होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले अलोकतान्त्रिक ढंगबाट आर्थिक वर्षको बीचमा ऐन विपरित २३ सयवटा टुक्रे योजना ल्याएको बताइन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा पार्टीका तर्फबाट आफ्नो धारणा राख्दै सरकारले स्वेच्छाचारी ढंगबाट काम गरेको उनले बताइन् । ‘रकमान्तर गरेर २३ सय वटा टुक्रे योजना ल्याएर स्वेच्छाचारी काम छ । […]
काठमाडौं, ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्दा नेकपा एमालेका नेता भीम रावल चर्को स्वरले बोलेको भन्दै कडा टिप्पणी गरेका छन् । आज नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उदघाटनमा पुगेका देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पेस गरेको प्रस्ताव नै पास भएको जिकिर गर्दै त्यतिबेलाका रक्षामन्त्री रावलले ‘किन राजीनामा नदिएको’ भनी प्रश्न […]
नागरिक रैबार/बाजुरा ३० फागुन। नेपाल उत्पीडित जातीय मुक्ती समाज बाजुराको अध्यक्षमा शंकर चंदारा चयन भएका छन् । नेकपा एमाले निकट वग्रिय संगठन नेपाल जातीय मुक्ती समाज बाजुराको आईतबार सदरमुकाम मार्तडीमा भएको चौथो जिल्ला सम्मेलनबाट शंकर चंदारा अध्यक्ष रहने गरी ५१ सदस्यीय कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्ष पारुदेवी पारु बिक, सचिव गाैरी सार्की, काेषाध्यक्ष […]
नागरिक रैबार/बाजुरा २९ फागुन। नेपाली काँग्रेस बाजुराको चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरिएको छ ।घरघर जाऔं, काँग्रेसलाई जिताऔं भन्ने मुल नाराका साथ नेपाली काँग्रेस बाजुराले चुनावी अभियानको सुभारम्भ मार्तडीबाट सूरु गरेको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी अभिायनको शुभारम्भ बडीमालिका नगरपालिकाको मार्तडीबाट गरिएको काँग्रेस बाजुराले जनाएको छ । नेपाली […]
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा गठबन्धन भन्दा पनि आफ्नै तागत बढाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार विराटनगरको होटल मनास्लुमा आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन भन्दा आफ्नै तागत बढाउन कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले आगामी स्थानीय तहको चुनाव पार्टीका लागि ठूलो ब्याटल भएको बताए […]
काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको कारबाहीसम्बन्धी मुद्दमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ । आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले लिखित जवाफ परिसकेको र मुद्दामा उठाइएका संवैधानिक र कानुनी प्रश्नको निरुपण छिटो छरितो रुपमा हुनु मनासिव देखिएको भन्दै चैत २० गते पेशी तोकी पूर्ण सुनुवाइ गर्ने आदेश […]
प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेका धेरैजसो सांसद नाराबजी गरिरहँदा एमाले सांसद भीम रावलले भने सभामुखसँग समय मागेर बोले । उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछिको कामहरुको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने माग गरे । सांसद रावलले नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने आवाजहरु उठिरहेको भन्दै त्यस प्रकारको आवाजलाई बन्द गर्न पनि माग […]
काठमाडौं, २९ फागुन । प्रतिनिधिससभाको बैठक अब २ चैतमा बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २ चैत दिउँसो १ बस्ने जानकारी दिएका हुन् । आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ । बैठकमा सांसदद्वय […]
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । उनले बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसलाई छलफल गरेर पारित गर्ने बताए । […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् । उनले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा उम्मेदवार बनेपछि कांग्रेसको निर्वाचन समितिबाट राजीनामा दिएका हुन् । घिमिरे नेतृत्वकै निर्वाचन समितिले कांग्रेसको […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका एक दर्जन नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएका छन् । आइतबार विहान अध्यक्ष प्रचण्डले नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ता पार्टी प्रवेश गराएका हुन् । एमाले, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष प्रचण्डले प्रचण्डले […]
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।बैठक प्रारम्भ भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले अवरोध गरेका छन् । पार्टीले उठाएको माग सम्बोधन नभएको भन्दै एमाले सांसदले विगत ६ महिनादेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । एमालेको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकका काम–कारबाही अघि बढाएका छन् ।आजको बैठकका लागि दुईवटा कार्यसूची […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताएका छन् । उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए । एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै यो विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने धारणा राखे । पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा […]
प्रकाश सपूतलाई पक्कै थाहा थियो– यस्तै हुन्छ भनेर ! जस्तो कि अहिले उनको गीत ‘पिर’ले सत्तामाथि पिर थपिरहेछ, तरंग ल्याइरहेछ । नेतृत्वमा हुनेहरूको सात्तो लिइरहेछ । नजिकिँदै गरेको चुनावको दौडधुपमा ५ वर्षपछि गाउँ झर्न लागेको नेकपा माओवादी केन्द्रलाई प्रकाश सपूतले बन्दुक प्रहार गरेझैँ भयो । युट्युबबाट रिलिज भएको केही घण्टामै नेता कार्यकर्ताहरूमा भूकम्प ल्याइदियो । […]
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान आजबाट सुरु गर्दै छ ।७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन् । कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने […]
काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृ संस्थाका रूपमा २०२७ मा नेपाल विद्यार्थी संघ स्थापना हुँदा अध्यक्ष विपिन कोइराला २४ वर्षका थिए । एक वर्षपछि २७ वर्षीय शेरबहादुर देउवा संघको अध्यक्ष बने । २०३६ मा विमलेन्द्र निधिले २४ वर्षको उमेरमै संघको नेतृत्व सम्हाले । पार्टीमा नेतृत्व उत्पादन गर्ने नर्सरीका रूपमा चिनिने नेविसंघमा पछिल्लो समय भने विद्यार्थीबाट रिटायर्ड भएका नेताको हालीमुहाली […]
गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले तरंग ल्याएको छ।शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गीतले सामाजिक सन्जालमा तरंग ल्याएको हो। गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी चुनावलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कतिपय नेताहरुले पैसाको धाक लगाइरहेको बताएका छन् । शनिबार नेकपा एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले एक्लै चुनाव जित्छु भन्नु पैसाको धाकमात्र भएको बताए । ‘अब चुनावमा विभिन्न खालका शक्तिहरु अहिले आउँदैछन् । एउटा कांग्रेस, काँग्रेस […]
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले र कांग्रेसको सैद्धान्तिक लक्ष्य मिल्ने बताएका छन् । उनले पार्टी कार्यकर्ताहरूलाई एमाले भाइ कांग्रेस भएको कुरा जनतामा लैजान निर्देशन दिएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता खनालले एमाले र कांग्रेसमा भिन्नता नभएको बताए । कांग्रेस पुँजीवादमा प्रस्ट भएको तर एमाले कम्युनिस्टको […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता पोष्टबहादुर बोगटीको निधनपछि आफूले दुःख पाएको बताएका छन् । शनिबार नुवाकोटको विदुरमा बोगटीको पूर्णकदको शालिक अनावरण गर्दै प्रचण्डले उनको निधनबाट सबभन्दा बढी क्षति पार्टी हेडक्वार्टरलाई भएको बताए । उनले भने, ‘उहाँ नहुँदा अहिले पार्टीभित्र असाध्यै दुःख भोग्ने दुःखी पात्र म बन्न पुगेको छु ।’ […]