होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार । बाजुरा ८ कार्तिक । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी स्थीत कारागारमा रहेका ४७ बढी कैदी बन्दीहरुलाई दसैँ मनाउँन बडीमालिका नगरपालिकाकी उप–प्रमुख कविता विष्टले दुईवटा खसी उपहार दिएकी छिन् । विभिन्न परिघटनामा परि कैदीबन्दी हुन पुगेर जेल जिवन विताई रहेकाहरु दाजुभाइहरुले पनि बडादसैँमा उमङ्गित हुन् पाउँनु पर्छ । हिन्दुहरुको महान चाँडाबाडका बेला गाउँघरमा खुशीयाली […]
६ कात्तिक, काठमाडौं । अमेरिकामा अबको दुई महिनामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउन सक्ने नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले बताएका छन् । बुधबार उनले कोरोनाको खोप रोग पत्ता लागेको एक वर्षभित्रै खोप पत्ता लाग्न लागेको भन्दै यो महत्वपूर्ण हुने बताए । एक समारोहमा बोल्दै कोलिन्सले भने, ‘हामी खोप पाउने दिशामा अघि बढिरहेका […]
६ कात्तिक, काठमाडौं । दशैंको टीकाको दिन नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको छ । महान चाड दशैं मनाउन घर फर्किनेहरुको भीडभाड उपत्यकाका मुख्य नाकाहरुमा देखिन्छ । आउजाउ गर्दा कोरोना संक्रमणको जोखिम कायमै रहे पनि गाउँ फर्किनेहरुको ताँती देखिँदा घरमै सबै परिवारका सदस्य भेला भएर दशैं मनाउने चाहना धेरैमा रहेको बुझ्न सकिन्छ । यद्यपि दशैंको […]
चाडबाडका बेला खाद्यान्नलगायतका अत्यावश्यकीय वस्तुको कालोबजारी हुनु या अचाक्ली मूल्य बढ्नु नेपाली बजारको नकारात्मक विशेषता नै हो । झारा टार्नै सही, सरकारले पर्वलक्षित अनुगमन नगर्ने पनि होइन । यसपालि पनि केही सरकारी टोलीहरू बजार अनुगमनमा निस्किएका थिए, तैपनि महँगी अकासिन रोकिएन । यसबाट के बुझिन्छ भने, बर्सेनि अनियन्त्रित मूल्य वृद्धि हुनुमा कि नेपाली बजारमा केही प्रणालीगत […]
भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो । उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन् । वैदेशिक रोजगारीका लागि भन्दै भारत पु-याइएका ती बालकलाई उद्धार गरेर मङ्गलबार […]
धनगढी :अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको प्रहरी सहायक निरिक्षक बिकको हत्यामा संलग्न गिरोह पक्राउ परको प्रहरी स्रोतले जनाएको छ । ‘बिकको घाँटी रेटी हत्या गर्ने कार्यमा […]
१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा ११६० महिला र २००७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य […]
निमेन्द्र शाही बाजुरा, १ कात्तिक ‘पूर्ण सरसफाइ रणनीतिक योजना २०७२’ कार्यान्वयनमा नआउँदा बाजुरामा सरसफाइको अवस्था पुरानै दिसामा फर्किने चिन्ता थपिएको छ । खुला दिसामुक्त जिल्ला घोषणा भइसके पनि रणनीतिक योजना कार्यान्वयन नहुँदा सरसफाइको अवस्था परिवर्तन नहुने भन्दै चिन्ता थपिएको हो । ‘१२ मंसिर २०७१ मा खुला मञ्चमा भएको विशाल कार्यक्रम अहिले पनि सम्झनामा छ । […]
बाजुरा: बाजुराको हिमाली गाउँपालिका–५ बस्ने धर्म नेपालीलाई श्रीमतिसहित चार छोराछोरीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुराले मुद्धा चलाएको छ। उनका कारण श्रीमती सत्ता नेपालीसहित चार बालबालिकाले कवाडी खोलामा हाम्फालेको हुनसक्ने प्रहरी अनुसन्धानले बताएको छ। सोही कारण धर्म नेपालीविरुद्ध आत्माहत्या दुरुत्साहन मुद्धा दर्ता गरिन लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी […]
१ कात्तिक, काठमाडौं । यो साता कैलाली र काठमाडौंमा दुईवटा भयानक दुर्घटना भए । यी दुवै दुर्घटना खाना पकाउने ग्यासमा आगो लागेर बिस्फोटनबाट भएका हुन् । ग्यास सिलिण्डरमा आगो लागेर बिस्फोट हुँदा बुधबार कैलालीको धनगढीमा हरिलाल विष्टको घर पूरै जल्यो । घटनामा ६५ वर्षीया बर्मा विष्टले ज्यान गुमाइन् भने हरिलाल र उनकी १५ वर्षीया नातिनीको […]
१ कात्तिक, काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते (अक्टोबर १) नै बहिर्गमन भएको थियो । शुक्रबारदेखि […]
३० असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिबन्धित विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले विप्लव समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेशनमा कतै पनि सम्झौता गर्नु नहुने बताएका हुन् । ‘संविधानको उपलब्धिलाई चुनौती […]
३० असोज, काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोभिड– १९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा राख्ने नीति लिएको छ । संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि लक्षण देखिए वा कोरोना पोजेटिभ देखिएमात्र स्वास्थ्यकर्मी क्वारेन्टिन र आइसोलेसनमा बस्न पाउनेछन् । यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि […]
३० असोज, काठमाडौं । नेपाल प्रहरीका अधिकांश महानिरीक्षकहरु सर्वोच्च पदमा पुग्नुअगावै चर्चाको केन्द्रमा रहने गर्छन् । हालका आईजीपी शैलेश थापा क्षेत्री भने अपवाद हुन् । कार्यकालको तीन महिना अवधि बित्दासम्म उनले विगतमा अन्य आईजीपीले झैँ महत्वांकाक्षी कार्ययोजना अघि सारेका छैनन् । कुनै नयाँ घोषणा गरेका छैनन् । तर, लामो समयदेखि प्रहरी कार्यालयमा आईजीपीको फोटो राख्ने […]
नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिएको थियो । त्यस्तै अघिल्लो बुधबार नेपाली सेनाका २८ जनामा एकसाथ सङ्क्रमण पुष्टि […]
२९ असोज, काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ । साथै आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथाव्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ । यो बुँदामा परीक्षार्थीले आफू कोभिड–१९ संक्रमित भए नभएको स्वयं घोषणा गर्नुपर्ने तथा संक्रमित […]
२९ असोज, काठमाडौं । निर्मला हत्या प्रकरणमा निलम्बित तीन प्रहरी अधिकारी जागिरमा फर्किने बाटो खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धानका लागि कञ्चनपुर पुगेका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, कञ्चनपुरमै कार्यरत प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्बन फुकुवा भएको हो । योसँगै उनीहरु प्रहरीको नियमित […]
निमेन्द्र शाही बाजुरा, २९ असोज। रारालाई गन्तव्य बनाएर खप्तडबाट हिँडेका थियाैँ । रमा इलाे कुराकानीका साथ यात्रा चलिरहेकाे थियाे । बाजुराकाे बूढीनन्दा नगरपालिकाको नौलाकोट पुगेपछि खरले छाएका केही घर देखिए । राेकिएर यसाे नियाल्याैँ । बस्तीतिर डुलिरहेका आँखा अचानक एक बालकमा पर्याे, जसले रोटी बेरेर पाेकाे पारेका थिए भने काँधमा थैला पनि बोकेका थिए । अलि भिन्न देखेर म उनी […]
काठमाडौँ — कोरोना संक्रमितहरुलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी लोकसेवा आयोगले जारी गरेको मापदण्डविरुद्ध निवेदन परेको हो । अधिवक्ताहरु शैलेन्द्र हरिजन र प्रवीनकुमार यादवले दर्ता गरेको निवेदनमा संक्रमितलाई छुट्टै केन्द्र वा सुरक्षित उपाय गरेर परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न […]
काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय ५६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३५ सय ५६ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।