होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जंगली बँदेलको आक्रमणबाट ७ जना घाइते
समाचार

जंगली बँदेलको आक्रमणबाट ७ जना घाइते

  • नागरिक रैबार
जंगली बँदेलको आक्रमणबाट ७ जना घाइते

धनगढी : कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन्। जिल्लाको वेदकोट नगरपालिका-१० त्रिपुरा मन्दिर नजिक शनिबार घाँस काटिरहेका र पैदलयात्री गरी ७ जनालाई जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको प्रहरीले बताएको छ।

घाइते हुनेमा वेदकोट-१० की १५ वर्षीया शारदा भट्ट, वेदकोट-३ की ३५ वर्षीया पद्मा कुँवर, ६२ वर्षीय सोबि कोली, ६० वर्षीय डम्मर लुहार, ५० वर्षीय पदम चन्द, २६ वर्षीय भरत ठगून्ना र ४० वर्षीय बजिरे रावत रहेका छन्। उनीहरुको महाकाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घाइतेमध्ये तीन जना पदम, भरत र बजिरे अस्पतालबाट डिस्चार्ज भइसकेका प्रहरीले बताएको छ। बँदेल वेदकोट-१० मै रहेको जयशंकर सामुदायिक वनबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ। दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार