होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमण फैलिएपछि नौ महिना अवधिमा आरटी-पिसिआर पद्धतिबाट एक लाख २४ हजार ८६१ जनाको नमूना परीक्षण गरिएको छ । यो प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को चार दशमलव ८९ प्रतिशत हो । परीक्षण गरिएका शङ्कास्पद नमूनामध्ये १२ हजार ५०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको […]
नागरिक रैबार/बाजुरा १ पुस। आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिम प्रदेशको समितिमा बाजुराका पत्रकार निमेन्द्र शाही सदस्यमा चयन भएका छन् । नेपाल पर्यटन बोर्ड अन्तरगतको आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिम प्रदेश समितिमा बाजुराका पत्रकार शाही चयन भएका हुन् । समितिमा माया प्रकाश भट्ट संयोजकमा रहने गरी ११ सदस्यीय कार्यसमिति तोकिएको हो । जसमा बाजुराबाट निमेन्द्र शाही, डडेल्धुरा विनोद […]
कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याइने बताएका छन् । मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुरमा मुख्यमन्त्री एकीकृत आवास कार्यक्रमअन्तर्गत भूमिहीनहरुका लागि निर्माण हुने आवासको शिलान्यास कार्यक्रममा उनले प्रदेशका सुकुम्बासी, भूमिहीन, विपन्न परिवारका लागि नौवटै जिल्लामा सुरक्षित आवास निर्माण गरिने बताए । उनले घरबारविहीन कमजोर वर्गका बासिन्दाका लागि चालु आवमा सञ्चालित कार्यक्रमअन्तर्गत […]
१ पुस, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । दर्घटनाका घाइतेमध्य पाँच जनाको अवस्था […]
काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)भित्रको विवाद थप चुलिएको छ । स्थायी कमिटी जारी रहेका बेला पार्टीभित्र छलफल नै नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि दलभित्रैबाट सरकारको आलोचना हुन थालेको छ । यसैबीच आज नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गरी आजसम्मका बैठक लागि स्थगित गरिएको थियो । आजको बैठकमा […]
राष्ट्रिय योजना आयोगले स्थानीय तह र प्रदेशसँग आगामी आर्थिक वर्षमा (२०७८/७९) मा कार्यान्वयनमा लैजाने आयोजना माग गरेको छ । आयोगले समपूरक अनुदान र विशेष अनुदानका आयोजना अनलाइनमार्फत माग गरेको हो । यसका लागि आयोगले सबै स्थानीय तह र प्रदेशका लागि सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । पुस मसान्तसम्ममा अनलाइनमार्फत आयोजना माग गरिसक्नुपर्ने छ । आयोगका […]
काठमाडौँ– राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले मंगलबारअपरान्ह जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा उपस्थित बहुमत सदस्यले गरेको निर्णय मान्य हुने बुँदा थपिएको छ । संवैधानिक परिषद (काम, […]
काठमाडौं । सरकारले संसद बैठक छलेर मन्त्रिपरिषद्बाट अध्यादेश ल्याएको छ । आगामी १६ दिनभित्र संसद बैठक बस्नुपर्ने भएपनि त्यसको केही दिनअघि अध्यादेश ल्याएर संसदलाई छल्ने सरकारको रणनीति रहेको पुष्टि भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेकी हुन् । तर, […]
धनगढी: मंगलबार अछाममा ४ र डडेल्धुराका ३ गरी सुदूरपश्चिममा थप ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। अछामको कमलबजार प्रयोगशालामा भएको परीक्षणमा जिल्लाको तुर्माखाँद गाउँपालिकाका २ जना, मंगलसेन नगरपालिकाका १ जना र सुर्खेतको भेरीगंगा नगरपालिकाका १ जनामा संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए। यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा अमरगढी नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि […]
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्ले २४ घण्टामा देशभर ९ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर थपिएका ९ सय ३६ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ । जसमध्ये […]
३० मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो सेवा–सुविधा बापत पाउने रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । नगर प्रमुख घिमिरेले निर्वाचित भएपछि घोषणा गरेअनुसार चालु शैक्षिक सत्रमा ४३ वटा सामुदायिक विद्यालयका ४३ जना विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरेका हुन् । यसवर्ष छात्रवृत्तिको लागि छनोट भएका १ देखि ८ […]
नागरिक रैबार/बाजुरा ३० मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा जिल्ला कमिटी सदस्य नेकपा नेतृ स्वग्रिय पवित्रा शाहीको १३ औँ दिनको पुन्यतिथीमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको आयोजनामा स्वर्गीय शाहीको मंगलबार सदरमुकाम मार्तडीस्थित नेकपाको पार्टी कार्यालयमा श्रद्धान्जली सभा सम्पन्न गरेको हो । श्रद्धान्जलीसभामा बोल्ने नेकपा बाजुराका नेताहरुले स्वग्रीय पवित्रा शाहीकोे […]
३० मंसिर, काठमाडौं । उखु किसानको आन्दोलनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएको छ । गत आइतबारदेखि काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पुगेका छन् । उनले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नपाएको भन्दै किसानहरु भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनमा […]
३० मंसिर, काठमाडौं । अमेरिका, बेलायतलगायतका देशले कोभिड–१९ भ्याक्सिनका लागि अनुमति दिइरहँदा नेपालमा भने कहिले र कुन खोप आउँछ भन्ने अन्यौल कायमै छ । सरकारले ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनमा कोभाक्समार्फत सहुलियत मूल्यमा आउने खोपको बढी आश गरेको देखिन्छ । गाभीले कोरोनाको खोप कोभाक्समार्फत सहुलियतमा दिने भएकाले यसको छुट्टै प्रशासनिक प्रकिया […]
नागरिक रैबार/ बाजुरा ३० मंसिर।बडीमालिका नगरपालिका वडा नं. ९ तुफानडाँडा देखि बडुवालवाडा सम्मको बाटो मर्मत नहुँदा स्थानीयलाई आवत जावतमा समस्या भएको छ । वर्षातको समयमा बाटो माथिबाट खसेको पहिरोले उक्त क्षेत्रको बाटो पुरै भत्केको छ । भत्केको बाटोमा दिनहुँ पैदल यात्रा गर्न समस्या हुने गरेको स्थानीय निशान्त बडुवालले बताएका छन् । जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको […]
महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मङ्सिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा जनजीवन अत्यन्त कष्टकर बनेको छ । गत आइतबारयता बिहान हुस्सुले ढाक्दै आएको छ […]
कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ। शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन्। नवजात शिशुका दुवै हात छैनन्। पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले बताए। ‘शिशुका दुवै हात छैनन्, उनले भने,’आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।’
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा रु ९१ लाख बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको भए पनि हाल करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई गोदाममा थन्किएको छ । पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग मूल्यमा […]
३० मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा आज जाडो झन् बढेको छ । सोमबारको दिन चार डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ । ‘विहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको छ,’ मौसमविद गंगा नगरकोटीले […]
धनगढी: एक जुवाडेले जुवा खालमा सबै सकिसकेपछि आफ्नै पत्नीलाई दाउमा राखेका छन्। तर त्यो पनि हारेपछि उनले पत्नीलाई एसीड आक्रमण गरेका छन्। भारतको बिहारस्थित भागपुरमा जुवामा पत्नी हारेपछि उनले पत्नीलाई जित्नेसँग जान निर्देशन दिए। तर, पत्नीले परपुरुषसँग जान स्वीकार गरिनन्। आफ्नो निर्देशन नमानेको भन्दै आफ्नै पत्नीका संवेदनशील अंगहरुमा एसिड खन्याइदिएका छन्। त्यसपछि पत्नी भागेर माइतीघर […]