होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दुवै नेकपाको केन्द्रीय समिति बैठक बस्दै, को बन्ला प्रचण्ड–नेपाल पक्षको महासचिव ?
देश/प्रदेश

दुवै नेकपाको केन्द्रीय समिति बैठक बस्दै, को बन्ला प्रचण्ड–नेपाल पक्षको महासचिव ?

  • नागरिक रैबार
दुवै नेकपाको केन्द्रीय समिति बैठक बस्दै, को बन्ला प्रचण्ड–नेपाल पक्षको महासचिव ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षका केन्द्रीय समिति समिति बैठक बिहीबार बस्दैछ । ओली नेतृत्वको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक थापाथलीस्थित कार्की बैंक्वेटमा बस्दैछ । ओली पक्षको दिउँसो १ बजे बस्नेछ भने प्रचण्ड–नेपाल पक्षको पनि १ बजे नै बस्नेछ । यसअघि सो पक्षको बैठक ११ बजे तय भएकोमा १ बजेका लागि सारिएको हो ।

मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक राखेका थिए । मंगलबारको बैठकमा ओली समूहले ११९९ सदस्यीय केन्द्रीय समिति विस्तार र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । सो पक्षले पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई दिएको थियो ।

यता संस्थापन पक्ष दावी गर्ने प्रचण्ड–माधव समूहको सोही दिनको बैठकले अध्यक्ष पदबाट केपी शर्मालाई ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष चयन गरेको थियो । यसैबीच प्रचण्ड–माधव पक्षले केही दिनभित्रै महासचिवमा विष्णु पौडेल हटाको घोषणा गरेर नयाँ महासचिव चयन गर्ने तयारी गरेको बुझिएको छ । यद्यपी सो विषयमा आजको बैठकमा कुनै छलफल र प्रस्ताव नजाने पार्टी उच्च स्रोतले जनाएको छ । ‘आज महासचिवबारे कुनै छलफल र निर्णय हुँदैन’, स्रोतले भन्यो, ‘केही दिनपछि मात्रै महासचिव चयन गरिन्छ ।’

विज्ञापन

स्रोतका अनुसार आजको बैठकमा पार्टी निर्देशनविपरित गतिविधि गर्ने र निर्णयको पालना नगर्ने मुख्यमन्त्रीहरुमाथि एक्सन लिने सम्भावना छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार