होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङको एक विद्यालय बन्द
समाचार

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङको एक विद्यालय बन्द

  • नागरिक रैबार
शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङको एक विद्यालय बन्द

पुस, दाङ । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि जिल्लाको तुल्सीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए । कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुके स्थानीय मेट्रो अस्पतालमा एन्टिजेन परीक्षण गरिएको थियो ।

मंगलबारदेखि पाँच दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए । ‘शिक्षक र विद्यार्थीमा कोभिड देखिएपछि थप संक्रमण फैलन नदिन विद्यालय बन्द गरिरएको छ’ उनले भने, ‘संक्रमित विद्यार्थीको अवस्था सामान्य छ । शिक्षकहरुलाई होम आइसोलेसन बस्न भनिएको छ ।’

विज्ञापन

त्यस्तै तुल्सीपुर उपमहानगरपालिका–६ स्थित राप्ती बाल एकेडेमीका दुई विद्यार्थीमा पनि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको विद्यार्थीको सम्पर्कमा आएका अन्य विद्यार्थी र शिक्षकहरुको कोभिड परीक्षण भइरहेको शिक्षा शाखाका भण्डारीले बताए ।

संक्रमित सबैको अवस्था सामान्य रहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार