होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दार्चुला घटनाको महत्त्वपूर्ण प्रमाण फलामे तुइन तार ‘गायब’ !
समाचार

दार्चुला घटनाको महत्त्वपूर्ण प्रमाण फलामे तुइन तार ‘गायब’ !

  • नागरिक रैबार
दार्चुला घटनाको महत्त्वपूर्ण प्रमाण फलामे तुइन तार ‘गायब’ !

दार्चुला: दार्चुलाको व्याँस गाउँपालिका–२ का ३३ वर्षीय धामी महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका थिए। भारतीय सीमा सुरक्षा बलले तुइन काटेरकै कारण महाकालीमा खसेको स्थानीय तथा प्रत्यक्षदर्शीले आरोप लगाएपछि घटनाबारे अनुसन्धान गर्न प्रत्यक्षदर्शी ३ जनालाई जिल्ला सदरमुकाम खलंगा ल्याइएको छ।

 

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार शुक्रबार बिहान तुइन तर्ने क्रममा घटना हुँदा जयसिंहपछि पालो कुरेर बसेका २ जना र तुइन सञ्चालक कल्याणसिंह धामीलाई जिल्ला प्रशासन कार्यालयमा ल्याइएको हो।

विज्ञापन

 

यसअघि शसस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा एउटा टोली घटनास्थल खाङदाङ मालघाटमा पुगेर घटनाको यथार्थ पत्ता लगाउने कोसिस गरेको थियो। सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक वीरसिंह धामीको नेतृत्वको टोलीले तुइन सञ्चालकसँग घटनास्थलमा पुगेर सोधपुछ गरेको थियो। सो क्रममा उक्त घटना निम्त्याएको तुइन भने टोलीले फेला पार्न नसकेको उनले बताए।

 

तुइनमा प्रयोग गरिएको बिजुलीको फलामे तार फेला नपरेको भन्दै डीएसपी धामीले भने, ‘तुइन सञ्चालक(कल्याणसिंह धामी)ले नै तार तानेर फालेको रहेछ। स्थानीलयले एसएसबीले तार काटेको आरोप लगाएका छन्। तार भेटिएको भए काटेको हो कि होइन पत्ता लाग्थ्यो होला।’

 

कल्याणसिंहले वर्षौं पुरानो तार काम नलाग्ने भन्दै महाकालीमै बगाइदिएको भन्दै बयान दिएको उनले बताए। अब घटनास्थलमा रहेका ३ जना प्रत्यक्षदर्शीको बयानबाट नै घटनाको अनुसन्धान हुने उनले बताए।

तुइन तरेर पारि भारत पुगेका ४ जनाको बयान प्रहरीले लिइसेकेको छ। उनीहरूले एसएसबीका २ सुरक्षाकर्मी तुइन भएको स्थानमा पुगेको देखेको प्रहरीसमक्ष बताएका छन्। तर उनीहरुले तुइन काटेको अथवा खोलेको भने नदेखेको बयान दिएका छन्। ‘तुइन तर्दा पारी एसएसबी थिए भन्ने कुरा बताएका छन्’ डीएसपी धामीले भने, ‘आरा र ह्याक्सो ब्लेड भएको एसएसबी केही माथि नै थियो रे। खाली हात भएको एसएसबी पारि पट्टी रुख भएको स्थान नजिकै थियो रे।’ दिनेश खवरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार