होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — आठौं महाधिवेशन गरिरहेको माओवादी सशस्त्र विद्रोह छोडेर शान्ति प्रक्रियामा सामेल भएको १५ वर्ष पुगेको छ । यो १५ वर्षमा माओवादी कहिले आफ्नै नेतृत्वमा त कहिले गठबन्धनका रूपमा झन्डै ११ वर्ष सरकारमा रहेको छ । राष्ट्रियता, राज्य व्यवस्थाको परिवर्तन, जनजीविका लगायतका मुद्दा उठाएर तत्कालीन शेरबहादुर देउवाको सरकारलाई २०५२ साल माघ २२ गते संयुक्त जनमोर्चाका […]
सत्तारुढ नेपाली काँग्रेसको वैधानिकता जोगिएको छ । भदौ १८ गते वडा अधिवेशन सुरु भएर मंसिर अन्तिममा महाधिवेशन सम्पन्न गरेर काँग्रेसले पार्टीको वैधानिकता जोगाएको हो । ०७२ फागुनमा १३ औं महाधिवेशन गरेको काँग्रेसका लागि ०७८ भदौमा महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता थियो । निर्धारित मितिमा महाधिवेशन नभएर पटक–पटक सारिँदा काँग्रेसको वैधानिकतामाथि प्रश्न उठेको थियो । काँग्रेसकै नेताहरु […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले महाधिवेशन अवधिभर खाना र बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने भएको छ । खाजाको प्रवन्ध भने पार्टीले नै मिलाउने महाधिवेशन मूल व्यवस्थापन समिति आयोजक हिमाल शर्माले जानकारी दिए ।उनले भने, ‘प्रतिनिधिहरुले खाने, बस्ने व्यवस्था आफन्त, साथिभाइ र जनताको घरमा आफैं मिलाउनुपर्छ । खाजाचाहिं पार्टीले खुवाउँछ ।’ महाधिवेशनको व्यवस्थापनमा खटिएका एक नेताका […]
निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक आगामी १४ वैशाखमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको छ । आयोगका पदाधिकारी, प्रधानमन्त्री र सरकारका मन्त्रीबीच शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आयोगकातर्फबाट स्थानीय तहको निर्वाचनका लागि १४ वैशाखको मिति प्रस्ताव भएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ७ सय ५३ वटै […]
नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका […]
नागरिक रैबार बाजुरा ८ पुस बडीमालिका नगरपालिकाकाे वडा नं ९ मा नेकपा एकीकृत समाजवादी पार्टीकाे वडा कमिटी गठन गरिएकाेे छ । विहिबार बडीमालिका ९ मा एकीकृत समाजवादी पार्टीकाे प्रथम वडा भेलाबाट धनसिंह चंदारा अध्यक्ष रहने गरि ४१ सदस्यीय वडा कमिटी गठन गरिएकाे हाे । त्यस्तै उपाध्यक्ष संगिता बिक नेपाली, लाेकेन्द्र हमाल, सचिव सुमन बिक नेपाली, […]
विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस ११ देखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनको काम अन्तिम चरणमा पुर्याएका छन् । अध्यक्ष प्रचण्ड झण्डै १५ दिनदेखि राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनमा जुटेका थिए ।फाट्फुट लेख्न सुरु गरेको त १५ दिन जति नै भयो, तर मिहिन ढंगले अघि बढेको तीन […]
काठमाडौं, ७ पुस । सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले एक महिनाजसो सोसल मिडियामा हाजिरी जनाइनन् । मूलधारका सञ्चारमाध्यममा पनि देखिइनन् । आखिर सोसल मिडिया सेलेब्रिटी झाँक्री कता बेपत्ता भइन् त ? हिजो राति प्रसारण भएको प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री […]
बाजुरा -नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराले पुस ११ गते जिल्ला कमिटीको पूर्ण बैठक बस्ने भएको छ । पार्टीको जिल्ला अधिवेशनको पूर्व तयारीका लागि बैठक बस्न लागेको एमाले बाजुराले जनाएकाे छ। नेकपा एमालेले देशभरकै ७७ जिल्लामा पुस २३ गते एकै दिन जिल्ला अधिवेशन गर्न मिति तय गरेको छ । एकसाथ वडा र पालिका अधिवेशनको मिति तय […]
काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो । विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताए । ‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त […]
काठमाडौँ — नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मंसिर २४ मा महाधिवेशन उद्घाटन समारोहमा भनेका थिए, ‘म जहाँ हुन्छु, कांग्रेस त्यहीँ रहनेछ ।’ उनले यसलाई अहंका रूपमा नबुझ्न आग्रह गरेका थिए तर उक्त भनाइभित्र उनले नेतृत्व गरेको समूहको शक्ति लुकेको थियो । महाधिवेशनमा सिटौलाले आफ्नो समूहको शक्तिका आधारमा सभापति शेरबहादुर देउवालाई दबाबमा राख्दै एक महामन्त्री, एक सहमहामन्त्रीसहित आधा […]
काठमाडौं, २ पौष । नेकपा एमाले विभजित भएपछि एकपछि अर्को गर्दै शक्ति गुमाइरहेको छ । माधव कुमार नेपालले एमाले छाडी नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमालेले निरन्तर शक्ति गुमाइरहेको हो । एमाले नफुट्दै भएको विवादले उसले राष्ट्रियसभाको उपनिर्वाचनमा धक्का खाएको थियो । त्यसपछि अध्यक्ष केपी शर्मा ओली सरकारबाट हट्ने परिस्थिति बन्यो । अहिले फेरि एमालेले […]
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको चुनावमा ध्यान दिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्ने बताउँदै सम्पूर्ण सीटहरू जित्ने गरि आगाडि बढ्न नेता र कार्यकर्तालाई निर्देशन दिए । राष्ट्रियसभाको चुनावपछि स्थानीय चुनाव हुने बताउँदै उनले प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै […]
नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने राससलाई जानकारी दिए ।कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु […]
नागरिक रैबार/बाजुरा २९ मंसिर।नेकपा माओवादी केन्द्र बाजुराको पार्टी कार्यालयमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयको मुख्य गेट नजिकै कोटघरमा रहेको माओवादी केन्द्र बाजुराको पार्टी कार्यालयमा सोमवार राति चोरी भएको माओवादी केन्द्र बाजुराले जनाएको छ । पार्टी कार्यालयको ढोका फुटाएर कार्यालय भित्र रहेका कम्प्युटर १ थान,ल्यापटप १ ,फम, राउटर १ थान,थाली ३ थान र मल्टिपलक […]
काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापतिको मतगण्ना सम्पन्न भइसकेको छ। अरु पदको मतगण्ना अब सुरु हुँदैछ । निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगण्ना सुरु गरेको । पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ। अहिले साढे ६ बजेपछि मतगण्ना सुरु […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले अब शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताएका छन् । महाधिवेशन अघि अलग विचार समूहबाट आफूहरु प्रत्यासी रहेको र प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने अब देउवा सिंगो पार्टीको सभापति भइसकेका कारण आफूहरु सबैको सभापति भएको उनले बताए । उनले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएकोमा […]
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संघीन आरोप लगाएका छन् ।बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ गराउँदै ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष दाहालको साँठगाँठमा माघ-१९ को कदम चालिएको आरोप लगाएका हुन् ।‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो । कसका […]