होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ । हप्ता दिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका-६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । उनी हप्ता दिन अघि घरमै सुत्केरी भएकी थिइन् । स्थानीय पेमा गुरुङका अनुसार सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निँदै गएपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाएको […]
नागरिक रैबार बाजुरा २३ मंसिर कर्णाली करिडाेर सडकमा आज विहान मिनिट्रक दुर्घटना भएकाे छ । नेपालगन्ज बाट धुलाचौर आउँदै गरेकाे भे १ ख ३४६८ नम्बरकाे मालबाहक मिनिट्रक जगन्नाथ गाउँपालिकाकाे वडा नम्मर ६ स्थित काप्री नजिकै दुर्घटनामामा परेकाे ईलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ । काेल्टी प्रहरीका अनुसार मिनिट्रक चालक बाँके जिल्ला घर भएका मदन लाल […]
नागरिक रैबार बाजुरा २२ मंसिर जिल्लाकाे हिमाली गाउँपालिकामा जिपकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ । यसरी मृत्यु हुनेमा साेही गाउँपालिका ६ पाणिका विर्ख राेकायाका डेढ वर्षिया छाेरा अंकित राेकाया रहेकाे ईलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ । ईलाका प्रहरी कार्यालय काेल्टीका अनुसार जिप ब्याक गर्ने क्रममा पछाडीबाट ठक्कर दिएर बालक घाईते भएकाे र उपचारका […]
सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच आज मङ्गलवार कुटाकुट भएको छ । कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ । कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । त्यही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी […]
नागरिक रैबार/ बाजुरा २१ मंसिर । जिल्लाकाे हिमाली गाउँपालिकामा एक जना सुत्केरीको मृत्युु भएकाे छ । मृत्यु हुनेमा साेही गाउँपालिका ४ कि २१ वर्षिया गंगा चंदारा रहेकी छन् । उनकाे अत्याधिक रक्तस्रावका कारण मृत्यु भएकाे गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाका अनुसार गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तश्रावपछि मृत्यु भएकाे हाे । घरमै बच्चा जन्माएकि […]
काठमाडौं । सरकारले १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडेर्ना खोप लगाउने तयारी गरेको छ । कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार डोज मोडेर्ना खोप प्राप्त गरेसँगै सरकारले पहिलो चरणमा हिमाली जिल्लाका बालबालिकालाई खोप लगाउने तयारी गरेको हो । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी हप्तादेखि […]
सुर्खेत, मुगु — कालीकोटको पलाँता–६ का नवराज बुढाले ३५ वर्षअघि १८ दिन हिँडेर कैलालीको चिसापानी हाट पुगी वर्षभरि पुग्ने नुन खरिद गरेका थिए । अहिले पनि उनी ढिकेनुन ल्याउन खिनबाट झन्डै ५ घण्टा हिँडेर थिर्पुको बाख्रेबजार पुग्छन् । पलाँतामा साल्ट ट्रेडिङ कर्पोरेसनले डिपो राखेको छ । ‘गाउँको डिपोमा कहिल्यै नुन पाइँदैन,’ उनले भने, ‘आएको नुन पनि २/४ दिनमै […]
सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करिब तीन घण्टाको यात्रा । सडक नजिकै भेरीको किनार छेउमा राउटे बस्ती । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय एकसरो कपडामा थिए । नदी किनारको छेउ यसै पनि उनीहरू जाडोले कापिरहेका थिए । लोपोउन्मुख जाती राउटे समुदाय आफ्नै कर्ममा व्यस्त थिए । पहिले खुलेर बोल्ने राउटे बीचमा मिडियाबाट आतंकित […]
नागरिक रैबार बाजुरा २० मंसिर। अटो दुर्घटना परि घाइते भएका एक युवक लाई डडेल्धुरा रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।आइतवार दिउँसो ५ः३० बजे तिर बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि घाइते भएका भिम खत्रीलाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरामा रिफर गरिएको जिल्ला अस्पताल […]
लहान – जब कुनै मानव जीवन मृत्यु को लडाई मा हुन्छन् त्यति खेर अक्सर ज्यान जोगाउन रगत को अब्यश्यक्ता पर्दछ। त्यति बेला रगत को समूह मिलेको मान्छे को रगत प्रदान गरिन्छ। फलानो जात को मान्छे को रगत दिन्छ। त्यति बेला बाँच्नका लागि एक ब्राह्मण ले डोमको रगत मिले पनि चढाउँछ। तै पनि पाखण्डताको कारण जातीय […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। बाजुराको सदरमुकाम मार्तडीको थुवाकाँध नजिकै साँफे-मार्तडी सडक खण्डमा अटोरिक्सा दुर्घटनामा परि मृत्यु भएकाको पहिचान खुलेको छ । अटोरिक्सा दुर्घटनामा परि मृत्यु हुनेमा बुढीगंगा नगरपालिका १ मा रहेको जनप्रभात आधारभुत विद्यालयका पूर्व प्रधानाध्यापक खगेन्द्र उपाध्याय र सोही नगरपालिकाकै प्रकाश नेपालीको मृत्यु भएको छ । आईतबार साँझतिर सदरमुकाम मार्तडीबाट बल्देतिर जाँदै गरेको अटोरिक्सा […]
नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् ।चितवनमा शनिवार र आइतबार भएको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र पदाधिकारीबिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो । सोही १८४ जनाले अध्यक्षसहितका पदाधिकारी चयन गर्ने प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य बलराम थापाले बताएका थिए । त्यसअघि महाधिवेशनले १९ बुँदे […]
नागरिक रैबार बाजुरा १९ मंसिर बाजुराको सदरमुकाम मार्तडीको थुवाकाँध नजिकै साँफे-मार्तडी सडक खण्डमा अटोरिक्सा दुर्घटना भएको छ । अटोरिक्सा दुर्घटनामा परि २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् । अटाे दुर्घटना परि पुर्व शिक्षक खगेन्द्र पाध्याय र प्रकाश नेपालीकाे मृत्युु भएको छ । आईतबार साँझतिर सदरमुकाम मार्तडीबाट जडाङगा […]
नागरिक रैबार/बाजुरा १९ मंसिर।बाजुराको सदरमुकाम मार्तडीको थुवाकाँध नजिकै साँफे-मार्तडी सडक खण्डमा अटोरिक्सा दुर्घटना भएको छ । अटोरिक्सा दुर्घटनामा परि अटोमा सवार ४ जना घाईते भएका छन् भने २ को अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । आईतबार साँझतिर सदरमुकाम मार्तडीबाट राप्कतिर जाँदै गरेको अटोरिक्सा दुर्घटनामा परेको हो । अटोरिक्सा दुर्घटनाबारे र घाइतेहरुको थप विवरण ल्याउन […]
नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीेले गरेको संसद् अवरुद्ध गर्ने निर्णयको विरोध गरेका छन्।हालै सम्पन्न दसौं महाधिवेशनमा एमालेको अध्यक्ष पदमा पराजित रावलले आइतबार साँझ सामाजिक सञ्जालमार्फत घुमाउरो तरिकाले संसद् अवरुद्ध गर्नु ठीक नभएको बताएका हुन्। माधव नेपाललगायत तत्कालीन १४ जना एमाले सांसदलाई पार्टीले कारबाही गरेको पत्र पठाउँदा पनि सभामुख अग्नि सापकोटाले उनीहरूलाई सांसद पदबाट […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। कोल्टी क्षेत्रमा यस वर्ष समयमै खाद्यन्न ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको छ । वर्षेनी खाद्य संकट व्यहोरीरहेको कोल्टी क्षेत्रमा यस वर्ष समयमै चामल ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको हो । यस अघि कोल्टी क्षेत्रमा चामल ढुवानी गर्ने ठेकेदारहरुले समयमै ढुवानी नगर्दा त्यस क्षेत्रमा खाद्यन्न संकट हुँदै आएको […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। नेपाली काँग्रेस बाजुराका महाधिवेशन प्रतिनिधि तथा पूर्व संविधान सभा सदस्य महाँ नेपालीले काँग्रेसको आशन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् । यस अघि काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिीमा लोकप्रिय मत पाएर विजयी बनेका नेपालीले दलित समावेशीकोे तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताएका हुन्। प्रधानमन्त्री शेरबहादुर […]
नागरिक रैबार/बाजुरा १९ मंसिर।सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला हो बाजुरा । बाजुरालाई सडक संजालसंग जोड्न विस २०५१ सालमा अछामको साँफेबगर देखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर सडक तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले सिलानास गरेका थिए । सडक सिलानास गरिएको २३ वर्षपछि मात्रै बाजुराको सदरमुकाम मार्तडीसम्म पक्की सडक संजाल जोडिएको थियो । सदरमुकाम मार्तडीबाट बस सेवा सूरु […]
धनगढीः बैतडीको सिगासमा भुवा पर्वको रौनक छाएको छ। हरेक बर्ष मंसिर कृष्ण कृष्ण चतुर्दशी र औंसीका दिन भुवा पर्व मनाउने गरिएको स्थानीयहरुले बताएका छन्। भुवामा महिला र पुरुषहरु देउडा खेल खेल्ने गर्दछन्। यो पर्वको मुख्य आकर्षक पक्ष ‘भुवा नाच’ हो। हातमा तरवार र ढाल लिई सामुहिक रूपमा बाजागाजा सहित खेलिने यो नाचका सहभागीहरू यो पर्व […]
रारा तालको पूरै आकृति हेर्न मुर्मा टप जाने भयौं । मैले राराबाटै घोडा चढेँ । कसैले घोडा चढेकै थिएनन् । मेरो पछि–पछि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क पनि आइपुगे । टोलीमा ६३ वर्षकी अमेरिकनसमेत पैदलै उक्लिँदै थिइन् । एक अपरिचितले मुखै खोलेर भने, ‘यो घोडाको ज्यान कति दुख्दो हो !’ मैलाई नै इंगित गरेर […]