होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १२ मंसिर। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको आज जन्मदिन परेको छ । आजकै दिन बाजुराको बुढीगंगा नगरपालिकाको कुल्देवमाण्डौंमा जन्मिएका शाहलाई आज बिहानैदेखि उनका आफन्त र शुभचिन्तकहरुले प्रत्येक्ष भेटघाट तथा सामाजिक संजाल र फोनबाट उत्तररोत्तर प्रगति सहित जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरिरहेका छन् । ०२८ सालमा बाजुराको बुढीगंगा नगरपालिकाको […]
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुस्तक ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक भएको छ। प्रचण्डको निजी सचिवालयका अनुसार उक्त पुस्तकमा २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित अन्तर्वार्ता समेटिएका छन्। पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने विश्वा प्रचण्डले लिएका छन्। पुस्तक राजनीतिशास्त्रका विद्यार्थी, नेपाली समाज […]
नागरिक रैबार/बाजुरा १२ मंसिर।पूर्व संविधान सभा सदस्य माननीय पेम्बा गुरुङ भोटेकी धर्म पत्नी सुनि गुरुङ्गले आफ्नो जन्मदिनको फजुल खर्च कटाएर बडीमालिका नगरपालिका ९ का सहाराविहिन लालबहादुर चंदारालाई नगद १० हजार १ सय सहयोग गरेकी छिन् । पूर्व संविधान सभा सदस्य माननीय पेम्बा गुरुङ भोटेकी धर्म पत्नी सुनि गुरुङ्ग हाल अमेरिका बस्दै आउनु आएकि छन् । […]
१२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा […]
१२ मंसिर, कैलाली । धनगढी उपमहानगरपालिका–१ का किसान कनैया चौधरीले केही दिनको अन्तरालमा २ पटकसम्म धान बेचे । पहिलो पटक ६ क्वीन्टल धान बेच्दा प्रतिक्वीन्टल २ हजार रुपैयाँ पाएका उनले दोस्रो पटक १२ क्वीन्टल बिक्री गर्दा प्रतिक्वीन्टल २ हजार ३ सय रुपैयाँ पाए । ‘धान पाकिसकेपछि हामीलाई बेच्न हतार हुन्छ । घरमा धेरै राख्ने ठाउँ […]
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेकी कान्छी श्रीमती छिदेन डोल्मा लामालाई मंगलबार मकवानपुर प्रहरीले पक्राउ गरेको थियो।३४ वर्षीया लामालाई चोरी मुद्दाको कसुरमा पक्राउ गरिदिन माग गर्दै मनाङे आफैं मकवानपुर प्रहरीमा पुगेका थिए। ‘हेर्नुहोस्, सांसदको श्रीमती भनेपछि प्रहरी पनि डराउँदो रहेछ, पक्राउ गरिदिनुपरो भनी म आफैं प्रहरीमा जानुपर्यो,’ गुरुङले भने। मकवानपुरका प्रहरी नायब उपरीक्षक […]
काठमाडौँ — बुटवलका मन्दिर, प्रहरी चौकीको प्रतिक्षालय, ट्राफिक चोक, चौराह । कुनै बेला यतै भेटिन्थिन् उनी । १५ वर्षकै उमेरमा जीवनका तीता भोगाइले उनलाई सडकमा पुर्यायो । आकाशलाई छानो जमिनलाई ओछ्यान बनाएर बुटवलका गल्ली र चोकहरुमा उनले तीन महिना बिताइन् । सानो उमेरमै सडकको जिन्दगी भोगेकी उनी हुन् सपना रोका मगर । दिनभर टोलाइरहन्थिन् सपना […]
जलेश्वर : महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार विहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएर स्थानीय […]
गुल्मी : इस्मा गाउँपालिकामा आज विहान जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नम्बरको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय […]
फक्ताङलुङ गाउँपालिका–६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ । आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ खोजेर ल्याउनुपर्ने अवस्था आएको स्थानीयबासीले बताएका छन् । “सधैँ खम्बाचेन, घुन्सामा उत्पादित आलु फलेमा लगेर भण्डारण […]
नागरिक रैबार/बाजुरा १२ मंसिर। जिल्लाको बुढीगंगा नगरपालिकाका एक जना वडा सचिवलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाले नगरका सेवा ३ दिनका लागि बन्द गरेको छ । नगरपालिकामा एक पछि अर्को गर्दै कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना संक्रमण हुन् थालेपछि नगरपालिकाले आगामि आईतबार सम्मका लागि नगरका सेवा बन्द गरेको नगरपालिकाले बताएकाे छ । यस अघि नगर प्रमुख दिपक शाह, […]
नागरिक रैबार/बाजुरा १२ मंसिर। सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय बलदेव रेग्मीले प्रदेश सरकार मातहत संचालनमा रहेका बाजुराका सरकारी कार्यालयहरुको अनुगमन तथा सुपरिवेक्षण गरेका छन् । प्रदेश सभा सदस्य रेग्मीले प्रदेश सरकार मातहतका जिल्ला सदरमुकाम मार्तडीमा रहेका सरकारी कार्यालयको विहिबार र शुक्रबार अनुगमन गरेका हुन् । प्रदेश सभा सदस्य रेग्मीले प्रदेश सरकार मातहत संचालनमा रहेका जिल्ला […]
१२ मंसिर, विराटनगर । कोरोना संक्रमणका कारण मोरङमा सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका-१० घर भएकी २५ वर्षीय सुत्केरी महिलाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । १७ दिनकी सुत्केरी महिलाको बिहीबार राति ११ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । श्वास फेर्न गाह्रो भएपछि १० मंसिरमा महिलालाई […]
गुल्मीः गुल्मीको इस्मामा जिप दुर्घटाना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन् । आज बिहान इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । थप विवरण आउन बाँकी ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर पश्चिमी वायुको प्रभावका कारण हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती […]
नागरिक रैबार बाजुरा १२ मंसिर । खप्तड मालिका युवा संजाल त्रिवेणी नगर कार्यसमितिका युवाहरूकाे सकृियतामा खेलमैदान निर्माण गरिएकाे छ । त्रिवेणी ५ का २० जना युवाहरूकाे सक्रियतामा खेलमैदान साेहि वडा नं. ५ मा निर्माण गरिएको हाे । २० जना युवाहरूले दुई दिन श्रमदान गरेर भलिबल खेल्नको लागि खेल मैदान निर्माण गरेका हुन् । नगरकार्य समितिका […]
१२ मंसिर, बागलुङ । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । पक्राउ पुर्जी जारीपछि जिल्ला […]
काठमाडौं । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो । गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशैंका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत […]
काठमाडौं। दाङमा गोली लागेर घाइते भएको अवस्थामा एक व्यक्ति भेटिएका छन्। तुलसी उपमहानगरपालिका-१३ का ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते भएको अवस्था भेटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका डिआइजी रवीरन्द्र धानुकले जानकारी दिए। पौडेल गएराति ९ बजे लमही नगरपालिका-९ को च्याउ खोला जंगलमा घाइते अवस्थामा भेटिएका हुन्। पौडेलको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ। […]
मंसिर, काठमाडौं । २० कात्तिकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा स्वीकृत गरेपछि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गर्न दिने निर्णय गरे । कार्यढाँचामा प्रदेश सरकार तथा स्थानीय सरकारहरूलाई विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गरेर विद्यालय खोल्न सकिने भनिएको छ । मन्त्रालयले कार्यढाँचा जारी गरेको […]