होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दशैं मनाउन गाउँ फर्किने क्रम बढ्दै, तर अघिल्लो वर्षको तुलनामा न्यून
समाचार

दशैं मनाउन गाउँ फर्किने क्रम बढ्दै, तर अघिल्लो वर्षको तुलनामा न्यून

  • नागरिक रैबार
दशैं मनाउन गाउँ फर्किने क्रम बढ्दै, तर अघिल्लो वर्षको तुलनामा न्यून

६ कात्तिक, काठमाडौं । दशैंको टीकाको दिन नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको छ । महान चाड दशैं मनाउन घर फर्किनेहरुको भीडभाड उपत्यकाका मुख्य नाकाहरुमा देखिन्छ ।

आउजाउ गर्दा कोरोना संक्रमणको जोखिम कायमै रहे पनि गाउँ फर्किनेहरुको ताँती देखिँदा घरमै सबै परिवारका सदस्य भेला भएर दशैं मनाउने चाहना धेरैमा रहेको बुझ्न सकिन्छ ।

यद्यपि दशैंको यही अवधिमा घर फर्किनेहरुको संख्या अघिल्लो वर्षको तुलनामा भने न्यून छ ।

विज्ञापन

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालका अनुसार अहिले काठमाडौं भित्रिने भन्दा बाहिरिने यात्रुको संख्या दोब्बर छ । ‘हिजोको डाटाअनुसार ३२ हजार यात्रुले काठमाडौं छाडे भने १६ हजार भित्रिए,’ एसएसपी ढकालले भने, ‘विगत १० दिनदेखि काठमाडौंबाट बाहिरिनेहरुको संख्या हल्का बढ्दै गएको छ ।’

यद्यपि अघिल्ला वर्षको दशैंको तुलनामा यो संख्या अत्यन्त न्यून भएको एसएसपी ढकाल बताउँछन् । ‘दशैंको यही अवधिमा गत वर्ष एक लाख जना गाउँ फर्किएका थिए । दशैंमा १० देखि ११ लाख जनाले काठमाडौं उपत्यका छाड्थे । यसपालि त एक लाख पनि पुग्छ कि पुग्दैन जस्तो लागेको छ,’ एसएसपी ढकालले भने ।

 

झण्डै सात महिना लामो लकडाउनकै अवधिमा धेरैजसो व्यक्तिहरुले काठमाडौं छाडेकाले यस वर्ष दशैंमा घर फर्किनेहरुको संख्या न्यून भएको उनले बताए । यात्रुहरुको संख्या कम भएकाले यस वर्ष अग्रिम टिकट बुकिङ पनि खुलाइएको छैन ।

सरकारले यस वर्ष कोरोना संक्रमणको जोखिम भएकाले जो जहाँ छ, त्यहीँ बसेर दशैं मनाउन आग्रह गरेकाले पनि कतिपय गाउँ फर्किएका छैनन् । तर कतिपय भने यात्रा गरिरहेका छन् ।

 

बिहीबार बिहान कोटेश्वर, जडिबुटी, लोकन्थली क्षेत्रमा गाउँ फर्किनेहरु गह्रुँगा झोला र परिवारका सदस्यहरुसहित देखिए । संक्रमणबाट जोगिने प्रयासमा धेरैजसोले मास्क लगाएका थिए । सरकारले सार्वजनिक गाडीमा यात्रा गर्नेहरुलाई फेस सिल्ड पनि लगाउन आग्रह गरेको छ । तर त्यसको पालना भएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार