होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी, भदौ १९ । चार थान पेस्तोल र सुनका गहनासहित धनगढीबाट तीन जना पक्राउ परेका छन् । प्रहरी सिआईवीको टोलीले धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट चार थान पेस्तोल र सुनका गहनासहित तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी–६ का सन्जय राणासहित अन्य दुई जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले बताए। घटनाबारे थप […]
एउटालाई देखाएर अर्कैको झिकियो काठमाडौं : निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गराएको तथ्य फेला परेको छ। ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो। श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा श्रेष्ठ कुशल र अनुभवी चिकित्सक मानिन्छन्। […]
धनगढी, भदौ -१७ । कैलालीमा अपरिचित समूहले आमाछोरी माथि बलात्कारको प्रयास गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाको धुर्जन्नामा गए राती आमा छोरी सुतेको बेला बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार गए राती ११ बजेको समयमा घरमै सुतिरहेका बेला मदिरा सेवन गरेर आएको दुईजनाको समूहले आमाछोरीमाथी […]
काठमाडौँ — नक्कली भिसा कार्डबाट रकम निकालिएको भेटिए पछि अधिकांश बैक तथा वित्तिय संस्थाका विद्युतीय भुक्तानी कार्ड (एटीएम) बन्द गरिएका छन् । शनिबार नक्कली भिसा कार्डबाट रकम झिक्ने ५ चिनियाँ नागरिक पक्राउ परेपछि एटीएम कार्ड बन्द गरिएको हो। ११ वटा वाणिज्य बैंक आवद्ध एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले आफू आवद्ध बैंकका एटीएम बन्द गराएको हो। […]
धादिङ — शुक्रबार बेनीघाटरोराङ–३ सलाङघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । २१ जना अझै बेपत्ता छन् । मृतक मध्ये ५ को मात्रै सनाखत भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक अजय दास र विजय कुर्मी तथा बेपत्ता कण्डक्टर ऋषि उप्रेतीको शव शुक्रबार नै पहिचान भएको थियो। कृष्णभीर निर फेला परेका २ […]
काठमाडौं : पूर्वउद्योगमन्त्री तथा नेकपाका सांसद महेश बस्नेतले राजधानी र मुख्य सहरको सडक सुधारका लागि ‘द्रुत सम्बोधन टोली’ गठन गर्नुपर्ने बताएका छन्। सरकारी अधिकारी, नागरिक समाज, निर्माण व्यवसायी, परामर्शदातालगायत सम्मिलित द्रुत सम्बोधन टोली गठन गर्नुपर्ने उनले बताए। ‘नयाँ सडक बनाउन ठेक्का लाग्ने गरेको छ। तर, बिग्रेको सडक समयमा बन्ने गरेको छैन’, काठमाडौंमा आयोजित पूर्वाधार निर्माणका चुनौती […]
१७ साउन, काठमाडौं । आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ । हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ । […]
नागरीक रैबार/ बाजुरा, साउन १७। बाजुराको गौमुल गाउँपालिका वडा नं.६ शान्तीटोलमा बिहीबार रातीको अविरल बर्षाका कारण घर माथीबाट पहिरो जदाँ आमा छोरीको मृत्यृ भएको छ । भने एकको अवस्था गम्भीर रहेका छ, मृत्यृ हुनेमा सुके चदाँराकी बुहारी २६ बर्षिया निरुता चदाँरा र उहाँकी छोरी किस्मिता चदाँराको मृत्यृ भएको हो । सुके चदाँराका बुवा १०५ बर्षिया […]
उत्तरी लमजुङको दोर्दी खोलामा बुधबार दिउँसो आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ। घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार साँझ अबेरसम्म ४ जनाको शव फेला परेको छ। मृतकको सनाखत हुन भने सकेको छैन। भट्टराईले अरु ७ जना बेपत्ता भएको बताए। ‘जलविद्युत आयोजनामा काम गर्दै गर्दा बेपत्ता भएका ११ मध्ये ४ जनाको शव भेट्यौँ, अरु […]
