होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हुम्लाको ईलाका स्वास्थ्य कार्यालयका कामदारले ज्याला पाएनन्
समाचार

हुम्लाको ईलाका स्वास्थ्य कार्यालयका कामदारले ज्याला पाएनन्

  • नागरिक रैबार
हुम्लाको ईलाका स्वास्थ्य कार्यालयका कामदारले ज्याला पाएनन्
साँकेतिक तस्वीर

जीवन कैला/कोल्टी १५ असोज। हुम्लाको ताँजाकोट गाउँपालिका वडा नं पाचँको ईलाका स्वास्थ्य कार्यालयको भवन निमार्णमा संलग्न कामदारले रकम नपाएको बताएका छन । २ करोड ८० लाखमा भवन निमार्ण सम्पन्न भई हाल कार्यालय सञ्चालनमा आए पनि अहिले रकम नपाएको कामदारले गुनासो गरेका हुन ।

सिमकोट गाँउपालिका सेभ्न्याका स्थानिय तथा भवन निमार्णको जिम्मा लिएका ठेकेदार गणेश महतले कामदारको २२ लाख ६० हजार रकम भुक्तानि नगरेको खुल्न आएको स्थानिय कामदार वैज्ञानिक शर्माले जानकारी दिनुभएको छ । भवन निमार्णमा खटिएका कामदार मध्य दुई सय वढि कामदारले सो रकम नपाएका हुन । कामदारले काम गरे वाफतको रकम नपाएको र भवन निमार्णको सार्वजनिक सुनुवाई नगरी कार्यालय सञ्चालनमा आएको शर्माले बताउनुभएको छ ।

२०७४ सालमा भवन निमार्णको जिम्मा पाएका ठेकेदार महतले काम सम्पन्न गरी गत श्रावण २० गते देखि कार्यालय सञ्चालनमा आए पनि कामदारको रकम भुक्तानि नभएको पाईएको छ । कार्यालयमा काम गर्ने दुई सय वढि कामदारले भवन सम्पन्न भएको साढे दुई वर्ष विति सक्दा पनि रकम पाउन सकिरहेका छैनन ।

विज्ञापन

वडा नं चारका २० जना कामदारले प्रति चट्टा १२ हजारका दरले ढुङगा बोकेको १ लाख १८ हजार रकम अहिले सम्म नपाएको स्थानिय कामदार कृष्णचन्द्र ढकालले बताउनुभयो । त्यस्तै वडा नं पाचँका २ सय कामदार र छतमा काम गर्ने अन्य कामदारको पनि १ लाख १८ हजार रकम पाउन वाकि रहेको कामदार ढकालले बताउनुभएको छ । ठेकेदार महतले ठेक्का सम्झौता गरी भवन निमार्ण गर्ने जिम्मा लिएका भए पनि समयमा काम सम्पन्न नभएको र कामदारले पनि पाउनु पर्ने रकम नपाएकाले भवन के कति रकममा सम्पन्न भएको हो, त्यसको लेखा जोखा पनि नभएको पाईएको छ ।

भवनको निमार्ण कार्य सम्पन्न भई गाउँपालिकालाई जिम्मा लगाउनु पर्ने भए पनि अहिले स्थानिय सरकारले भवन नवुझेको गाँउपालिकाले जनाएको छ । वडा नं पाचँका वडाअध्यक्ष वर्ख वुढा र ठेकेदार गणेश महतको सहमतिमा मनोमानि ढगंले कार्यालय सञ्चालनमा आएको जनाईएको छ । साविकको मदना गाविसका कामदारले आफुहरुले परीश्रम गरे वाफतको रकम नपाएको गुनासो पोखेका भए पनि हाल सम्म उनिहरुको गुनासो सम्वोधन हुन सकिरहेको छैन ।

ठेकेदार महतबाट स्वास्थ्य कार्यालयको जिम्मा लिएका वडा नं पाचँ सेरीका आउँसे रोकायाले पनि आफ्नो हातमा पैसा नपरेको स्वीकार्नुभएको छ । कुनै पनि कामदारले पाउनु पर्ने रकम र आफुले पाउनुपर्ने रकम समेत ठेकेदार महतले नदिएको उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयो, ठेकेदार महतले कामदारलाई काम गराउने जिम्मा र भवन निमार्ण गर्ने जिम्मा दिएको भए पनि आफुलाई रकमको जिम्मा नदिएकोे पिडित रोकायाले बताउनुभएको छ । कामदारको लाखौँ पैसा कुम्ल्याएर ठेकेदार महत अहिले सम्र्पक विहिन अवस्थामा रहनुभएकोे छ । दुई पंैसा कमाई जहान परीवार पाल्ने आसामा काम गरेका कामदारले दिन रात पसिना बगाएको परीश्रम नपाएको गुनासो गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार