होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने घोषणा भई सकेको छ । उम्मेदवार को बन्ने ? कस्तो बन्ने ? भन्ने बिषयमा चोकचोकमा कुराहरु चलिरहेका छन् भने सबै पार्टीले स्थानीय तहहरुमा प्रचार प्रसारका गतिविधि बढाईरहेका छन् । स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक, सम्बन्धित वडाको मतदाता नामावलीमा […]
नागरिक रैबार/बाजुरा ३० फागुन। बाजुरामा एकल महिलालाई बलत्कार गरी फरार रहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ५ का नेत्र भन्ने नबराज शाही रहेका छन् । शाहीले २०७४ साल पुस ९ गते राति गाउँकै एक पिडित एकल महिलालाई कोही नभएको मौका छोपी बलत्कार गरेर फरार भएका थिए […]
धनगढी : राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा देशभरी रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट छिटो, छरितो रुपमा सञ्चालन गर्ने उल्लेख छ। साथै विरामी वा घाइतेलाई अस्पताल पुर्याउनु अगावै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने स्रोत साधन सम्पन्न एम्बुलेन्स हुनुपर्ने पनि निर्देशिकामा व्यवस्था गरिएको छ। प्रभावकारी संचार प्रणाली जडान गरेर प्रेषण केन्द्रमार्फत जुनसुकै स्थानमा रहेको एम्बुलेन्स सञ्चालन गर्न निर्देशन […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत पुर्याउने भएको छ । प्राधिकरणले कर्णालीबासीको हरेक घरमा दुई वर्षभित्रमा विद्युतको पहुँच पुर्याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको छ । कर्णाली प्रदेशका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत् पुगेको छ । ३ नगरपालिका […]
काठमाडौँ — अमेरिका र फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको छ । कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख गरेको छ । ‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन् । गत मार्च ९ मा […]
स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति दिएको हो । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सरकारले ४० दिनका लागी […]
धनगढी : डडेल्धुराबाट धनगढी आउँदै गरेको हाइस कैलालीमा दुर्घटना भएको छ। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका-४ बुढीतोला नजिक चौबिसे मोडमा बा२ख ३२३३ नम्बरको हाइस दुर्घटना भएको हो। दुर्घटनामा १३ जना घाइते भएका छन्। चालक अमरगढी नगरपालिका-२ का २६ वर्षीय सन्तोष ऐर, सहचालक गोदावरी नगरपालिका-८ का १७ वर्षीय राजेश ताम्राकार, हाइसमा सवार डडेल्धुराको नवदुर्गा गाउँपालिका-३ का […]
गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’को विवाद चुलिँदो छ । दशवर्षे सशस्त्र द्वन्दका परिणामको केही हिस्सा समेटेपछि गीत विवादमा मुछिएको हो । गीतमा सपुतलाई स्वरमा साथ सम्झना भण्डारीले दिएकी छन् । प्रकाशकै गायन, लेखन, संगीत, परिकल्पना र निर्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जालमा बिभिन्न ठिक र बेठिकका अनेक बहस भइरहेको छ । यस्तैमा गीत […]
नागरिक रैबार/बाजुरा ३० फागुन। नेपाल उत्पीडित जातीय मुक्ती समाज बाजुराको अध्यक्षमा शंकर चंदारा चयन भएका छन् । नेकपा एमाले निकट वग्रिय संगठन नेपाल जातीय मुक्ती समाज बाजुराको आईतबार सदरमुकाम मार्तडीमा भएको चौथो जिल्ला सम्मेलनबाट शंकर चंदारा अध्यक्ष रहने गरी ५१ सदस्यीय कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्ष पारुदेवी पारु बिक, सचिव गाैरी सार्की, काेषाध्यक्ष […]
नागरिक रैबार/बाजुरा २९ फागुन। नेपाली काँग्रेस बाजुराको चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरिएको छ ।घरघर जाऔं, काँग्रेसलाई जिताऔं भन्ने मुल नाराका साथ नेपाली काँग्रेस बाजुराले चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरेको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी अभिायनको शुभारम्भ बडीमालिका नगरपालिकाको मार्तडीबाट गरिएको काँग्रेस बाजुराले जनाएको छ । नेपाली […]
काठमाण्डाै – नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’ मा स्वर्ण पदक जित्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि एक सय किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी नेपाली […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका एक दर्जन नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएका छन् । आइतबार विहान अध्यक्ष प्रचण्डले नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ता पार्टी प्रवेश गराएका हुन् । एमाले, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष प्रचण्डले प्रचण्डले […]
सप्तरी । सप्तरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् ।जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका-४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो । स्थानीय डम्बर यादवले आफ्नो घर अगाडि राखेको रुखको पातमा एकाएक आगलागी भएको प्रहरीले जनाएको छ । खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार […]
रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेपछि यसबारे खुलासा भएको हो । उनीहरु रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुवरले ह्वास्स एप मार्फत आफ्नो […]
धनगढी : डडेल्धुरामा अछाम जाँदै गरेको बस ठुलो दुर्घटना हुनबाट जोगिएको छ। प्रहरीका अनुसार कैलालीको टीकापुरबाट अछामको कमलबजारका लागि छुटेको ना६ख १६५० नम्बरको बस गन्यापधुरा गाउँपालिका-३ जक्सन होटेल नजिक सडकमा रहेको माटोको ढिस्कोसँग ठोक्किएको थियो। बसको अगाडिको भाग सडकबाहिर पुगेको भएपनि दुर्घटना हुनबाट जोगिएको बताइएको छ। बसमा सवार सबै यात्रु सकुशल रहेका प्रहरीले बताएको छ। […]
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान आजबाट सुरु गर्दै छ ।७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन् । कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने […]
गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ।शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो। गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले […]
हुम्ला — हुम्लाको सदरमुकाम सिमकोट वडा नम्बर ५ तल्लो गाउँस्थित गाईवस्तुका लागि जम्मा पारेर राखिएको स्याउला र दाउरा आगलागीबाट नष्ट भएको छ । आगलागीबाट एउटा गोठमा पनि क्षति पुगेको बताइएको छ ।मानवीय र अन्य भौतिक क्षति नभए पनि स्याउला र दाउरा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित स्थानीयहरू […]
बैतडीः महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ। समाजमा रहेका हानिकारक परम्परागत प्रचलन हटाउनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोग तथा सम्बन्धित पालिकाले साँस्कृतिक महोत्सव आयोजना गरिएको हो। महोत्सवमा लोक तथा ड्यौडा गायिका र मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत रेखा जोशीले गीतमार्फत जनचेतना […]
नागरिक रैबार/बाजुरा २८ फागुन । बाजुरामा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष काँग्रेस प्रवेश गरेका छन्। शनिबार बाजुरा खप्तड छेडेदह गाउँपालिका वडा न १ का वडाध्यक्ष बीरबहादुर रावल काँग्रेस प्रवेश गरेका हुन्। उनले काँग्रेस नेता एवं गाउँपालिका अध्यक्ष समेत रहेका नरबहादुर रावत लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश गरेका थ्रिए।