९ साउन, काठमाडौं । बाढी–पहिरो र राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति आजका सबैजसो दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ । यसबाहेक स्मार्ट लाइसेन्स, विद्युत् निर्यात, कालोसूचीले नेपाल वायु सेवा निगमलाई पारेको असरलगायत विषय पनि पत्रपत्रिकाहरूले उठाएका छन् । जलमग्न जलेश्वरको तस्वीर छापेको अन्नपूर्णले नेपाल वायु सेवा निगमलाई परेको असजिलोबारे मुख्य समाचार बनाएको छ । […]
नागरिक रैबार/ साउन ७ । बाजुरा घर भएकी बालिकाको भारतको दिल्लीमा बलात्कार प्रयासपछि हत्या गरिएको छ । भारतको पूर्वी दिल्लीको सुक्करपुरमा ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूताबासले जनाएको छ । उनको घर बाजुराको बुढिगंगा नगरपालिका वडा नं. १ कुडी हो । चदाराँ बुवा देब चदारा र आमासँगै भारतमा दिल्लीमा बस्दै […]
सुर्खेत — कर्णाली प्रदेश सरकारले साविक कर्णालीका ५ जिल्लामा आवासीय विद्यालय सञ्चालनमा ल्याउने भएको छ । आगामी तीन वर्षभित्र सञ्चालन हुने गरी चालु आर्थिक वर्षबाट काम सुरु गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । हुम्ला, जुम्ला, मुगु, कालीकोट र डोल्पामा एक–एकवटा विद्यालय स्थापना गरिने सामाजिक विकासमन्त्री दल रावलले बताए । उनका अनुसार ती विद्यालयमा कक्षा ८ देखि १२ […]
काठमाडौँ — सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर […]
काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको प्रहरीले दाबी गरेको छ । त्यसैगरी जेठ […]
५ साउन, काठमाडौं । आज आइतबार प्रकाशित पत्रिकाहरुमा सामाजिक विषयवस्तुका समाचारले प्राथमिकता पाएका छन् । अन्नपूर्ण पोष्टले मात्र राजनीतिक विषयबस्तुलाई प्रमुख समाचार बनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा विप्लव समूहको भूमिगत सञ्जालको नालीबेली छ । सरकारले प्रतिवन्ध लगाए पनि विप्लव समूहले युद्धकालीन सांगठनिक संरचना बनाएर गतिविधि गरिरहेको छ । अन्य दलजस्तो विधानका आधारमा निश्चित समयका […]
२२ असार, काठमाडौं । खानेपानी मन्त्रालयले आगामी तीन महिना (१३ असोज) भित्र सिंगै देशलाई ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ । बजेटमा गरिएको घोषणा बमोजिम खुल्ला दिसामुक्त घोषणाका लागि राष्ट्रिय सरसफाइ निर्देशन समितिले यो टाइमलाइन निर्धारण गरेको हो । आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहको अग्रसरतामा पूर्ण सरसफाइ कार्यक्रमलाई राष्ट्रिय अभियानका रुपमा संचालन […]
काठमाडौं – सरकारलाई जवाफदेही बनाउने राज्यको एउटा अंग हो– संसद्। त्यहाँ हुने हरेक छलफल र बहसले सरकारको ध्यान खिचेको हुन्छ, खिच्नुपर्छ। संसद् बैठकमा सांसदले उठाएका विषयलाई महŒव नदिने हो भने राज्य सञ्चालनका सन्दर्भमा शक्ति सन्तुलन कायम हुन सक्दैन। यस अर्थमा संसद् बैठकलाई प्रभावकारी बनाउने जिम्मेवारी सांसदहरूकै हो। तर संघीय संसद्का चार अधिवेशन सम्पन्न भइसक्दाको स्थिति […]
बझाङ, २२ असार । बझाङमा सोमबार राति भएको युवती हत्याको घटनालाई लिएर आक्रोसित बुङ्गलका स्थानीयले निर्माणाधीन कालंगा जलविद्युत आयोजनाको विभिन्न स्थानमा तोडफोड गरेका छन । तोडफोडबाट आयोजनामा १५ करोड रुपैयाँ बराबरको क्षति भएको आयोजना कार्यालयले जनाएको छ । गत मंगलबार विहान बुङ्गल नगरपालिका २ को खोचे भगाड भन्ने ठाउँको सडक किनारामा मृत अवस्थामा फेला परेकी बुङ्गल […]
बाजुरा, २१ असार । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिए । सो स्थानमा […]
काठमाडौं, असार २१। नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ। गत वर्षभन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्यभारतमा रहेको मनसुन पश्चिम नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गाले मनसुन अहिले निष्क्रिय […]