होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन् ।अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्रीले आफ्नो कार्यकालभित्रै सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका हुन् । ‘तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार पुर्याइएको छ,’ प्रम […]
दाङ । कोरोना महामारीमा जुवातास खेल्ने जुवाडेहरु सक्रिय भएका छन् । चाडपर्व नजिकिएसँगै कोरोनाको बीचमा पनि जुवातास मौलाउँदै गएपछि प्रहरीले जुवाडेहरु धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीले दाङको तुलसीपुरका विभिन्न क्षेत्रबाट मात्रै चार महिनाको अवधिमा ३२ जना जुवाडेलाई पक्राउ गरेको छ । कानुनले प्रतिबन्ध गरेको जुवातास खेल्ने विभिन्न ठाउँबाट विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरेको […]
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यूनतम तलब बढेको हो । निगमले विदेशी पाइलटलाई धेरै तलब सुविधा दिएको भनी विभिन्न सञ्चारमाध्यममा तथ्यहीन र आधारहीन समाचार आएकोप्रति गम्भीर ध्यानाकर्षण […]
जीवन कैला/कोल्टी १५ असोज। हुम्लाको ताँजाकोट गाउँपालिका वडा नं पाचँको ईलाका स्वास्थ्य कार्यालयको भवन निमार्णमा संलग्न कामदारले रकम नपाएको बताएका छन । २ करोड ८० लाखमा भवन निमार्ण सम्पन्न भई हाल कार्यालय सञ्चालनमा आए पनि अहिले रकम नपाएको कामदारले गुनासो गरेका हुन । सिमकोट गाँउपालिका सेभ्न्याका स्थानिय तथा भवन निमार्णको जिम्मा लिएका ठेकेदार गणेश महतले […]
राजेन्द्र विक/बाजुरा १४ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ को वडा कार्यालयले दलित तथा पिछडिएको वर्ग भनेर सिफारिस गर्ने शुल्कमा पाँचसय रकम लिने गरेको खुलासा भएको छ । सोही वडाका कमल मिजारको दलित तथा पिछडिएको क्षेत्रको स्थायी बासी भएको भनि वडा कार्यालयले प्रमाणित गरेको सिफारिसमा पाँच सय रकम लिएको खुलासा भएको हो । मिजारले […]
काठमाडौं, १२ असोज । पछिल्लो समय डोजरले सडक खनेका पहाडी क्षेत्रहरूमा पहिरोको प्रकोप बढी देखिएको पूर्वाधारविद्हरुले बताएका छन् । प्राकृतिक रुपमा हुने घटनालाई अहिले मानविय क्रियाकलापले थप सघाउ पु¥याएको विज्ञहरूले बताएका हुन् । जसका कारण नेपालमा वर्षेनी बाढी पहिरो जस्ता प्रकोपका घटना हुने गरेको उनीहरूको दावी छ । अवैज्ञानिक विकास नीतिका कारण हरेक वर्ष बाढी पहिरो […]
काठमाडौँ – चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा किनबेच भइरहेको लौका कीर्तिपुरको खुद्रा पसलमा प्रतिकेजी ११० रुपियाँमा, ६८ देखि ९५ रुपियाँको गोलभेँडा १४० देखि १८० रुपियाँसम्म बिक्री भइरहेको छ । भारतले […]
बजार अनुगमन हुन थालेपछि प्याजको मूल्य घटेको छ । बुधबार प्रतिकेजी औसतमा ४४ रूपैयाँले बढेको प्याजको मूल्य बिहीबार औसतमा ९ रूपैयाँले घटेको हो । बुधबार कालिमाटी थोक बजारमा प्रतिकेजी औसतमा ११९ रूपैयाँमा कारोबार भएको प्याज बिहीबार ११० रूपैयाँमा झरेको छ । मंगलबारकाे तुलनामा बुधबार प्याजकाे थाेक मूल्य प्रतिकेजी ५८.६७ प्रतिशतले बढेको थियाे । मंगलबार प्याजको […]
नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ।ग्यास बिक्रेताले फरकरफरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ। संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य रु २ हजार […]
काठमाडौं । नेपाल टेलिकमले असोज ३ गतेको संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा विभन्नि अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार अनलिमिटेड युट्युब अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध उपलब्ध गराउने भएको हो । यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको […]
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार बिहानै लगनखेलस्थित कृषि तथा तरकारी बजार पुगे । उनी प्याजमा तोकिएभन्दा चर्को मूल्य लिएको थाहा पाएपछि त्यहाँ पुगेका थिए । मन्त्रीले प्याज किन्न खोजे तर व्यापारीले सजिलै चिने । उद्योगमन्त्री भट्टसँग व्यापारीले भने, “हामीलाई के भन्नुहुन्छ । हामीले प्याज ल्याउने बल्खु र कालीमाटी बजारबाट हो । […]
३१ भदौ, काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन भएको छ । बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । विभिन्न प्ले-कार्ड समेत बोकेकाहरुले सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै चर्को नाराबजी पनि गरेका […]
काठमाडौं । सरकारले रु १ र रु २ का सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । यस्तै एसियाली विकास बैंकले नेपालको विद्युत प्रणाली सुधारका लागि १८ अर्ब सहुलियत दरको ऋणका लागि वार्ता टोली गठन गरेको छ । यस्तै भोली हुने सार्कस्तरीय अर्थमन्त्रीको […]
३० भदौ, डोटी । स्थानीय तहहरुले असार १० गतेभित्र स्थानीय सभामा नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रम पेश गरिसक्नु पर्ने कानुनी व्यवस्था भएपनि सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहहरुले अहिलेसम्म पनि बजेट तथा कार्यक्रम ल्याएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ (१) र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ […]
प्रकाश विक/बाजुरा २६ भदौ। बडीमालिका नगरपालिकाको ४ र ६ स्थित बुढीगंगा नदिमा पर्ने जडाङ्गाको काठेपुल निर्माणमा बाजुरा उद्योग बाण्ज्यि संघले ५० हजार सहयोग गरेको छ । उद्योग बाणिज्य संघ बाजुराले शुक्रबार बुढीगंगा नदिको जडाङ्गामा स्थानीयहरुले निर्माण गरेको काठेपुलको अनुगमनसंगै काठेपुल निर्माणमा खटिएका स्थानीयहरुलाई नगद ५० हजार समेत सहयोग गरेको हो । काठेपुल निर्माण गर्ने स्थानीयहरुलाइ […]
हेटौंडा २३ भदौ । मकवानपुरको मनहरी गाउँपालिका– १ का वडाध्यक्ष शिवप्रसाद खनालकी आमाले तीनवटा वडाबाट अलग अलग सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको पाइएको छ । ७२ बर्षकी बेदमाया खनालले वडा नम्बर १, ३ र ७ बाट अलग अलग ज्येष्ठ नागरिक र एकल महिला भत्ता लिँदै आएको खुलेको हो । वडा नम्बर ३ बाट एकल महिला […]
२३, भदौ, काठमाडौं । मदिरा, वियर वा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगले पैठारीकर्ता तथा बिक्रेतालाई उपहार दिन नपाउने भएका छन् । अन्तःशुल्क ऐन २०५८ मा गरिएको संशोधनपछि यस्तो व्यवस्था लागू कार्यन्वयनमा आएको आन्तरिक राजस्व विभागले जनाएको छ । नयाँ व्यवस्था अनुसार उत्पादकले आफ्ना पैठारीकर्ता र बिक्रेताका लागि छुट दिएर कम मूल्यमा त्यस्ता पदार्थ पनि विक्री […]
२३ भदौ, काठमाडौं । चारमहिने लकडाउनका बेला सरकारले जनताबाट कर उठाउन पाएन । लकडाउनकै वीचमा कर उठाउन खोज्दा सर्वोच्च अदालतमा मुद्दा पर्यो । र, अदालतले लकडाउन खुलेको एक महिनापछि मात्रै कर लिन पाउने आदेश दियो । सरकारले साउन ७ गते लकडाउन अन्त्य भएको घोषणा गर्यो । लकडाउनको अवधिमा पनि सरकारले सूचना निकालेर फाट्टफुट्ट कर उठाइरहेकै […]
काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम र नियन्त्रणमा खर्च गर्न मिल्ने गरी नियमावली संशोधन गर्न लागिएको छ । तर, यो नियमावली अहिलेसम्म मन्त्रिपरिषदमा अड्किएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमावली संशोधन प्रस्ताव गरेको हो । हालको नियमावली प्राथमिकीकरणको चौथो नम्बरमा […]
बाजुरा। बाजुरा जिल्लाको बडिमालिका खवरको पहलमा बुढिनन्दा नगरपालिकाका बिभिन्न ८ परिवारलाई राहत साम्रगी बितरण गरिएको छ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न २ र १ बिपन्न तथा असक्त गरि ८ परिवारलाई राहत साम्रगी बितरण गरेको हो । बिभिन्न सहयागीहरुको सहयोग तथा बडिमालिका खवरको समन्वयमा अति बिपन्न तथा असाय परिवारलाई राहत साम्रगी बितरण गरिएको बडिमालिका […]