होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउन सक्ने सम्भावना रहेको बताइएको छ । हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ । विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरण समेत जारी छ । खोप […]
१८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २२५ नमुना परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५३ हजार १०७ जना […]
विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसभन्दा प्राणघातक भाइरस विश्वमा महामारीका रुपमा फैलनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालिन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले कोभिड–१९ अहिलेभन्दा भयानक हुन आवश्यक नरहेको र अर्को प्राणघातक महामारी विश्वभर फैलनसक्ने बताए । मंगलबार रायनले कोभिड–१९ महामारीलाई खतराको घण्टी भनेका छन् । ‘यो महामारी अति नै गम्भीर छ । यसले […]
१८ पुस, जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ । पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् । उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय […]
नागरिक रैबार/बाजुरा १८ पुस। समाज सुधार महिला कृषि सहकारीको साधारण सभा मार्तडीमा सूरु भएको छ । २०६९ सालमा स्थापना भएको उक्त सहकारीको सातौं साधारण सभा आजबाट सूरु भएको हो । सहकारीको सातौ साधारण सभा हुँदासम्म २ सय ५७ जना सेयर सदस्य पुगेको जानकारी गराईएको छ ।त्यस्तै साधारण सभामा हालसम्म २७ लाख बराबरको कारोबार गरिएको वार्षिक […]
नागरिक रैबार/बाजुरा १८ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले बाजुराका साझा सरोकारका पक्षमा स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ । शुक्रबार नेकपा बाजुराका कार्यालय सदस्य नेता गगन रावलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलाई बाजुराका साझा सरोकारका पक्षमा ध्यानाकर्षण गराएका हुन् । रावल नेतृत्वको टोलीले सदरमुकाम मार्तडीसम्म जोड्ने साँफे-मार्तडी सडकको स्तरोन्नति, […]
काठमाडौं : राष्ट्रिय सभा हिउँदे अधिवेशनको पहिलो बैठक सकिएको छ । शुक्रबार बसेको सातौं बैठक पुस २३ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो । शुक्रबारको बैठकमा राष्ट्रियसभाका सदस्य दीननाथ शर्मा, जितेन्द्र नारायण देव र प्रमिला कुमारीले सम्बोधन गरे ।बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश राष्ट्रिय सभामा पेस […]
वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेमगरले आफूले जिम्मेवारी पाएको वन मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने बताएका छन् ।शुक्रबार गृहजिल्ला डोटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आलेमगरले भने, ‘म हालसम्मका मन्त्रीमध्येकै उत्कृष्ट मन्त्रालय बनाउने छु, मेरो समय छोटो छ यसका बिचमा पनि म राम्रो काम गर्ने छु ।’ वन तथा वातावरण संरक्षणको जिम्मेवारी पाएका आलेलाई कुनै […]
काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने नेता हिमाल शर्माले जानकारी दिए । पत्रकार सम्मेलनअघि कार्यक्रमको स्वरुपबारे छलफल गर्न नेताहरुबीच छलफल गरिने नेता शर्माले बताए ।‘संघर्षका स्वरुपबारे नेताहरुबीच दिउँसो छलफल गरेर […]
केन्द्रदेखि वडासम्म पार्टी विभाजनमा सक्रिय बनेका नेकपाका दुबै समूहले निर्वाचन आयोगमा पार्टी विभाजनको औपचारिक दाबी प्रस्तुत नगरेको चर्चाले बजार पाएको छ । यस्तो चर्चा फैलाउने काममा आयोगका केही कर्मचारी र स्वयं प्रधानमन्त्री केपी शर्मा ओली नै लागिपरेका छन् । कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले निर्वाचन आयोगभन्दा एक कदम अगाडि बढेर प्रचण्ड-माधव पक्ष समूहले रीत नपुर्याई निवेदन […]
धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संसदीय दलको बैठक बोलाएका छन्। शनिबार बिहान साढे ११ बजेका लागि मुख्यमन्त्री भट्टले संसदीय दलको बैठक बोलाएका हुन्। बैठकमा उनले पार्टी विभाजनपछि ओली समूहमा लागेका प्रदेशसभा सदस्यलाई कारवाही गर्नसक्ने अनुमान गरिएको छ। तर प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्यहरुले भने बैठकको कार्यसूचीबारे कुनै जानकारी नै नदिइएको बताएका छन्। दिनेशखबरबाट
म्याग्दी । पहिरोमा श्रीमती, दुई छोरी, बस्ने घर र खेतीयोग्य जमिन गुमाएपछि धौलागिरि गाउँपालिका–६ मराङको रिखका धनबहादुर जुग्जालीका परिवारको बास गत असार महिनादेखि अस्थायी टहरामा छ । दुई जना छोरा–छोरी सहित आरबाङ बनाइएको टहरामा बस्दै आएका मृगौलाका रोगीसमेत रहेका धनबहादुर आगामी बर्खा शुरु नहुदै ओत लाग्ने बास पाए हुन्थ्यो भन्ने आशामा छन् । “पहिरोले परिवारका […]
विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो । सुर्नयामा रहेको शङ्कर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए । विसं […]
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले देशमा पश्चिमी वायुको प्रभाव रहेकाले हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको र तराईका केहि स्थानमा हुसु र कुहिरो लागेको जनाएको छ । यसैगरी महाशाखाले आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर […]
चक्र बहादुर अएडी/बाजुरा १५ पुस। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ८ कालापानिमा ७ जनी एकल महिलाहरुलाई बुधबार बाख्रा वितरण गरिएको छ । त्रिवेणी नगरपालिका वडा नम्वर ८ कालापानि स्थाई घर भएका हाल अमेरिका वस्ने जनक बहादुर थापाको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ । वडा नम्वर ८ का वडा अध्यक्ष भिम बहादुर थापाको समन्वय तथा […]
काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रियसभा बैठकका लागि भौतिक तथा प्राविधिक तयारी पूरा भएको जनाएको छ । शुक्रबार राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । गत पुस १२ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठक आह्वान गरेकी थिइन् । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै वर्षे अधिवेशनमा भन्दा अझै बढी दुरी कायम गरिएको, सभाहलमा अटोमेटिक सेनिटाइजर […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्वस्थ बनेकी छन् । अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन् । सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई […]
डोटेली लोकसंस्कृतिमा एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व आज सुदूरपश्चि प्रदेशमा उल्लासपूर्वक मनाइँँदैछ । डोटेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रुपमा चर्चित रहेको छ । पुस १५ को रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा […]
धनगढीः जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय कञ्चनपुरले रौटेला कनकट्टी खोला नदी नियन्त्रणको योजनामा काम सम्पन्न भएपनि बजेट अभावमा करिब २५ लाख रुपैयाँ भुक्तानी गर्न सकेको छैन्। सिँचाई डिभिजन कार्यालयका प्रमुख महादेव बिष्टले काम सम्पन्न भएपनि बजेट अभावका कारण भुक्तानी गर्न नसकेको बताए। संघीय सरकारबाट हस्तान्तरण भई आएको धारापानी सिँचाई योजनाको काम पनि अन्तिम चरणमा रहेका बेला बजेट […]
चितवन– माडी नगरपालिकाले सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ । शिशुदेखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार यही पुसदेखि माडीमा रहेका ३२ विद्यालयका चार हजार ८९२ विद्यार्थीलाई दिवा खाजा कार्यक्रम लागू गरिएको हो । नगरपालिकाले एक विद्यार्थीलाई दैनिक रु १५ का दरले […]