होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मैदा, चिनी र घिउ महँगिंदा बिस्कुट उद्योग समस्यामा
समाचार

मैदा, चिनी र घिउ महँगिंदा बिस्कुट उद्योग समस्यामा

  • नागरिक रैबार
मैदा, चिनी र घिउ महँगिंदा बिस्कुट उद्योग समस्यामा

काठमाडौं । पछिल्लो समय नेपालका बिस्कुट उद्योगहरु समस्यामा परेका छन् । तरलता अभाव, कच्चा पदार्थको मूल्य वृद्धि, कच्चा पदार्थ आयातमा नगद मार्जिनको व्यवस्था, चोरीका बिस्कुटहरुको बिगबिगी र लगानी योग्य रकम अभावले उद्योगहरु थलिएको नेपाल बिस्कुट उद्योग संघले जनाएको छ ।

आर्थिक वर्षको सुरुवाती ९ महिनासम्म राम्रै चलेको उत्पादन मुलुक उद्योगहरु पछिल्लो एक महिनादेखि एक पछि अर्को संकटमा पर्दै गएको संघका महासचिव बिक्रम कर्माचार्यले बताए । अहिलेकै अवस्था गहिरिए बिस्कुट उद्योगहरु चल्नै नसक्ने उनको भनाइ छ ।

‘पछिल्लो १० वर्षमा झण्डै ३५ वटा बिस्कुट उद्योग खुले पनि मुस्किलले १५ वटा उद्योगहरु मात्रै सञ्चालनमा छन्,’ कर्माचार्यले अनलाइनखबरसँग भने, ‘अर्थतन्त्रको पछिल्लो चूनौतीका कारण उद्योगहरु माथि ठूलो समस्या थपिएको छ ।’

विज्ञापन

संघका अनुसार देशभर तीन अर्ब लगानीका १५ स्वदेशी बिस्कुट उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगहरुमा करिब १३ हजार मानिसले प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

कच्चा पदार्थको मूल्य दोब्बर

सुनसरीको दुबहीमा रहेको पशुपति बिस्कुट उद्योगका अनुसार पहिले १५० रुपैयाँ किलोमा पाइने बिस्कुटको कच्चा पदार्थको मूल्य अहिले तीन सय रुपैयाँसम्म पुगेको छ । बिस्कुटका लागि चाहिने घिउ, भेजिटेबल प्याड, पाम तेल, चिनी र बेकरी आइटमको मूल्य एक सय प्रतिशतसम्म बढेको उद्योगका फाइन्यासन्स म्यानेजर रिसभ चौधरीले बताए ।

‘चिनीको मूल्य एक सय रुपैयाँ नाघ्यो, पाम तेलको मूल्य पनि दोब्बर भएको छ,’ चौधरीले भने, ‘बिस्कुटका लागि चाहिने बेकरीको मूल्य त छोइसक्नु छैन ।’

पाँचदेखि १० प्रतिशतसम्म मूल्य वृद्धिलाई उद्योगले धान्न सक्ने भए पनि यस पटकको मूल्य वृद्धि त्यो भन्दा निकै माथि रहेको चौधरीले बताए । भारतबाट उद्योगीले ६२ रुपैयाँमा खरिद गर्न सक्ने चिनीको मूल्य प्रतिकिलो एक सय पुगेको संघको भनाइ छ ।

यस्तै ४० रुपैयाँ प्लस भ्याटमा खरिद गर्न सकिने फर्निस आयलको मूल्य ८० प्लस भ्याट भएको छ भने १५० रुपैयाँ लिटरको पाम आयलको मूल्य ३०० सय रुपैयाँ पुगेको संघको भनाइ छ । बिजुली कटौती र मैदाको मूल्य भन्दा पनि आयातित कच्चा पदार्थको महँगीले उद्योगहरु समस्यामा परेको महासचिव कर्माचार्यले बताए ।

मार्जिन र तरलता संकटले साँघुरिंदै व्यापार

कच्चा पदार्थको बढ्दो मूल्यका कारण उत्पादन कटौतीसम्मको अवस्थामा उद्योगहरुलाई पु¥याएको संघले जनाएको छ । लगानी योग्य रकम अभावमा डिलरहरुबाट पहिलेको तुलनामा उत्पादनको बिक्रीमा लगानी कम हुन थालेको पशुपति बिस्कुट प्रालिले जनाएको छ ।

डिलरले उत्पादन खरिद गर्न नसक्ने भए पछि त्यसको असर उत्पादनसम्मै पर्ने देखिएको कम्पनीका फाइन्यासन्स म्यानेजर चौधरी बताउँछन् । ‘नगद मार्जिनका कारण कच्चा पदार्थको आयात ५० प्रतिसम्म खुम्चीएको छ, थप लगानीका लागि उद्योगलाई लगानीयोग्य रकम दिन बैंकहरुले सकिरहेका छैनन्’ चौधरीले भने ।

बजारमा नेपाली उत्पादन घट्ने र चोरीका कारण भारतीय सस्तो बिस्कुट भित्रिने समस्याका कारण पनि नेपाली उद्योगहरु प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको कर्माचार्यको भनाइ छ । उद्योग बन्द गर्ने अवस्था आउन नदिन सरकारले तत्काल वा बजेटमार्फत सम्बोधन गर्नुपर्ने पनि उनले सुझाए ।

मूल्य वृद्धि वा प्रडक्ट रि–इन्जिनियरिङमा छलफल

कच्चा पदार्थको मूल्य बढेपछि बिस्कुटको उपभोक्ता मूल्य बढाउनेबारे संघले केही समय अघि उद्योगहरुसँग छलफल पनि गरेको थियो । कुन वस्तुमा कति मूल्य बढाउने भन्नेबारेमा केन्द्रित छलफलले अधिकतम् खुद्रा बिक्री मूल्य नै परिवर्नत गरेर मूल्य बढाउन सक्ने अवस्था नरहेको निश्कर्ष निकालिएको महासचिव कर्माचार्य बताउँछन् । ‘मूल्य बढाउनु एउटा उपाय थियो तर बढाउने कति ?’ उनले प्रश्न गरे, ‘कच्चा पदार्थको मूल्य अनुसार मूल्य बढाए उपभोक्ता मूल्य दोब्बर पुग्छ, मूल्य दोब्बर पुगे बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा नै गर्न सक्दैन ।’

भारतीय बिस्कुटको चपेटामा उत्पादन नपरोस् भनेर बरु प्रडक्ट रि–इन्जिनियरिङमा उद्योगहरुले काम गर्ने कर्माचार्यको भनाइ छ । यो भनेको एउटै मूल्यमा प्रडक्टको तोल कम गर्ने हो । यस अघि ५० ग्रामको बिस्कुट उत्पादन गर्ने उद्योगले सोही मूल्यमा ४० ग्रामको प्रडक्ट बजारमा पठाउन सक्ने उनले बताए । यसका लागि पनि सरकारी अनुमति भने अनिवर्य रहेको उद्योगीहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार