होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा। नेकपा एमाले बाजुराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १४ बुँदे माग पत्र बुझाएको छ । सिंगो पार्टी कमिटीका तर्फबाट बाजुरा जिल्लाको विकासलाई प्राथमिकतामा राख्ने गरि १४ बुँदे माग पत्र बुझाएको हो । प्रधानमन्त्रीलाई बाजुराका तर्फबाट एमाले अध्यक्ष लालबहादुर ओलीले माग पत्र बुझाएका हुन् । ओली प्रधानमन्त्री भएपछि जिल्लाको तर्फबाट नेकपा एमाले बाजुराले औपचारिक मागहरु बुझाएको […]
काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ ।हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो । चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो […]
काठमाडौँ — एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले आगामी दिनमा दलित, महिला र मधेसको नाममा फेरि आन्दोलन गर्ने प्रयत्न सफल नहुने बताएका छन् । उनले संविधान संशोधनमार्फत अग्रगमनको बाटोमा जाने बताए । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतका लागि प्रस्तावमाथिको छलफलमा बोल्दै भट्टराईले संविधान संशोधन सबैको सहभागितामा अग्रगमनका लागि गरिने धारणा राखे […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी आन्दोलनको भावुक बहकाउमा नै आफूले नेकपा एमालेसँग गठबन्धन गरेको बताएका छन् । तर, आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याइएको सुनाए । प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधामनन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई धोकाबाट बच्न सुझाव पनि दिए । ‘निर्वाचनपूर्वकै गठबन्धन अर्थात् नेपाली कांग्रेससहितको सत्ता […]
पोखरा । कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । यस्तै, मादी गाउँपालिका ११ तल्लो ताप्लेमा एकजनाको मृत्यु भएको छ । गएराति १० […]
नागरिक रैबार/बाजुरा १० असार।बाजुराको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ५० करोड ३९ लाख १९ हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न १५ औं अधिवेशन तथा दोस्रो नगरसभाबाट सो बजेट सार्वजनिक गरेको हो । ” कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र पुर्वाधार बडिमालिका नगरपलिका समृद्धिको प्रमुख आधार ” भन्ने मुल नाराका […]
बाजुरामा कैदीबन्दी भेट्न गएका २ जनालाई प्रहरीले चरेशसहित पक्राउ गरेको छ । आइतबार साँझ कारागारमा कैदीबन्दी भेट्न गएका बुढीगंगा नगरपालिका–५ नुवाघरका २५ वर्षीय प्रेम थापा र २१ वर्षीय लक्ष्मण थापालाई चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कारागारमा रहेका आफन्तलाई भेट्न आएका दुबै जनाले खाजाका लागि ल्याएको […]
नागरिक रैबार/बाजुरा ६ असार। बाजुराको सदरमुकाम मार्तडीमा करेन्ट लागेर एक युवक घाइते भएका छन् । बिहिबार बेलुकी विद्युतको तार मर्मत गर्ने क्रममा त्रिवेणी नगरपालिका–३ पुर्भुताका २८ वर्षीय पुरन साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र अन्तरगत बडीमालिका नगरपालिका ९ कारागार नजिकै विद्युतको नाङ्गो तार हटाएर नयाँ […]
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाले चारवटा योजना प्रदेश सरकारबाट माग गरेको थियो।चालु आर्थिक वर्षको बजेटमा कार्यान्वयन गर्न विस्तृत योजना प्रतिवेदन (डिपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कनको कामसमेत गरेर नगरपालिकाले चारवटा योजना प्रदेश सरकारसँग माग गरेको हो। पर्यटकीय क्षेत्र राजकाँडासम्म जाने सडक, कर्णाली चिसापानी पुलमा विद्युतीकरण र टीकापुर सडकमा विद्युतीकरणलगायतका योजनाहरु लम्कीचुहा नगरपालिकाले सुदूरपश्चिम सरकारसँग माग गरेको हो। […]
राजेन्द्र विक बाजुरा,२६जेठl नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको २ महिने रुपान्तरण अभियान अन्तर्गत जगन्नाथ गाउँपालिकाको सबै वडामा कार्यक्रम सम्पन्न भएको छ।पालिका भित्रका सम्पुर्ण वडाहरुमा २ महिने रुपान्तरण अभियान कार्यकर्ता भेटघाट् सहित,वडा भेला र जनताका गुनासा सुनेर सम्पन्न भएको जगन्नाथ रुपान्तरण अभियानका प्रमुख नेता माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिती सचिवालय सदस्य महेश शाही ( क.शुक्रराज […]
बाजुरा। अखिल नेकपा किसान महासंघ बाजुरामा नयाँ नेतृत्व चयन गरिएको छ । महासंघको दोस्रो जिल्ला अधिवेशनबाट प्रसाद खड्का अध्यक्ष रहने गरि नयाँ समिति चयन गरिएको हो । खड्का यस अघि किसान महासंघको जिल्ला संयोजक रहनु भएको थियो । पार्टी कार्यालय बाजुरामा आयोजना गरिएको अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय सचिव तारा खातीले गरेकी हुन् । भने प्रमुख […]
काठमाडौँ — हाल कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा […]
बाजुरामा पोलियो रोग विरुद्धको आईपिभी खोप अभियान २०८१ यही जेठ १३ गते अर्थात आइतवारदेखि जेठ १८ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आईपिभी खोप अभियान बाजुरामा पनि सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय बाजुराले शनिवार आई. पि. भी खोप अभियान सम्बन्धी मार्तडीमा जिल्ला स्थित संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दैै खोप अभियानको […]
नागरिक रैबार/बाजुरा २५ बैशाख। सशस्त्र प्रहरी बल नेपाल बाजुरा गुल्मको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा उद्धघाटन गरिएको हो । सदरमुकाम मार्तडी नजिकै बडीमालिका नगरपालिका- ९ चौराटामा निर्माण गरिएको भवनको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । गुल्मपति निवास, कार्यालय लगायत […]
बैतडीः बैतडीमा २२ वर्षीय युवक मृत फेला परेका छन्।पाटन नगरपालिका-६ पाटन बजारमा दाङ भालुवाङ घर भई हाल बैतडीको पाटन नगरपालिका-६ पाटन बजार बस्दै आएको २२ वर्षीय दिपेन्द्र घर्तीमगर मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
नागरिक रैबार/बाजुरा १४ बैशाख।नेपाली काँग्रेसका नेता एंव प्रतिनिधि सभा सदस्य डाक्टर शुनिल शर्माले सहकारी काण्डमा मुछिएका रवि लामिछानेको संसदीय समिति बनाएर छानविन गर्नु पर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले शुक्रबार मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेलाई संसदीय […]
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली भएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने […]
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ ।महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । उनका अनुसार महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु आजैदेखि चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश […]
पोखरा । आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको उच्च स्रोतले बताएकाे छ । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका हुन् । अहिले गण्डकीको […]
काठमाडौँ —माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान गृहमन्त्री […]