होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सम्मेलनमा पेश गर्ने दस्तावेजलाई अन्तिम रुप दिँदै प्रचण्ड
समाचार

सम्मेलनमा पेश गर्ने दस्तावेजलाई अन्तिम रुप दिँदै प्रचण्ड

  • नागरिक रैबार
सम्मेलनमा पेश गर्ने दस्तावेजलाई अन्तिम रुप दिँदै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस ११ देखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनको काम अन्तिम चरणमा पुर्याएका छन् । अध्यक्ष प्रचण्ड झण्डै १५ दिनदेखि राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनमा जुटेका थिए ।फाट्फुट लेख्न सुरु गरेको त १५ दिन जति नै भयो, तर मिहिन ढंगले  अघि बढेको तीन चार दिनमात्र भयो’, प्रचण्ड निकट एक स्थायी समिति सदस्यले रातोपाटीसँग भने, ‘बिहीबार बेलुकासम्म अध्यक्षको डकुमेन्ट तयार हुन्छ भन्ने बुझिएको छ ।’ ती सदस्यका अनुसार दस्तावेज लेख्ने काम प्रचण्ड आफैले गरेका छन् । ‘नेता र विज्ञहरुसँग सरसल्लाह र छलफल त हुने नै भयो, तर राइटिङको काम उहाँ आफैले गर्नुभएको छ’, ती सदस्यको भनाइ छ ।

नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने सोचअनुरुप प्रचण्डले दस्तावेज तयार गरेको बुझिएको छ । प्रचण्डले दस्तावेज तयार गरिसकेपछि स्थायी कमिटी बैठकमा छलफल गर्ने माओवादीको तयारी छ । त्यसका लागि शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाउने तयारी भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।बिहीबार अध्यक्षको डकुमेन्ट तयार भयो भने शुक्रबार स्थायी कमिटी बैठक बस्छ र छलफल हुन्छ’, स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले रातोपाटीसँग भने, ‘अवको पार्टी कस्तो हुने र कसरी अघि बढ्ने भन्ने विषयको निर्क्योल अध्यक्षको डकुमेन्टमा धेरै भर पर्छ ।’ पछिल्लो समय नेकपा माओवादीका नेता कार्यकर्ताहरु दलाल पुँजीवादी वर्गको मतियार बनेको तथा नेतृत्व पंक्ति नै क्रान्तिकारी विचार र सिद्धान्तबाट च्युत हुँदै आएको गुनासो बढ्दै गएको छ ।माओवादी प्रवक्ता कृष्ण बहादुर महराले पुस ११ देखि सुरु हुने सम्मेलनमा विगतका कमी कमजोरीको गम्भीर समिक्षा गर्दै भावी योजना र कार्यक्रम बनाउने जानकारी दिए । ‘सम्मेलनको मुख्य उदेश्य क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्नु नै हो, त्यसक्रममा हामीबाट विगतमा के के कुरामा कमजोरी हुनपुग्यो र पार्टी यो अवस्थामा पुग्यो गहिरो विश्लेषण हुन्छ’, प्रवक्ता महराको भनाइ छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार