होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् । उनले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताए । ‘यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । सरकारका लागि गठबन्धन आवश्यक हुन्छ । हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? […]
बैतडी –नेकपा एमालेबाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गरेकी हुन् । नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए । चन्दलाई कांग्रेसका केन्द्रिय सह–महामन्त्री […]
महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा जाहेर गरेका छन् । प्रसारणको तयारीमा रहेको ‘राजेश हमालसँग एकदिन’ कार्यक्रममा उनले यो इच्छा राखेका हुन् । हमालले बुधबार आफ्नै नामको युट्युब च्यानलबाट हमालसँग एक दिन नामक कार्यक्रमको ट्रेलर हालेका छन् । उक्त ट्रेलरमा हमालले मेयर हुने इच्छा जाहेर गरेको देख्न सकिन्छ । सार्वजनिक ट्रेलरमा हमालले नेताहरुले काठमाडौं […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले नेपाली कांग्रेसको दोस्रो पंक्तिका नेताहरुले गठबन्धन गर्नुहुन्न भनेर उत्ताउलो कुरा गरेको टिप्पणी गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकमा उनले कांग्रेसको शीर्ष नेतृत्व गठबन्धनप्रति सकारात्मक भए पनि दोस्रो पंक्तिका नेताहरुले उत्ताउलो कुरा गर्ने गरेको टिप्पणी कांग्रेसभित्रै भइरहेको बताए । ‘शीर्ष नेतृत्वले एउटा कुराकानी गर्ने, दोस्रो पंक्तिका […]
काठमाडौं । भारतको पन्जाब राज्यमा आम आदमी पार्टी (आप)ले दुई तिहाइ बहुमत हासिल गर्ने संकेत देखिएको छ ।विधानसभा निर्वाचनमा पन्जाबका ११७ सिटमध्ये आम आदमीले ८८ सिटमा अग्रता लिएको छ । पन्जाबमा सरकार बनाउनका लागि चाहिने बहुमत भनेको ५९ सिट हो । दुई तिहाइ बहुमतका लागि ७८ सिट जित्नुपर्छ । तर अहिलेसम्मको मत परिणाममा आम आदमी […]
विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका छन् । बुधबार मोरङको रंगेलीमा आयोजित कार्यक्रममा उनले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताए । मतपत्रको रङबारे निर्वाचन आयोगको निर्णय कांग्रेसतिर झुकेको भन्दै ओलीले भने, ‘ काङ्ग्रेसको बुढो रूख बचाउन […]
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ३० वैशाखको स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताएका छन् । बुधबार नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रीय समिति बैठकले निर्णय नगर्दासम्म कांग्रेसका कार्यकर्तालाई गठबन्धनको विषयमा कुनै निर्देशन वा आग्रह नगरिने बताए । ‘केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय […]
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। बुधबार बिहान राजदूत यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेकी थिइन्। प्रचण्ड र यान्छीबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको स्रोतले बताए। यस्तै, भेटवार्तामा चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषयमा समेत छलफल भएको थियो। यस्तै, नेपालले अमेरिकी सहयोग […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीमा नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्नै उनले भने, ‘हामीले एकतर्फी व्याख्यात्मक घोषणा भनेर जे गरिएको छ, त्यसलाई उपलब्धिपूर्ण बनाउनुपर्छ । यसलाई सम्झौताको अंग बनाउनुपर्छ ।’ यही फागुन १५ गते प्रतिनिधिसभाले १२ […]
धनगढीः हिजोदेखि नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको एक अडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। पाललेले अश्लील शब्दमा गाली गरेको अडियो सञ्जालमा भाइरल भएको हो। अडियोमा पालले अश्लील शब्दमा गाली गरेर ज्यान मार्ने धम्की समेत दिएको सुनिन्छ। उक्त अडियो एमालेकै अनेरास्ववियूका कार्यकर्ता यज्ञ भट्टलाई गाली पालले गाली गरेको भएको खुलेको छ। उनले अडियोमा भनेका छन् […]
काठमाडौँ — संविधानले महिलाका हक अधिकार र राज्यका सबै क्षेत्रमा प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । सामाजिक, आर्थिक र राजनीतिक रूपमा समेत महिलाहरूको पहुँच र प्रतिनिधित्व बढ्दो छ । तर, दलित समुदायका महिलाको जीवनस्तरमा सुधार आउन सकेको छैन ।दलित महिलाले समग्र महिलाले भन्दा भिन्न विभेद र उत्पीडन खेप्न बाध्य छन् । उनीहरू अझै पनि सामाजिक संरचनामा सबैभन्दा पिँधमै छन् । घरभित्र […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि कोसिस गर्ने बताएका छन् । नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले पार्टीको पछिल्लो बैठकले विधानमा केही संशोधन गरेको बताए । पार्टीको केन्द्रीय समितिमा उद्योगी व्यवसायी, डाक्टर, इन्जिनियर लगायतको समुचित प्रतिनिधित्व भयो भने सही आर्थिक […]
धनगढी : नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेय बिहीबार सुदूरपश्चिम आउने भएका छन्। उनी बैतडीमा एक आमभेलालाई सम्बोधन गर्न आउन लागेका हुन्। नेपाली कांग्रेस बैतडीले मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकालाई लक्षित गरेर आमभेलाको आयोजना गरेको छ। कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दका अनुसार शिवनाथको सुल्लेखानमा हुने आमभेलालाई सम्बोधन गर्न सहमहामन्त्री पाण्डेय भोलि बैतडी जान लागेका […]
नेकपा (एमाले) ले जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो । मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात […]
काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङले छपाइ गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका छन् । आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा […]
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुई दिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ । पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट […]
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको कागजपत्र अध्ययन गरिरहेको बताएको छ ।वैशाख ३० मा हुने निर्वाचनका लागि ८० दलले दल दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ । तीमध्ये ७२ वटा दलले ७७ जिल्लामै निर्वाचनमा सहभागी हुने गरी दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ । आयोगका सहायक प्रवक्ता […]
काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार केन्द्रीय कमिटीमा थपिएका छन् । योसहित प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका छन् । आज ९७ जना मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् । गंगा प्रचण्डको सचिवालयमा कार्यरत छिन् । मोरङका आचार्य गंगाका पति हुन् […]
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने दावी गरेका हुन् । ‘जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् । एक केन्द्रीय सदस्यका अनुसार ती नाममाथि केन्द्रीय समितिमा छलफल भइरहेको छ । प्रचण्डले प्रस्ताव केन्द्रीय सदस्यमा प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन […]