होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोनाविरुद्धको खोप तयार, ९० प्रतिशत सुरक्षा दिने घोषणा
अन्तर्राष्ट्रिय

कोरोनाविरुद्धको खोप तयार, ९० प्रतिशत सुरक्षा दिने घोषणा

  • नागरिक रैबार
कोरोनाविरुद्धको खोप तयार, ९० प्रतिशत सुरक्षा दिने घोषणा

कोरोना भाइरसबाट सुरक्षा दिने प्रभावकारी खोप तयार भएको छ । कोरोनाविरुद्धको पहिलो प्रभावकारी खोप तयार भएको र सो खोप लगाएकामध्ये ९० प्रतिशत बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सो खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले सो नतिजा प्राप्त भएपछि विज्ञान र मानवताका लागि एक महान दिन भएको बताएका छन् ।

तिनीहरूले तयार पारेका खोप विभिन्न छ देशका ४३ हजार ५ सय मानिसमा परीक्षण गरिएको थियो । त्यसक्रममा सुरक्षा सम्बन्धी कुनै पनि चिन्ताहरू देखा परेका थिएनन् ।

विज्ञापन

ती कम्पनीहरूले यो महिनाको अन्त्यसम्ममा सो खोपको प्रयोगका लागि आवश्यक अनुमति आपतकालीन रूपमा प्राप्त गर्न आवेदन दिने योजना बनाएका छन् । अगाडि अझै पनि ठूला चुनौतीहरू बाँकी नै रहेपनि वैज्ञानिकहरूले स्वागत गरेका छन् ।

खोप र राम्रो उपचारको व्यवस्था नै आम मानिसहरूको जनजीवनमा उथलपुथल ल्याउने गरी कोरोना भाइरसको महामारीका कारण लागू विभिन्न प्रतिबन्धहरूबाट पार पाउने उत्तम उपाय भएको बताइएको छ ।

झण्डै एक दर्जनजति खोपहरू फेज ३ भनिने परीक्षणको अन्तिम चरणमा रहेका छन्। तर अहिले घोषणा गरिएको खोप प्रभावकारी लक्षण देखाउन सफल पहिलो हो।

यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रकृया अपनाएको छ । जुन प्रकृयामा मानव शरीरको रोग प्रतिरोधी क्षमतालाई कोरोना भाइरस विरूद्ध लड्न अभ्यस्त तुल्याउन सो भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरीरमा प्रवेश गराउने विधि स‌ंलग्न छ।

पहिलेका परीक्षणहरूले सो खोपले शरीरलाई कोरोन भाइरससँग लड्न भाइरस विरोधी एन्टिबडी निर्माण गर्न र टि–सेल भनिने शरीरको रोध प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखाएका थिए । तीन सातामा सो खोपको दुई मात्रा आवश्यक पर्दछ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएका परीक्षणहरूमा सो खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरूमध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस सङ्क्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो ।

औषधी निर्माण कम्पनी फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड खोप आपूर्ति गर्न सक्नेछ। सन् २०२१ को अन्त्य सम्ममा सो कम्पनीले १ अर्ब तीस करोड मात्रा आपूर्ति गर्न सक्ने सो कम्पनीले बताएको छ।

बेलायतले यो वर्षको अन्त्यसम्ममा सो खोपको एक करोड मात्रा प्राप्त गर्न सक्नेछ भने थप तीन करोड मात्राको लागि खरिद आदेश दिइसकिएको छ।

तर सो खोपलाई माइनस असी डिग्री सेल्सियसको अति चिसो तापक्रममा सुरक्षित राख्नु पर्ने भएकाले व्यवस्थापनमा भने ठूलो चुनौती हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि