होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • टेलिकमको एमडी बन्न दशौं करोडको चलखेल
समाचार

टेलिकमको एमडी बन्न दशौं करोडको चलखेल

  • नागरिक रैबार
टेलिकमको एमडी बन्न दशौं करोडको चलखेल

काठमाडौं, २४ चैत्र । नेपाल टेलिकमको प्रबन्ध निर्देशकको प्रतिष्पर्धामा तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिश भएको छ । खुल्ला प्रतिष्पर्धाबाट दरखास्त आव्हान गरिएकोमा ९ जनालाई अन्तवार्ता र प्रस्तुती गर्न दिएपछि तीनजनाको नाम छानेर मन्त्रिपरिषदमा सिफारिश भएको छ ।

आज बस्ने मन्त्रिपरिषदको बैठकले नियुक्तिको निर्णय लिनेछ । सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको समितिले छानेका नामहरुमा संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुशील पौडेलको नाम सिफारिश भएको छ ।

अर्याल र थापा नेपाल टेलिकमकै कर्मचारी हुन् । पौडेल भने सूचना प्रविधि केन्द्रमा छन् । अर्याल टेलिकमको प्रमुख व्यवसायिक अधिकृत हुन् । दूरसञ्चार इञ्जिनियरिङ्ग उनको प्रतिष्पर्धी सुरज सिंह थापा टेलिकमकै कर्मचारी भएपनि प्राविधिक होइनन् । उनी मानव संशोधन फाँटका प्रमुख हुन् । टेलिकममा प्राविधिकलाई नै ल्याउनुपर्छ भन्ने दबाबका कारण बालुवाटार अर्यालका बारे सकारात्मक बनेको बुझिएको छ । तर, मोटो रकमको चलखेलले पासा पल्टन सक्ने सम्भावना बढेर गएको छ ।

विज्ञापन

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग नजिक रहेका सुशिल पौडेल टेलिकमको एमडी बन्न करोडौं खर्च गर्न तयार भएर बढेका छन् । जसरी हुन्छ सञ्चार क्षेत्रको एउटा गिरोह आफ्नो हातमा रहिआएको पकड नगुमोस् भन्नेमा रहेको छ । विगतमा सुशील पौडेल, विकल पौडेल र डिल्ली आचार्यको टोलीलाई एउटा गिरोहले स्थापित गरेको थियो । त्यही गिरोह नै यी तीनलाई शक्तिमा राखेर आफ्नो आर्थिक अभिष्ट पूरा गर्न चाहन्छ ।

डिल्ली आचार्य टेलिकमको कर्मचारीमा फर्किएकाले सुशील पौडेललाई एमडी बनाएर आचार्यमार्फत् काम गराउने योजना समेत बुनिएको छ ।
यसैगरी, सुरज सिंह थापालाई ल्याउने प्रयास अन्तिम समयसम्म चलिरहेको छ । उनलाई पूर्वमन्त्री सुनिल बहादुर थापाले साथ दिइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार