होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार । मंसिर १४ बाजुरा । जात व्यवस्था उन्मूलन मोर्चा सुदूरपश्चिम प्रदेश समितिले मंसिर ४ गते धनगढीको पार्कमोडबाट सुरु गरेको जात व्यवस्था उन्मूलनः जागरण एवं संगठनात्मक अभियान २०७८ सुदूरपश्चिमका ९ वटै जिल्लामा संगठन विस्तार गरी सोमवार कञ्चनपुरमा एक कार्यक्रमका वीच सफलता पूर्वक समापन गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको उक्त जनवर्गीय संगठनले […]
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ५४३ मा झरेको अधिकारीहरुले जानकारी […]
बेनीः जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु भएको छ।म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको हो। बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दुर्घटना हुँदा एक महिला र तीन पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु […]
वीरेन्द्र भट्ट, धनगढीः ‘बस्ने घर छैन। शरीर ढाक्ने फाँटो छैन। खाने अन्न छैन। कहाँ छ सरकार कहाँ छौँ हामी’ बाजुराकी गंगा सुनारले दुःख पोख्दै भनिन्। २ छाक खानकै लागि दिनभरी काम गर्दा पनि मजदुरी गरेको पैसा नपाएर भोकभोकै बस्नुपरेको पीडा बडिमालिका नगरपालिकाकी बस्दै आएकी ५७ वर्षीया सुनारको छ। सोमबार धनगढीमा आयोजित संकटासन्न व्यक्ति र समुदायका […]
नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भन्दै तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाउँदै तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । पार्टीको दशौं महाधिवेशनमा निवर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । ओलीले आफूलाई अध्यक्षका रुपमा प्रस्ताव गर्दै सूची बनाएका छन् । त्यसका विरुद्ध अध्यक्ष पदमा रावलले उम्मेदवारी […]
नागरिक रैबार बाजुरा १२ मंसिर बाजुराकाे सदरमुकाम मार्तडीकाे कारागार नजिकैको डिलबाट आईतबार बिहान जिप दुर्घटनामा परेका सहचालककाे मृत्यु भएकाे छ । जिप दुर्घटनामा परि मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा.नं १ का २४ वर्षीया भिम बहादुर दानी रहेका छन् । सदरमुकाम मार्तडीबाट जडाङ्गा तर्फ जाँदै गरेकाे से १ ज ९६० नम्बरको जिप आईतबार विहान साढेपांचबजे दुर्घटना […]
बाँके । जाजारकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु भएको छ । बाँकेको नेपालगञ्जबाट जाजरकोटका लागि छुटेकाे ना ६ ख २७५७ नम्बरको बस आइतबार बिहान २ बजे दुर्घटनामा परेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यलय जाजरकोटका अनुसार जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा बस दुर्घटनामा परेको हो । बस सदरमुकाम पुग्न करिब १० किलोमिटर बाँकी रहँदा परकाे […]
चितवन — राप्ती नगरपालिका–१ मा पर्ने पहाडी गाउँ परेवाकोट मइनटारमा जितबहादुर तमाङको घरमा आगलागी हुँदा उनका नातिनातिहरुको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार मृत्यु हुनेमा तीन वर्षका बालबालिकाहरु सुरज रुम्बा र मनिषा तामाङ रहेका छन् । हिजो शनिबार बिहान १० बजेतिर जितबहादुरको जस्ताले छाएको र काठले बारेको घरमा आगलागी […]
मङ्सिर १२, महोत्तरी । यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो । विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर मध्यपूर्व नै ह्वात्तै बढेको छ । जारी मङ्सिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा […]
नागरिक रैबार बाजुरा १२ मंसिर बाजुराकाे सदरमुकाम मार्तडीकाे कारागार नजिकैको डिलबाट आईतबार बिहान जिप दुर्घटना भएकाे छ । सदरमुकाम मार्तडीबाट जडाङ्गा तर्फ जाँदै गरेकाे से १ ज ९६० नम्बरको जिप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार जिप दुर्घटनामा परि बडिमालिका नगरपालिका वडा.नं १ का २४ वर्षीया भिम बहादुर दानी गम्भीर […]
नागरिक रैबार/बाजुरा १० मंसिर ।जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा सेवन गरेर प्रहरीमाथि अभद्र व्यवहार गरेकाे आराेपमा एक बस चालकलाई प्रकाउ गरेकाे छ । विहिबार काठमाण्डौंबाट बाजुरा आइरहेको ना ७ ख २३०९ नम्बरको बसका चालक धनराज रोकायाले रिठा प्रहरी चाैकिबाट खटिएको प्रहरी टाेलीलाई अभद्र व्यवहार गरेकाे प्रहरीले बताएकाे छ । बस चेकजाँच गर्दा चालकले मदिरा सेवन […]
नागरिक रैबार बाजुरा १० मंसिर । जिल्लाको बडिमालिका –८ मा पर्ने बडिमालिका मन्दिर नजिकै नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन् ।बिहिवार राति जिल्ला प्रहरी कार्यालय बाजुरा वाट खटिएको टोलीले सोहि बेलुका १०ः३० बजे तिर जुवा खेलि रहेको अवस्थामा ३३ हजार ३ सय नगद सहित ७ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बाजुराले […]
नागरिक रैबार बाजुरा १० मंसिर । बाजुराका पाँच स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा मेरी स्टोप नेपालको सहयोगमा जिल्लाका पाँच पालिकामा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुरा बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । प्रमुख पन्तका अनुशार […]
धनगढी : डोटीको दीपायलस्थित सेती नदीको पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छिन्। ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। शुक्रबार दिउँसो महिलाले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन्। अहिले युवतीको अवस्था अज्ञात रहेको छ। उनको खोजीकार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको […]
बझाङ: जयपृथ्वी राजमार्ग बन्द भएको मौका छोपी महँगी बढाएका बझाङका व्यापारीले राजमार्ग खुले पनि मूल्य भने यथावत राखेका छन्। बझाङमा हाल इन्धन, खाना पकाउने एलपी ग्याँस, खाद्यान्नको मूल्य यथावत राखेका हुन्। असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म आएको बाढीले बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ नारुगौंडा र छबिसपाथिभेरा १ जालेबगरमा सडकखण्ड बगाउँदा यातायातका साधन चौडाममै […]
धनगढी। कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग तनावग्रस्त बनेको छ । बिहीबार दिउँसो लम्कीचुहा नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सडक काटिरहेको अवस्थामा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदा टीकापुर नगरपालिका-२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) वामदेव गौतमले महिलाको […]
नागरिक रैबार / बाजुरा ९ मंसिर। बाजुराका प्रत्येक स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा मेरी स्टोप नेपालको सहयोगमा जिल्लाका प्रत्येक स्थानीय तहहरुमा परिवार नियोजन शिविर सञ्चालन गरिने भएको हो । मंसिर १५ गतेदेखि २३ गतेसम्म परिवार नियोजनको स्थायी (मिनिल्याप र भ्यासेक्टोमी) बन्ध्याकरण शिविर […]
पाँचथरको हिलिहाङ गाउँपालिका-४ को सिद्ध माध्यमिक विद्यालयमा भगिश्वर योङहाङ प्रधानाध्यापक थिए। गत शनिबार भएको कांग्रेसको प्रदेश सभा अधिवेशनमा उनी प्रदेश ‘क’को क्षेत्रीय सभापतिमा निर्वाचित भए। शिक्षक हुँदाहुँदै राजनीतिक दलको पदाधिकारी बन्ने योङहाङ प्रतिनिधि पात्र हुन्। महाधिवेशन प्रक्रियामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेलगायत दलहरूले दर्जनौं शिक्षक/प्राध्यापकलाई वडा तहदेखि महाधिवेशन प्रतिनिधिसम्म बनाएका छन्। कानुनविपरीत शिक्षक/प्राध्यापक र […]
सप्तरी: यहाँको कञ्चनरूप नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौँका सहयोगमा ‘सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ। नगर प्रमुख वसन्तकुमार मिश्रले कञ्चनरूप–१२ स्थित धरमपुरमा अतिरिक्त बोरिङको शिलान्यास गर्दै खानेपानी आयोजनाको काम तीव्ररूपमा सुरु भएको घोषणा गरे। लामो समयदेखि खानेपानीको अभाव खटकिएको नगरपालिकाको केही वडामा खानेपानीको सर्वसुलभ व्यवस्था मिलाउन आयोजनाले सहयोग […]
नागरिक रैबार बाजुरा ९ मंसिर। बाजुरामा चोरी गर्न प्रयोग हुने सामग्रीसहित एकजना प्रकाउ परेका छन्। जिल्लाको बडिमालिका नगरपालिका–७ जिल्ली(तलगाउँ) का १९ वर्षीया किसन विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घरमा चोरी गर्न लागेका अवस्थामा स्थानीयले फेला परी प्रहरीलाई खबर गरेपछि बिहान २ः३० बजे बाउली बजारबाट उनलाई प्रकाउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएको […]