने क्रममा युवक रोकायाको मृत्यु भएको हो । खोलामा गएर […]
२३ भदौ, बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई–भैंसी सुत्केरी हुँदा पशुधनी किसानलाई भत्ता दिने नीति लिएको छ । सुत्केरी भएका पशुले सो अवधिमा पोषणयुक्त आहार तथा दाना खान पाउन् र दूध उत्पादक किसानलाई प्रोत्साहन होस् भनेर प्रति सुत्केरी पशु दुई हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिने भएको हो । भत्ता पाउन किसानले गाई–भैँसी सुत्केरी भएको […]
सिन्धुपाल्चोक, २३ भदौ। सिन्धुपाल्चोकमा लकडाउनको मोडालिटी परिवर्तन गरिने भएको छ । भदौ १ गतेदेखि जारी लकडाउन चौथोपटक भदौ २४ गतेदेखि ३१ गतेसम्मको लागि थप गर्दा मोडालीटी समेत परिवर्तन गरिएको हो । नयाँ नियमअनुसार अब बजारका सबै पसल व्यवसाय दिउँसो ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने भएको हो । पसल खोल्दा स्वास्थ्य मापदण्डले तोकेको सबै प्रकृया […]
नागरिक रैबार/बाजुरा २३ भदौ। बडीमालिका नगरपालिकाले संचालन गरिरहेको महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत उप-प्रमुखको सुत्क्यारो भाँडो नगरका गर्भवति र सुत्केरी आमालाई हस्तान्त्रण गरिएको छ । नगरपालिकामा संचालन भईरहेको महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत कोभिड-१९ बाट प्रभावित बनेका नगर भित्रका गर्भवति तथा सुत्केरी आमालाई उप-प्रमुखको सुत्क्यारोे भाँडो अन्तरगत पोषण सम्वन्धि विभिन्न सामाग्री हस्तान्त्रण गरिएको हो । बडीमालिका नगरपालिकाको […]
बझाङ: जयपृथ्वी राजमार्गको बागथला चैनपुर सडक खण्ड अन्तर्गत अधिकांश ठाउँको कालोपत्रे काम नलाग्ने गरि बिग्रेको छ। सडकमा भएका ठूला–ठूला खाल्डा र वर्षातको समयमा खाल्डाहरुमा पानी जमेपछि यस राजमार्गमा यात्रा गर्ने यात्रुहरूले निकै सास्ती खेप्नु परिरहेको छ। सडकमा खाल्डा परेर यात्रा गर्नै नसकिने अवस्था भइसकेको छ। राजमार्गको बागथलादेखि चैनपुरसम्मको ४५ किलोमिटरमा विभिन्न ठाँउमा खाल्डै खाल्डा परेका […]
२३ भदौ, काठमाडौं । चारमहिने लकडाउनका बेला सरकारले जनताबाट कर उठाउन पाएन । लकडाउनकै वीचमा कर उठाउन खोज्दा सर्वोच्च अदालतमा मुद्दा पर्यो । र, अदालतले लकडाउन खुलेको एक महिनापछि मात्रै कर लिन पाउने आदेश दियो । सरकारले साउन ७ गते लकडाउन अन्त्य भएको घोषणा गर्यो । लकडाउनको अवधिमा पनि सरकारले सूचना निकालेर फाट्टफुट्ट कर उठाइरहेकै […]