होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ भदौ। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले आफ्नै गृह जिल्लाका युवाहरुलाइ कार्यकक्षमै दुर्व्यवहार गरेको रानीबन स्पोट्र्स युथ क्लका अध्यक्ष धुव्र रोकायाले बताएका छन् । रानीबन स्पोर्टस क्लव बाजुराले पहिलोपटक राजधानीमा हुन गईरहेको ‘सि डिभिजन फुटवल खेल्नका लागि छनोट भएकोले खेलाडीका लागि आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि गृह जिल्लाका […]
कोरोनाभाइरस संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० परीक्षण भएकामा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ । […]
सिन्धुपाल्चोक : जिल्लाको सुनकोशी गाउँपालिका-३, कालिकाको छाप भन्ने स्थानमा यात्रुबहाक बस दुर्घटना हुँदा घाइतेको संख्या ३७ पुगेको छ। यसअघि गाडीमा च्यापिएका अन्य दुई जनाको अवस्था भने गम्भीर रहेको छ उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। घाइतेमध्ये १५ जनाको सिन्धु सदावहार अस्पताल, खाडीचौरमा र २० जनाको धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोकमा उपचार भइरहेको छ। खाडीचौरमा रहेका घाइतेहरुको […]
काठमाडौँ : देशको राजनीति झन्झन् सङ्कटपूर्ण बन्दै गएको छ । दलाल संसदीय व्यवस्थाका पक्षपाती संसद्वादी दलहरू देश र जनताको स्वार्थमा भन्दा आआफ्नो पार्टी र गुटगत स्वार्थका लागि अमिबाजस्तै कहिले जोडिने र कहिले फुट्ने गरिरहेका छन् । दलाल संसदीय व्यवस्थाका असली उत्तराधिकारी अर्थात् मसिहा भन्न मिल्ने र संसदीय व्यवस्थामा संसरभरका विकृति–विसङ्गति प्रवेश गराएर देशको राजनीति अस्थिर बनाइराख्न […]
गण्डकी । पोखरा वृद्धाश्रममा आश्रित ६ जना ज्येष्ठ नागरिकलाई यतिबेला एउटै चिन्ताले सताउने गरेको छ, नेपालको नागरिक नभई मरिन्छ कि भन्ने । जीवनको उत्तरार्ध अवस्थासम्म पनि आफ्नो नाममा नागरिकता प्रमाणपत्र नहुँदा उनीहरु चिन्तित बनेका छन् । सानै उमेरमा आमाबाबु गुमाउँदा बाल्यकालदेखि अर्काको घरमा श्रमिकका रुपमा काम गर्नुपरेको उनीहरु बताउँछन् । नागरिकता नहुँदा राज्यबाट पाउने सुविधाबाट […]
नागरिक रैबार/बाजुरा ९ भदौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बाजुरा जिल्ला इन्चार्जमा पूर्व बाणिज्य तथा आपुर्ति राज्यमन्त्री कणर्बहादुर विकलाई जिम्मेवारी दिईएको छ । नेकपा माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रिय कमिटीको बैठकले केन्द्रिय सदस्य समेत रहेका विकलाई बाजुरा जिल्लाको इन्चार्जमा जिम्मेवारी दिएको हो । बाजुराको जगन्नाथ गाउँपालिका घर भएका विक दुइदशक देखि राजनीतिमा सक्रिय भएर […]
बाजुरा।जनजागरण पाटी नेपालको आर्थिक सहयोग तथा बाजुरा इसाई समाजको समन्वयमा बाजुराको बडीमालिका नगरपालिका ३ र ९ का ७३ जना बाढी पिडित तथा गरिव परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । मँगलबार बडीमालिका ३ र ९ नं. वडाका बाढी पिडित र गरिव असायहयलाई मध्येनजर गरेर जनजागरण पार्टीका केन्द्रिय अध्यक्ष विपि खनाल र बाजुरा इसाइ समाजको समन्वयमा बाढीपिडित […]
नागरिक रैबार बाजुरा ८ भदौ नेकपा माओवादी केन्द्र बाजुराको पहल तथा बाजुरा इसाई समाजको सहयोगमा बडीमालिका नगरपालिका ३ र ९ का ७३ जना बाढी पिडित तथा गरिव परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । बडीमालिका ३ र ९ नम्बर वडाका बाढी पिडित र गरिव असायहयलाई प्रतिव्यक्ति ३० केजिका दरले चामल वितरण गरिएको बाजुरा इसाई समाजका अध्यक्ष […]
नागरिक रैबार/बाजुरा ८ भदौ। आर्थिक बर्ष २०७६/२०७७ मा बाजुरा जिल्लाका ९ वटा स्थानीय तहको वेरुजु विवरण सार्वजनिक भएको छ । महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ अनुसार बाजुराका ९ वटै स्थानीय तहको बेरुजु सार्वजनिक भएको हो । यस्तो छ बाजुराका कुन तहमा कति वेरुजु ।
धनगढी । शिशुको हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका-७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् । घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । शिशु जन्माएपछि […]
जनकपुरधाम । धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्ति आफ्नै बुवा र श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेको आरोप छ । दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा […]
नागरिक रैबार/बाजुरा ८ भदौ। !नेकपा एमाले जिल्ला कमिटी बाजुराको आईतबार बसेको पूर्ण बैठक सम्पन्न भएको छ ।नेकपा बिभाजन भएपछि पहिलो पटक औपचारिक रुपमा नेकपा एमाले जिल्ला कमिटी बाजुराले आयोजना गरेको पूर्ण बैठकले अन्तरपार्टी निर्देशन तथा अध्ययन, पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण र वडा/गाउँपालिका/नगरपालिका बैठक तथा अधिवेशन गर्ने सम्वन्धि निर्णयहरु गर्दै बैठक सम्पन्न भएको […]
बाजुराः बाजुरामा चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ को जगंलमा चितुवा मृत अवस्थामा फेला परेको हो। सोही गाउँपालिकाको पूर्व पट्टीको जंगलमा फेला परेको उक्त चितुवालाई डिभिजन वन कार्यलयमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। चितुवालाई डिभिजन वन कार्यालय बाजुरा, जिल्ला प्रशासन कार्यालय बाजुरा र प्रहरीको रहोबरमा खाडलमा पुरिएको डिभिजन वन […]
काठमाडौँ– शिक्षक सेवा आयोगले स्थायी दरबन्दीमा शिक्षक भर्नाको विज्ञापन खुलाउने तयारी गरेको छ । पदाधिकारी पाएसँगै आयोगले नियमित काम गर्न थालेको हो । आयोगका अध्यक्ष मधु रेग्मीले क्यालेन्डर बनाएर नियमित काम अघि बढाउने बताए । उनका अनुसार आयोग करिब एक वर्ष पदाधिकारीविहीन भएकाले केही नियमित कामहरू रोकिएका छन् । नियमित रुपमा चाँडै गर्नुपर्ने कामलाई प्राथमिकतामा […]
विराटनगर : मोरङको सुन्दररहैँचा नगरपालिका–७ मा बस्ने ३९ वर्षीय उत्तम राईको खुट्टा दुख्यो। उनी पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालमा पुग्दा चिकित्सकले नसा खुम्चिएको भन्दै थेरापीका लागि सिफारिस गरे। तर, दुई दिनसम्म धाउँदा पनि थेरापी गराउन पाएनन्। ‘फिजियो थेरापी विभागमा कोही भेटिएनन्,’ राईले भने, ‘दुखाइ सहन नसकेपछि थप उपचारका लागि इटहरी गएँ।’ अस्पतालको अवस्था र लापरबाही देखेर […]
काठमाडौं, भदौ ७ । हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। मनसुनी प्रणाली सक्रिय हुदाँ आउने बुधबार विहीबार भारी वार्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने बताइएको छ […]
काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएको जानकारी […]
नागरिक रैबार/बाजुरा ६ भदौ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको पूर्ण बैठक सकिएको छ । आइतबार सदरमुकाम मार्तडीको अपि होटलमा बसेको पूर्ण वैठकले पार्टी विभाजनको समिक्षा समेत गरेको छ । त्यस्तै बैठकले पाटीको सदस्यता नविकरण गर्ने बारे छलफल समेत गरेको एमाले नेता भरत बुढाले बताएका छन् । उहाँका अनुसार बैठकले जिल्लाका स्थानीय तहका संगठन कमिटीहरुलाई पुनर […]
एकदिन फेसबुकको न्युजफिड स्क्रोल गर्दै थिएँ, मेसेन्जरमा एउटा मेसेज खस्यो– टिङ। चिनजान भएको धेरै नभए पनि उनको विचार र बुझाइबाट म प्रभावित छु। उनैबाट आएको मेसेज रहेछ; कौतुहलसहित हेरेँ। स्क्रिन सट रहेछ। आँखा टक्क रोकेर पढेँ। त्यो प्रतिक्रिया लेख्नेप्रति थोरै सहानुभूति पनि पलायो। सोचेँ– एउटी महिलाले आफ्नो अस्तित्वप्रति फराकिलो बुझाइ राखेर बाँचेको जीवनले मात्रै पनि […]