होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । विवाहको मुख्य सिजनमै बजारमा काचो सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको र अहिले बजारमा काँचो सुनको मौज्दात सकिएको एसोसिएसन उच्च स्रोतले बतायो । ‘सुन आयात नभएको ११ दिन भयो, गत शुक्रबारसम्म १६ […]
नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । यो अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । यस अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु। ४९ मा उपलब्ध हुनेछ । यसै गरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी […]
सप्तरी । आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार र उम्मेदवार छनौटको तयारीमा राजनीतिक दल आन्तरिक तयारीमा छन्। ३० वैशाखमा देशभर स्थानीय तहको निर्वाचन हुँदै छ। आउँदो ११ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ। जस कारण राजनीतिक दलहरू उम्मेदवार चयनदेखि घोषणपत्र बनाउनेसम्मको काममा व्यस्त छन्। राजनीतिक दल र तिनका नेतालाई मात्र होइन आमनागरिकलाई पनि चुनावी […]
काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिन करिब केही दिन मात्रै बाँकी रहेका बेला सीईओ खुञ्जेलीले पदबाट राजीनामा दिएकी हुन् । उनको पहिलो कार्यकाल यही चैत मसान्तमा सकिंदै थियो । दोस्रो कार्यकालमा उनी दोहोरिन चाहेकी थिइन् । तर सञ्चालक समितिले दोहोर्याउन नचाहेपछि उनले राजीनामा दिएको स्रोतले […]
काठमाडौं, २४ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो । सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले […]
काठमाडौं, २४ चैत्र । नेपाल टेलिकमको प्रबन्ध निर्देशकको प्रतिष्पर्धामा तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिश भएको छ । खुल्ला प्रतिष्पर्धाबाट दरखास्त आव्हान गरिएकोमा ९ जनालाई अन्तवार्ता र प्रस्तुती गर्न दिएपछि तीनजनाको नाम छानेर मन्त्रिपरिषदमा सिफारिश भएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले नियुक्तिको निर्णय लिनेछ । सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको समितिले छानेका नामहरुमा संगीता […]
काठमाडौँ — विश्वभरका धनीहरुको सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । गएराति सार्वजनिक सूची अनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति सूचीमा नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् । दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, […]
काठमाडौँ — यस वर्षको वसन्तकालीन हिमाल आरोहणका लागि पर्यटन विभागले सोमबारसम्म नेपालीसहित ३ सय ४२ जनालाई आरोहण अनुमति दिएको छ ।पर्यटन विभागको पर्वतारोहण महाशाखा प्रमुख सूर्य प्रसाद उपाध्यायका अनुसार हिमाल सफाइ गर्ने चार वटासहित १३ वटा आरोहण दलमा ३ सय ४२ जनालाई हिमाल आरोहण गर्ने अनुमति दिइएको छ । यसमा महिला ८१ र पुरुष २ […]
काठमाडौं । पछिल्लो समय नेपालका बिस्कुट उद्योगहरु समस्यामा परेका छन् । तरलता अभाव, कच्चा पदार्थको मूल्य वृद्धि, कच्चा पदार्थ आयातमा नगद मार्जिनको व्यवस्था, चोरीका बिस्कुटहरुको बिगबिगी र लगानी योग्य रकम अभावले उद्योगहरु थलिएको नेपाल बिस्कुट उद्योग संघले जनाएको छ । आर्थिक वर्षको सुरुवाती ९ महिनासम्म राम्रै चलेको उत्पादन मुलुक उद्योगहरु पछिल्लो एक महिनादेखि एक पछि […]
दाङ । तुलसीपुर–घोराही मुख्य सडकखण्ड अन्तर्गत पर्ने पत्रेखोलामा पुल निर्माण सुरु भएको आठ वर्ष भइसक्दा पनि पूर्णता पाउन सकेको छैन । आर्थिक वर्ष ०७१-०७२ मा सम्झौता भएर निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न गर्ने गरी शंकरमाली निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । पुल नबन्दा घोराही–तुलसीपुर सडकखण्डमा दैनिक ओहोरदोहोर गर्ने सवारीसाधन र पैदलयात्रुले सास्ती व्यहोर्दै आएका छन् । […]
जनकपुर — जनकपुर–जयनगर रेल सेवा उद्घाटनको प्रतीक्षामा छ । फूलले सिंगारिएको रेल शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि गुड्नेछ । नेपाली रेलको भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा देउवा र मोदीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ । रेल नियमित चल्ने भएपछि जनकपुरको माहोल उत्सवमय छ । भारतको ठूलो […]
काठमाडौँ — वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु वा अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति प्रक्रिया अनलाइन प्रणालीमा ल्याएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत सुरु भएको घोषणा गरे । उनका अनुसार अब वैदेशिक रोजगारीमा […]
काठमाडौं । चालु वसन्त ऋतुमा हुने हिमाल आरोहणलाई अनुगमन तथा सहजीकरण गर्न समिति गठन भएको छ ।पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि राखेर समिति गठन भएको विभागले जनाएको छ । विभागका अनुसार सन् २०२२ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा हुने पर्वतारोहणसम्बन्धी विभिन्न गतिविधिलाई नियमित, मर्यादित र व्यवस्थित बनाउने काममा आवश्यक समन्वय तथा […]
काठमाडौँ — उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले ६५० एमजीको सिटामोल उत्पादनको निर्णय रोक्न राष्ट्रिय सर्तकता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दर्ता गराएका छन् । प्रचलित ५०० मिलिग्राम (एमजी) सिटामोलको सट्टा ६५० एमजीको उत्पादन गर्न दिने निर्णय तत्काल रोक्न दुवै संस्थाले निवेदन दर्ता गराएका हुन् । ‘औषधि क्षेत्र नियमन गर्ने औषधि […]
देशका विभिन्न स्थानहरुमा सेयर बजार सम्बन्धि तालिम संचालन हुने भएको छ । अर्थ सरोकारको आयोजना र अन्य विभिन्न संघ,संस्थाहरुको सहकार्यमा देशभरका विभिन्न १३ स्थानहरुमा सेयर बजारसम्बन्धी तालिम आयोजना हुन लागेको हो । तालिम धेरैजसो ठाउँमा नि: शुल्क आयोजना गरिएको छ भने कतिपय ठाउँमा भने निश्चित शुल्क लिएर संचालन हुन लागेको सेयर सचेतना अभियानका आयोजक अर्थ […]
काठमाडौँ — सेवाग्राहीहरूले समयमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सजिलै पाउन नसकेको धेरै भयो । महिना, वर्ष मात्र होइन, वर्षौं बितिसक्यो । ट्रायल दिएर पास भई राजस्व बुझाएको चिट थोत्रिइसक्दा पनि सेवाग्राहीले लाइसेन्स हात पार्न नसकेका उदाहरण जहाँतहीँ छन् । तर यति हुँदाहुँदै पनि यातायात व्यवस्था विभागले समय समयमा सेवाग्राहीलाई छिट्टै लाइसेन्स दिन्छौं भनेर घोषणा गर्न छाड्दैन । विभिन्न मिति […]
काठमाडौं । सरकारले सिटमोलको वजन बढाएर मूल्यवृद्धि गरेको छ । बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले झण्डै ५० वर्षदेखि ५०० एमजीमा उत्पादन हुँदै आएको सिटामोललाई ६५० एमजीमा उत्पादनका लागि औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो । औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए । तर, सरकारले ५०० […]
नागरिक रैबार/बाजुरा १० चैत्र। मार्तडी बजारका व्यापारीहरुले उपभोक्ताबाट खाद्य बस्तुको मुल्यमा मनोमानि तरिकाले रकम लिन थालेको गुनासो बढेपछि बजार अनुगमन गरिएको छ । विहिबार बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको नेतृत्वमा मार्तडी बजारमा रहेका पसलहरुको अनुगमन गरिएको हो । बजारमा व्यापारीहरुले खाने तेल लगायतका खाद्य बस्तुमा मनोमानि तरीकाले रकम लिन थालेको भनेर नगरपालिकाको गुनासो आएपछि बजार […]
काठमाडौँ — नेपालले इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)बाट बिजुली किन्नका लागि प्रतियुनिट ३८ रुपैयाँमा प्रस्ताव हालेको छ । आईईएक्सबाट बिजुली किन्नका लागि प्रतियुनिट भारु २० रुपैयाँमा प्रस्ताव हालेको र ह्विलिङ चार्ज तथा कमिसन समेत गरेर उक्त बिजुली ३८ रुपैयाँमा नेपालले पाउने प्राधिकरणले जनाएको छ । विद्युतको माग र आपूर्तिको अवस्थाबारे जानकारी गराउन भन्दै प्राधिकरणले बिहीबार आयोजना […]
नागरिक रैबार/बाजुरा ३ फागुन। कालिकोट जिल्लाबाट बाजुरामा व्यवसाय गर्नका लागि ल्याइएका रेन्बो ट्राउट जातका माछा बाटोमै मरेका छन् । बडीमालिका नगरपालिका वडा नं. ६ का विमल साउँदले माछा पालन व्यवसाय गर्नका लागि कालिकोट बाट २ लाख ५० हजार बढी रकम तिरेर खरिद गरी बाजुरा ल्याइएको माछा बाटोमै मरेको बताएका छन् । १ वर्ष अघि बडीमालिका […]