होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२५ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणमा सरकार असफल भएको निश्कर्ष निकालेको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको मंगलबार बसेको बैठकले कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर संघर्ष गर्नेबारे छलफल भएको जानकारी दिए । बैठकले स्थानीय तहमा पार्टी […]
भारतको मध्य प्रदेशको गुना जिल्लामा एक मजदुरलाई कथित रुपमा पाँच हजार भारुको उधारो चुकाउन नसकेका कारण मट्टितेल खन्याएर जिउँदै जलाइएको छ । स्थानीय गैर सरकारी संगठनले यसलाई बँधुवा मजदुरीको घटना बताइरहेका छन् । यद्यपि, सरकारले यसलाई उधारोका कारण निम्तिएको घटना बताइरहेका छन् । ‘मजदुरी गरेको रकम माग्दा खन्याइयो मट्टितेल’ घटना शुक्रबार रातीको हो । बँधुवा […]
काठमाडौं । भक्तपुरबाट अर्थोडोन्टिस्ट डा.दिगम्बर झा बेपत्ता भएका छन् । डा. झा सुसाईड नोड लेखेर बेपत्ता भएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले बताईन् । उनी ठिमीस्थित द डेन्टल सिटीका निर्देशक हुन् । बिहान ५ बजेतिर बा.१६च. ८६७९ नम्बरको कारमा उनी घरबाट निस्केका थिए । डेन्टल क्लिनिकको माथिल्लो तलामा भाडामा बस्दै आएका डा. झा […]
२५ कात्तिक, विराटनगर । प्रदेश १ मा एकैदिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ५ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ जना र न्यूरो अस्पतालमा एकजनाको मृत्यु भएको हो । मोरङकै सुन्दरहरैंचा नगरपालिकाका एक संक्रमितको भने घरमै मृत्यु भएको हो । झापा गौरादह–५ का ६५ वर्षीय […]
चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक किशोेरीको मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
२५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन निर्वाचित भइसके पनि आफ्नो हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका छन् । केही दिनयता ट्रम्प र एस्परका फरक मत सार्वजनिक हुँदै आएका थिए । अब नेशनल काउन्टर टेररिजम सेन्टरका प्रमुख क्रिस्टोफर मिलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने […]
२५ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् । मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन समारोहमा मन्त्री […]
कोरोना भाइरसबाट सुरक्षा दिने प्रभावकारी खोप तयार भएको छ । कोरोनाविरुद्धको पहिलो प्रभावकारी खोप तयार भएको र सो खोप लगाएकामध्ये ९० प्रतिशत बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । सो खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले सो नतिजा प्राप्त भएपछि विज्ञान र मानवताका लागि एक महान दिन भएको बताएका छन् । तिनीहरूले […]
गत चैत्रदेखि बन्द भएका यहाँका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन् । त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो । लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प […]
सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने सरकारले निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयले गरेको प्रस्तावअनुरूप कोरोनाको परीक्षणसहित सम्पूर्ण उपचार सरकारले निःशुल्क गर्ने निर्णय मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको हो । यसैबीच मन्त्रिपरिषद्का सबै सदस्यको यो वर्षको चैत मसान्तसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णयसमेत भएको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले विपन्न, ज्येष्ठ नागरिकलगायत निश्चित वर्गको […]
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । मंगलबार बिहान ट्वीट गर्दै बाँस्कोटाले व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही गर्ने कुरा पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताएका छन् । ‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ […]
२५ कात्तिक, काठमाडौं । भारतीय सेनापति मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमण लगत्तै दुई देशबीचमा परराष्ट्र सचिव र त्यसलगत्तै परराष्ट्र मन्त्रीस्तरको बैठकको तयारी अगाडि बढाइएको छ । समाचार स्रोतका अनुसार भारतीय विदेश सचिव हर्ष बर्धन श्रृंगला नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने लगभग निश्चित भएको छ । यकिन मिति केही दिनमा नै सार्वजनिक हुने […]
२४ कात्तिक, पोखरा । ‘आम्मामा… कति मान्छे आको हो,’ रेवती आले दंग परिन् । मान्छे देख्नै मुश्किल पर्ने डाँडामा एक्कासी लागेको भीडले रेवती चकित थिइन् । ६५ वर्षीया उनले कात्तिक २२ गते शनिबार जति भीड यो डाँडामा कहिल्यै देखेकै थिइनन् । डाँडा हो, तनहुँको मानहुँकोट । ब्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने मानहुँकोटमा शनिबार […]
२४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पूर्व माओवादी खेमाका नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसपटक साथ दिन नसक्ने संकेत दिएका छन् । असार तेस्रो साता पार्टीभित्रैबाट अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दबाब खेपिरहेका बेला ओलीले पूर्वमाओवादी खेमा केही नेताको साथ पाएका थिए । स्थायी कमिटी बैठक […]
२४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता कायम राख्ने गरी सुझाव प्रस्तुत गर्न तीन महिनाअघि बनेको कार्यदल फेरि सक्रिय बनाउने प्रयास भए पनि सदस्यहरु जनार्दन शर्मा र पम्फा भुसाल आज बालुवाटार गएनन् । शर्मा र भुसाल नआएपछि बालुवाटार पुगेका कार्यदलका अन्य सदस्यहरू अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटी फर्किएका छन् । […]
२४ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले म्याद गुज्रेका दैनिक उपभोग्य वस्तु बिक्री गर्ने कम्पनी सञ्चालकलाई जरिवाना र कामदारलाई कैदको सजाय सुनाएको छ । स्नीकर्स चकलेट, हर्लिक्स, बर्नभिटा, केकको परिकारलगायतका दर्जनौँ म्याद गुज्रेका उपभोग्य वस्तुमा नयाँ लेबल लगाएर बिक्री गर्ने आयान डिस्टिब्युर्टसका म्यानेजर रोनक बोहरा र कामदार शंकर बयलकोटीलाई विभागका महानिर्देशक […]
२४ कात्तिक, काठमाडौं । गम्भीर अवस्थामा रहेका कोरोना भाइरसका संक्रमित बिरामीमध्ये सोमबारसम्म २९ जनाको हवाई उद्धार भएको छ । सिम्रिक एयरले अहिले औपचारिक रुपमा कोरोना संक्रमित बिरामीको हवाई उद्धार गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट संक्रमितको उद्धारका लागि सिम्रिकले अनुमित पाएको थियो । कम्पनीका अनुसार आइतबार पोखराबाट एक जनालाई हवाई उद्धार गरिएको छ । […]
२४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । उनीहरुमध्ये ११२६ जनाको मृत्यु भएको स्वास्थ्य तथा […]
सत्तारुढ दल नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले, गुटगत भेला नगर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका पाँच नेताहरुलाई निर्देशन दिनु भएपछि नेकपा विवाद नयाँ मोडतर्फ धकेलिएको छ । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा केही चरणका अनौपचारिक बैठक गरेर पार्टी बैठक बोलाउन दुई पृष्ठको लिखित माग पत्र बोकी बालुवाटार पुगेका दाहाल लगायतका नेताहरुलाई अध्यक्ष ओलीले गुटगत भेला […]
धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा ‘सी’ गाउँकी वसन्ती कुमारी ढाँट । उमेर जम्मै १९ वर्ष । खेल्ने, कुद्ने, रमाइलो गर्ने यौवनले भरिएको जोसिलो उमेर । सुनौलो जीवनको रुपरेखा कोर्ने उमेर । तर उनी हाल जीवनमरणको दोसाँधमा छिन् । कलिलो उमेरमै शरीरको एउटा मृगौला खराब भएपछि जीवनको सप्तरंगी आयामहरुको कल्पना गर्दै रातदिन आँश्रुधारा […]