होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गाैमुलमा प्रविधिको विकास, नागरिक वडापत्र समेत डिजिटल
समाचार

गाैमुलमा प्रविधिको विकास, नागरिक वडापत्र समेत डिजिटल

  • नागरिक रैबार
गाैमुलमा प्रविधिको विकास, नागरिक वडापत्र समेत डिजिटल

नागरिक रैबार/बाजुरा ८ पुस। जिल्लाको गौमूल गाउँपालिकाले बाजुरामै पहिलो पटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । जनतालाइ स्थानीय सरकारको सेवालाइ थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले गाउँपालिकामा पहिलो पटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।

डिजिटल नागरिक बडापत्रमा गाउँपालिकाले प्रदान गर्ने सेवा–सुविधा एवं पालिका अन्तर्गतका शाखाका आधिकारिक व्यक्तिको जानकारी लिन सकिने भएको छ ।‘अन्य गाउँपालिकाका सबै कर्मचारीको विवरण, पालिकाका प्रत्येक शाखाका सूचना सहज र प्रभावकारी रूपमा जनतालाई दिने गरी डिजिटल बडापत्र सञ्चालनमा ल्याएकाे गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले बताएका छन् ।

डिजिटल नागरिक बडापत्रमार्फत जनताको सेवा–सुविधाका लागि आवाज र भिडियो अद्यावधिक गरेर पालिकाभरिका फरक क्षमता भएका व्यक्तिलाई बुझ्न सहज हुने विश्वास लिइएको गाउँपालिका उपाध्यक्ष सीता थापाको भनाइ छ ।

विज्ञापन

गाउँपालिकाका सबै सेवा–सुविधा अबदेखि डिजिटल नागरिक बडापत्रबाटै सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद भट्टले बताएका छन् ।

गाउँपालिकाले सुदूरपश्चिम प्रदेशका अन्य स्थानीय तहमध्ये पहिलो पटक डिजिटल नागरिक बडापत्र सञ्चालन गरेको हो । गौमूलले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएसँगै पालिकाबाट प्रदान हुने नागरिक सेवा प्रवाह थप व्यवस्थित हुने बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार