होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : सुदूरपश्चिम घर भएका दुई बालबालिकाको भारतमा मृत्यु भएको छ। बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो। उनीहरुको परिवार भारतको दिल्लीस्थित शालिमारबागमा बस्दै आएको थियो। अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले क्लिनिकको औषधि खाएपछि उनीहरुको मृत्यु भएको जानकारी दिए। औषधि […]
काठमाडौँ- मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम बाहेकका सबै ६ वटै […]
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट मकवानपुर जिल्लामा क्षति पुगेका कूल ४०९ सामुदायिक विद्यालयमध्ये हालसम्म कूल ३७५ वटा विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गतको मकवानपुरस्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) हेटौँडाका अनुसार गत आर्थिक वर्ष ०७७/७८ सम्म जिल्लाभित्र कूल ३७५ विद्यालयको कूल एक हजार […]
२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट […]
२० साउन, धनगढी । भारतीय पक्षले तुइन चुडाइदिंदा महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोलीले आजबाट काम थालेको छ । १५ साउनमा व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइदिएपछि […]
सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले बताए । विश्वका विभिन्न देशमा खोप उत्पादनका लागि अनुमति दिन गरिएको हुनाले त्यसको सिकेका गर्दै नेपालले पनि खोप उत्पादक कम्पनीलाई […]
सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो। भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिरहेको थियो ।
१९ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा थुनुवा मृत फेला परेको घटनामा एक प्रहरी जवानलाई निलम्बन गरिएको छ । यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रदेश प्रहरी कार्यालय तानिएको छ । लक्ष्मीनियाँ गाउँपालिका–२ का ४२ वर्षीय बिलटु रविदास गत शुक्रबार हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उक्त घटनामा जिल्ला प्रहरी […]
१९ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् । कार्यकारी […]
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भीडभाडजन्य क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर अझै बढ्ने बताएको छ । यस्ता गतिविधिले […]
पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा दर्ता भएका पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्था रहेकोमा सो व्यवस्थाविपरीत पत्रपत्रिकाका प्रत्येक प्रतिमा टिकट टाँस्नुपर्ने अनिवार्य गरेकोमा काउन्सिलले चासो देखाएको हो । […]
धनगढी : प्रहरी जवानको मौखिक परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा नक्कली परीक्षार्थी सामेल गराउने ५ जनालाई पक्राउ गरिएको हो। बझाङ्ग तलकोट गाँउपालिका वडा न. ०३ बस्ने २० […]
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्नुपर्ने माग गरेको छ । यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शुरुमै (एमाले) सांसदले घटनाबारे उठेर […]
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वैशाख १ देखि साउन १९ गतेसम्म प्राकृतिक विपद्बाट भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले उक्त अवधिमा विभिन्न घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको जनाएको छ । भने ६४ करोड, १३ लाख, २१ हजार र ९ सय ४२ रुपैयाँ अनुमानित क्षति भएको छ । यसैगरी, […]
१९ साउन, जनकपुरधाम । सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । हाम फालेपछि खोलाले बगाइरहेको समयमा रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद […]
दार्चुला: दार्चुलाको व्याँस गाउँपालिका–२ का ३३ वर्षीय धामी महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका थिए। भारतीय सीमा सुरक्षा बलले तुइन काटेरकै कारण महाकालीमा खसेको स्थानीय तथा प्रत्यक्षदर्शीले आरोप लगाएपछि घटनाबारे अनुसन्धान गर्न प्रत्यक्षदर्शी ३ जनालाई जिल्ला सदरमुकाम खलंगा ल्याइएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार शुक्रबार बिहान तुइन तर्ने […]
काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा एमाले माधव नेपाल पक्षका युवा संघले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्यादती बन्दर गर, जयसिंह महराको मृत्यु होइन, हत्या […]
काठमाडौं : नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका चार नेता बुधबार सर्वोच्च अदालत पुगे। (माओवादी केन्द्र) नै अवैधानिक भएको भन्दै निर्वाचन आयोगसम्म पुगेका उनीहरू सांसद पद दाबी गर्न अदालत पुगेका थिए। तर, माओवादी अवैधानिक भएको दाबी गर्दै गर्दै निर्वाचन आयाेग पुगेका चार नेताहरूले आफूहरू औपचारिक रूपमा एमाले प्रवेश नगरेको बताउँदै आइरहेका छन्। माओवादीबाट निर्वाचित […]
पूर्वयुवराज पारश शाह धेरैजसो पोखरामा बस्छन् । पोखराको लेकसाइडस्थित खहरेमा उनले घर भाडामा लिएका छन् । वैशाख १६ मा निषेधाज्ञा शुरु भएदेखि चाहिँ उनी काठमाडौंमै बसिरहेका छन् । काठमाडौंमा बस्दा उनी परिवारसँगै महाराजगञ्जस्थित निर्मल निवासमा बस्छन् । पछिल्लो समय पोखरा र काठमाडौंमा उनी चर्चामा आउने कारण बनेको छ– ‘मोटरसाइकल’ । पारस अधिकांश समय बा.१४ च […]
१८ साउन, गलेश्वर । खेतका फाँटमा धानका गाभा भरिन थालेका छन् । धान रोपिसकेर सिँचाइ गर्नका लागि खेतमा पुगेका किसान खेतका गह्रामा धानसँगै उम्रिएका झार उखेल्न र खेतका आली थुनेर पानीको प्रबन्ध मिलाउन व्यस्त छन् । हरिया भएका धानका बिरुवा डुबाउने गरी खेतका गह्रामा भरिएको पानीले फाँटको सौन्दर्य नै बेग्लै बनेको छ । धानखेतीका लागि […]