होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एक महिना कता बेपत्ता भइन् सहरी विकास मन्त्री रामकुमारी झाँक्री ?
समाचार

एक महिना कता बेपत्ता भइन् सहरी विकास मन्त्री रामकुमारी झाँक्री ?

  • नागरिक रैबार
एक महिना कता बेपत्ता भइन् सहरी विकास मन्त्री रामकुमारी झाँक्री ?

काठमाडौं, ७ पुस । सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले एक महिनाजसो सोसल मिडियामा हाजिरी जनाइनन् । मूलधारका सञ्चारमाध्यममा पनि देखिइनन् । आखिर सोसल मिडिया सेलेब्रिटी झाँक्री कता बेपत्ता भइन् त ?
हिजो राति प्रसारण भएको प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री झाँक्रीले त्यसको राज खुलाइन्, “एक त म सोसल मिडियामा कम जान लागेँ । मेन स्ट्रिमका मिडियामा जान कम गरेँ । तपाईंले पनि बोलाउनुभएन ।”
सहरी विकास मन्त्री हुनासाथ आफूलाई कोभिड र निमोनिया भएको पनि उनले खुलाइन् । उनले थपिन्, “मन्त्री भएपछि मलाई कोभिड र निमोनिया भयो । एक महिनाजसो बिरामी नै परेँ । त्यस कारण मेरो बाहिरी सक्रियता नदेखिएको हो । अरु कुनै कारण छैन ।”
अहिले उनी दैनिक ५ सय जनालाई भेटिरहेकी छन् । तर मन्त्रालयमा तपाईंको प्रभावकारिता त केही देखिएन नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, “म रोस्टर नै राखेर दैनिक ५ सय मान्छे भेटिरहेकी छु । म व्यक्तिगतभन्दा पनि सामूहिक कुरा गर्छु । मेरा समकालीन र जुनियर साथीहरु प्रेमले आउनुहुन्छ । जिल्लाबाट आउने साथीहरु दुई—पाँच लाखका खुद्रे योजना लिएर आउनुहुन्छ । त्यसपछि मलाई के थाहा भयो हामीले स्थानीय सरकार छ भन्ने अनुभूति दिन सकेका रहेनछौं । जनप्रतिनिधिहरुलाई हामी पनि सरकार हो भन्ने घमण्ड मात्र रहेछ ।”
आफूले मन्त्रालयमा सुशासन, संगठनात्मक र व्यवस्थापन सुधारका काम सुरु गरेको मन्त्री झाँक्रीले बताइन् । उनले भने, “मेरो मन्त्रालयले आम जनतालाई डोर टु डोर सेवा दिन सक्दैन । विपन्न वर्गका लागि जनता आवास, भूकम्पपीडितलाई राहत आदि यसमा पर्छन् । यसको खास अनुभूति सहरी मध्यमवर्गले पाउने हो । उपभोक्ता समितिका नाममा भएका बेरुजुका अंक निकाल्ने काम भइरहेको छ । मैले जवाफदेहिता, आर्थिक अनुशासन र पारदर्शितामा जोड दिएकी छु । यसो गराउनैपर्छ । नगरे अख्तियारले हामीलाई छाड्दैन । मैले गरेको प्रयत्नको परिणाम निक्लन अलिकति समय लाग्छ ।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार