होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मुगु सदरमुकाम गमगढी बजारका सरकारी जग्गामा निर्माण भएका टहरा बिहीवार हटाइएको छ । सरकारी जग्गामा रजाई गरेर बसोबास गरिरहेका २२ टहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी, खाद्य र स्थानीयको सहभागितामा हटाइएको हो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुको जग्गामा बनेका सम्पूर्ण अस्थायी संरचना फागुन मसान्तभित्र […]
काठमाडौं । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस आज नेपालमा पनि मनाइँदै छ ।दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री शेरबहादुर देउवाले क्षयरोग लाग्न नदिनेतर्फ र लागिहालेमा सहज उपरचारको व्यवस्था गर्नेतर्फ सरकारले ध्यान दिने बताएका छन् । सन् २०२१ को अक्टोबरमा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको दक्षिणपूर्वी एसियाका स्वास्थ्य […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको बुधबार उद्घाटन गरेका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ । सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन्। उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले […]
बाजुरा: बाजुरामा खुकुरी देखाएर तर्साउन खोज्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडीमालिका नगरपालिका–८ का २० वर्षीय काले भन्ने भीम रावल रहेका छन्। उनी होलीको दिनमा नाङ्गो खुकुरी देखाएर फरार रहेका थिए। उनले होलीको दिन दिउँसोको समयमा सदरमुकाम मार्तडी बजारमा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा नाङ्गो खुकुरी देखाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। […]
नागरिक रैबार/बाजुरा ९ चैत्र। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा बडीमालिका मन्दिरमा दर्शन गर्नका लागि बाजुरा आएका छन् । प्रधानसेनापति शर्मा बुधबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत बाजुरा आएका हुन् । प्रधान सेनापति शर्माले बडीमालिका मन्दिरमा विहान दर्शन गरेका छन् । त्यस्तै उनले सदरमुकाम मार्तडीमा रहेको दुर्गा भन्जन गुल्मको निरिक्षण समेत गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७४ अर्ब ३ करोड ५ लाख बजेट सिलिङ पाएको छ । आयोगले मन्त्रालयलाई दिएको बजेट सिलिङका आधारमा चालू तथा पुँजीगत गरी १ अर्व ३१ करोड ८ लाख स्वास्थ्य मन्त्रालयले आफूलाई राखेको छ । र, बाँकी रकम आफू मातहतका ४१ वटा निकायलाई बाँडफाँट गरेको छ । […]
काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौँमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत स्वागत गरेका हुन्। अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको […]
नागरिक रैबार/बाजुरा ८ चैत्र। बाजुरा जिल्लाका विपन्न तथा असाहय १० जना बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । कल्याण फाउण्डेसन अमेरिकाको आर्थिक सहयोग तथा बडीमालिका नगरपालिका र बडीमालिका मिडिया हाउसको समन्वयमा १० जना विपन्न असाहय बालवालिकालाई शैक्षिक सामाग्री गरिएको हो । मंगलबार बडीमालिका नगरपालिकाको सभाहलमा विपन्न बालवालिकालाई लक्षित गरेर छात्रवृती सहयोग शुभारम्भ कार्यक्रम गरिएको बडीमालिका […]
बाजुरा: बाजुराको करिब १ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ। ती मध्ये ८५ हजार ८ सय ६७ जनसंख्या गरिबीको रेखामुनि रहेका छन्। बाजुराको गरिबी दर निकै माथि रहेको मानव अधिकार वर्ष पुस्तक २०२२ को […]
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका महिला पत्रकारहरुको प्रदेश भेला डडेल्धुरामा सुरु भएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ओरेक नेपालको सहकार्यमा मंगलवारदेखि भेलाको आयोजना गरिएको हो। भेलामा प्रदेशका ९ आटै जिल्लाका महिला पत्रकारको सहभागीता रहेको छ। महिला पत्रकारका समस्याका बारेमा विशेष छलफल हुने भेला आज र भोलि २ दिनसम्म […]
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सो प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जला तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य भू–भागमा सामान्यतया सफा […]
काठमाडौं । चितवनको माडी नगरपालिका-१ स्थित सोमेश्वर उच्च माध्यामिक विद्यालयका लेखा विषयका शिक्षक सुरज लामिछाने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे । कक्षा ९ की छात्राले झोला नल्याएको विषयलाई लिएर उनले यौन दुर्व्यवहार गरेका थिए । २९ फागुनमा शिक्षक लामिछानेले दुर्व्यवहार गरेपछि पीडितसहितका छात्रछात्राले विद्यालयका दुई जना महिला शिक्षकलाई पनि जानकारी गराए । […]
राजेन्द्र बिक — बाजुराका पशुपालक किसानलाइ उन्नत जातको रांगा बितरण गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आर्थिक बर्ष ०७८/०७९को बार्षिक स्वीकृत बजेट अनुसार नश्ल सुधारको लागि उन्नत मानिएको मुर्रा जातका रांगा(पाडा)हरु स्थानिय भैंसी पालक किसान हरुलाइ बितरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका पशु सेवा प्राबिधिक भिम बहादुर […]
काठमाडाैं । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो […]
धनगढी : कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन्। जिल्लाको वेदकोट नगरपालिका-१० त्रिपुरा मन्दिर नजिक शनिबार घाँस काटिरहेका र पैदलयात्री गरी ७ जनालाई जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको प्रहरीले बताएको छ। घाइते हुनेमा वेदकोट-१० की १५ वर्षीया शारदा भट्ट, वेदकोट-३ की ३५ वर्षीया पद्मा कुँवर, ६२ वर्षीय सोबि कोली, ६० वर्षीय डम्मर […]
धनगढीः सुदूरपश्चिमको १० लाख बढी जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको छ। प्रदेशमा १० लाख ६० हजार ७ सय ४८ जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको हो। यो तथ्यांक नेपालमा गरिबीको रेखामुनि रहेको कुल जनसंख्याको आधा बराबर हो। नेपालको जनसंख्या २०७८ अनुसार झण्डै २४ लाख जनसंख्या गरिबीको रेखामुनि छ। मानव अधिकार वर्ष पुस्तक २०२२ ले पनि कैलालीमा […]
दाङ । प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।प्युठानबाट दाङको घोराही आउँदै गरेको यात्रु बस शनिबार बिहान साढे ११ बजे प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा एक जना बालकको मुत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु […]
कुनै बेला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हाल सङ्क्रमण दर ओरालो लाग्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ । यो हप्ताको शुक्रबार र आइतबार यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या शून्य झरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्य दिनहरुमा पनि सङ्क्रमितको सङ्ख्या पाँचभन्दा पनि कम […]
स्मार्ट सिटीको नाम दिइएको तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा रहेको कल्ले–बल्लेका बासिन्दा अहिले पानी नपाउँदा काकाकुल बनेका छन् । धारा जडान गरिएको छ । घरअगाडि नै पाइप पुगे पनि पानी आउँदैन । बर्षातमा पानीको सहज आपूर्ति हुने भए पनि हिउँदमा भने तुलसीपुर उपमहानगरपापिलका–३ का आधा दर्जन गाउँ काकाकुल हुन्छन् । धारामा पानी नआएपछि तीन घण्टा […]