होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बजार भाउभन्दा बढी मूल्य पर्न थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा खाद्यान्न अभाव हुने जिल्लामा आपूर्ति गरिने चामल बिक्री गर्न समस्या हुनेगरेको छ । खाद्यान्न अभाव हुने सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा, बझाङ र अछामलगायत जिल्लामा आपूर्ति गर्ने गरिएको चामलको मूल्य बजार भाउभन्दा बढी हुने गरेपछि बिक्री हुन नसकी खपत हुन नसकेको हो । कम्पनीको […]
चाडबाडका बेला खाद्यान्नलगायतका अत्यावश्यकीय वस्तुको कालोबजारी हुनु या अचाक्ली मूल्य बढ्नु नेपाली बजारको नकारात्मक विशेषता नै हो । झारा टार्नै सही, सरकारले पर्वलक्षित अनुगमन नगर्ने पनि होइन । यसपालि पनि केही सरकारी टोलीहरू बजार अनुगमनमा निस्किएका थिए, तैपनि महँगी अकासिन रोकिएन । यसबाट के बुझिन्छ भने, बर्सेनि अनियन्त्रित मूल्य वृद्धि हुनुमा कि नेपाली बजारमा केही प्रणालीगत […]
काठमाडौं । कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको व्यवसायीहरुले बताएका छन् । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । ‘मासुको मूल्य तीन वर्ष यताकै सस्तो छ, दुई सय भन्दा कममा बेच्दा पनि बजारमा […]
काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक ‘होम डेलिभरी’ शुरु गरेको थियो । बन्दाबन्दीको समयभन्दा अहिले त्यसको माग कम भएको लिमिटेडका नायब महाप्रवन्धक श्रीमणिराज खनालले बताए । त्यतिबेला दैनिक झण्डै […]
सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनी उत्साहित बनेका छन् । खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा […]
बजार अनुगमन हुन थालेपछि प्याजको मूल्य घटेको छ । बुधबार प्रतिकेजी औसतमा ४४ रूपैयाँले बढेको प्याजको मूल्य बिहीबार औसतमा ९ रूपैयाँले घटेको हो । बुधबार कालिमाटी थोक बजारमा प्रतिकेजी औसतमा ११९ रूपैयाँमा कारोबार भएको प्याज बिहीबार ११० रूपैयाँमा झरेको छ । मंगलबारकाे तुलनामा बुधबार प्याजकाे थाेक मूल्य प्रतिकेजी ५८.६७ प्रतिशतले बढेको थियाे । मंगलबार प्याजको […]
नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ।ग्यास बिक्रेताले फरकरफरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ। संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य रु २ हजार […]
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन्। उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए। व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन्। व्यापारीले भने ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेका थिए। उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्ममा पाइन्थ्यो। साधारण वेषभूषा र मास्क […]
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार बिहानै लगनखेलस्थित कृषि तथा तरकारी बजार पुगे । उनी प्याजमा तोकिएभन्दा चर्को मूल्य लिएको थाहा पाएपछि त्यहाँ पुगेका थिए । मन्त्रीले प्याज किन्न खोजे तर व्यापारीले सजिलै चिने । उद्योगमन्त्री भट्टसँग व्यापारीले भने, “हामीलाई के भन्नुहुन्छ । हामीले प्याज ल्याउने बल्खु र कालीमाटी बजारबाट हो । […]
नागरिक रैबार/बाजुरा २७ भदौ । बाजुराको जुकोट र पाण्डुसैनमा फलेको अर्गानिक स्याउ पहिलोपटक धनगढी र काठमाण्डौका बजारमा हवाईजहाज मार्फत ढुवानी गरिएको छ । विहिबार पहिलो पटक धनगढीबाट बाजुराको कोल्टी एयरपोर्टमा अवतरण गरेको समिट एयरलाईन्सको हवाईजहाज मार्फत पहिलोपटक काठमाण्डौंका लागि १० टन र धनगढी बजारका लागि ६ टन स्याउ ढुवानी गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको […]
नागरिक रैबार/बाजुरा २५ भदौ। बडीमालिका नगरपालिकाको ८ नंम्बर वडा भित्रका विभिन्न होटल तथा पसलबाट म्याद नाघेका अवैध मदिरा प्रहरीले नष्ट गरेको छ । विहिबार जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले बडीमालिका नगरपालिका ८ स्थित राप्क बजार बाट ५ पेटी वियर, पाँच लिटर घरेलु मदिरा बरामद गरेको थियो । बरामद गरेको मदिरा जिल्ला प्रहरी कार्यालय […]
मनाङ – मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ ।मनाङ एग्रो प्रालिका पोल्देन छोपाङ गुरुङले मनाङमा उत्पादन गरेको स्याउ अहिले विश्व बजारमा पुगेको छ । ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै उनले गाउँपालिकासँग थप जग्गा भाडामा लिएका छन् । सात्ताइस वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा […]
नागरिक रैबार/बाजुरा ११ भदौ। बाजुरा जिल्लाका कृषकहरुको बारीमा फलेका स्याउ अव बारी बाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस वर्षपनि कृषकहरुको बारीबाटै स्याउ ढुवानी गरेर स्वाउको बजारीकरण गरिने भएको हो । कृषि ज्ञान केन्द्र बाजुराले कृषकको बारीबाटै स्याउ ढुवानीका लागी नगद अनुदान उपलव्ध गराउने भएकोले स्याउ ढुवानी […]
जाजरकोट । छिमेकी मुलुक चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सिमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । तीन हजार क्विन्टल चामलको कोटा तोकिए पनि चामल ढुवानी हुन नसक्दा शहरतारा र तेन्जे बिक्री केन्द्रमा अहिलेसम्म एक गेडा चामल नपुगेको खाद्य […]
नागरिक रैबार/बाजुरा २६ जेठ। दलित अधिकारकर्मी गोरख बहादुर सार्कीको पहलमा जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली, स्वामीकार्तिक र जगनाथ गाउँपालिकाका २ सय १५ जना मुक्त हलिया परिवारलाई खाद्यन्न वितरण गरिने भएको छ । दलित अधिकारकर्मी सार्कीको पहलमा प्रमोद नेपालको ५० हजार र टिकाराम बरालको १ लाख ८० हजार सहयोगमा उक्त ठाउँका मुक्त हलिया परिवारका लागि खाद्यन्न […]
रामबहादुर विक/बाजुरा २५ जेठ। बाजुरा जिल्लाका स्थानीय बजारहरुमा लकडाँउनको मौका छोपि मुल्य बृद्धि हुन थालेको छ । लकडाउको अवधीमा जिल्ला बाहिरबाट आयात नरोकिएपनि ब्यापारिहरुले कृतिम अभाव सृजनागरी मुल्य बृद्धि गर्न थालेका हुन् । संकटको समयमा ब्यापारीहरुले दैनिक उपभोगग्य साधान खद्य सामग्रीहरुमा मुल्यबृद्धि आट नगरेपनि अन्या सामग्रीहरुमा उपभोत्ताको ढाड सेक्नेगरी मुल्यबृद्धि र कालो बजारी गरिरहेका छन् […]
सुर्खेत– कोरोना भाइरस (कोभिड–१९) को त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थान (खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड) ले सहुलियत पसल सञ्चालन गरेको छ । संस्थानको सुर्खेत वीरेन्द्रनगरस्थित गोदामबाट चामल, सिमीको दाल र फापर बिक्री शुरु गरेको हो । संस्थानका सुर्खेत कार्यालय प्रमुख भीम थापाले खाद्य व्यवस्था तथा व्यापार […]
नागरिक रैबार/बाजुरा ८ चैत्र। बाजुरा उद्योग बाणिज्य संघले बाजुराका बजारमा कालोबजारी र कृतिम अभाव सृृजना हुन नदिने निर्णय गरेको छ ।शनिबार उद्योग बाणिज्य संघ बाजुराले आफ्नो आपत्कालिन बैठक बोलाएर कोविड (१९–कोरोना भाइरस) बारे व्यापारीहरुलाई सचेतना दिन र विपद्को घडीमा बजारमा कालोबजारी र कृतिम अभाव हुन नदिने निर्णय गरेको हो । विपद्का बेला बजारमा कालोवजारी र […]
नागरिक रैबार/बाजुरा २२ माघ। समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा बुढीगंगा नगरपालिकाको फालासेनमा माघ २५ गतेदेखि फागुन २ गते सम्म संचालन हुन लागेको बाजुरा साँस्कृतिक महोत्सवमा मनोरन्जन दिनका लागि आउने कलाकारहरुको सूचि तयार पारेको छ । बाजुराबासीलाई ७ दिनसम्म भरपुर मनोरन्जन दिनका लागि महोत्सवमा सहभागि हुने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सुचि तयार महोत्सवको मुल आयोजक समितिका […]
सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ ।काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू. २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो रू. २५० रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर रू. ५५० पुगेको छ । पछिल्लो समय चीनबाट लसुनको आयात घटेको […]