होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चितवन-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेस विजयी भएको छ । चितवनमा ३ वडामा भएको उपनिर्वाचनमा तीनै वडामा कांग्रेस विजयी भएको छ । भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल विजयी भए । त्यस्तै खैरहनी नगरपालिका ४ मा पनि कांग्रेसकै देब […]
बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् । कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। बाजुराको त्रिवेणी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मनराजे बुढा विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा बुढाले ३ सय ६७ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । बुढाका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका खगेन्द्र चंदाराले ३ सय ४७ मत ल्याएर पराजित भएका छन् । वडामा रहेका एक […]
पोखरा– कास्की –२ को मतगणना तारजालीभित्र हुने भएको छ ।शनिवार(आज) सम्मपन्न उपनिर्वाचन सकिएसँगै विभिन्न मत केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी छ । प्रारम्भिक नतिजा अनुसार ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र सुवेदीले बताए । ५ बजे मतदान सकिएर सहिदचोकस्थित जिल्ला समन्वय समितिमा मतपेटिका ल्याउने क्रम जारी रहेको हो । ८ बजे सर्वदलीय […]
कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन्। उनी ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन्। प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। ४ मत भने बदर भएको छ। आज […]
नागरिक रैबार/ बाजुरा १४ मंसिर। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. १ को वडा अध्यक्षका लागि भएको उपनिर्वाचनमा स्थानीयहरुले शान्तिपूर्ण रुपमा हर्षोलासका साथ मतदाताहरुले मतदान गरेका छन् । छतारामा रहेको छतारादेवी आधारभुत विद्यालयकाे प्रागणमा विहान ७ बजेबाट सूरु भएको मतदान अहिले साँझ ५ बजेसम्म शान्तिपूर्ण तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । […]
सुदूरपश्चिममा ७ वडा अध्यक्षका लागि हुने उपनिर्वाचनको तयारी पूरा भएको छ। शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्र व्यवस्थापन र अन्य तयारी पूरा गरेका छन्। जिल्ला निर्वाचन कार्यालयहरुले सबै मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका र मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री पठाइसकिएको जानकारी दिएका छन्। डोटीका जिल्ला निर्वाचन अधिकारी दलवहादुर मलासीले सबै सुरक्षा निकायको सहभागितामा […]
नागरिक रैबार/बाजुरा १३ मंसिर। जिल्ला अस्पताल व्यवस्थापन समिति बाजुराका नवनियुक्त अध्यक्ष भरत थापाले स्वास्थ्य क्षेत्रमा बोलेर मात्र नभई काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार जिल्ला अस्पताल बाजुरामा आफ्नो अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले स्वास्थ्य क्षेत्र भनेको अत्यन्तै समवेदनशील र जनताहरुको प्रत्येक्ष जीवनसंग जोडिएको संस्था भएकोले स्वास्थ्य […]
बैतडी: नेपाली कांग्रेस बैतडीले बुधबार राती दोगडाकेदार गाउँपालिका–४ का वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्ट माथि हातपात भएको घटनाको निष्पक्ष छानबीन गर्न माग गरेको छ। नेपाली कांग्रेस बैतडीले आज एक विज्ञप्ती जारी गर्दै आफ्ना उम्मेद्वारमाथि आक्रमण हुनु नेकपाको अधिनायकवादी शैली भएको टिप्पणी गरेको छ। चुनाव प्रचारप्रसार गरि घर फर्किरहेका बेला बोलाएर आक्रमण गर्नु निन्दनिय भएको विज्ञप्तीमा […]
काठमाडौं- उपनिर्वाचन २०७६ का लागि गए राती १२ बजेबाट मौन अवधि शुरु भएको छ । निर्वाचन आचारसंहिता अनुसार मौन अवधि शुरु भएपछि उपनिर्वाचन नसकिँदासम्म कुनै पनि दल तथा स्वतन्त्र उम्मेदवारका पक्षमा चुनावी सभा, र्याली तथा मतदाता भेटघाटका कार्यक्रमहरु गर्न पाइने छैन ।निर्वाचन आयोगले मौन अवधि शुरु भएलगत्तै आयोगबाट उपनिर्वाचनका लागि गरिनु पर्ने सबै तयारी समेत […]
काठमाडौं । शनिवार ३५ जिल्लाका ४४ स्थानीय तहका ४८ पदमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दलहरुले चुनाव प्रचार प्रसार गर्ने र भोट माग्ने आज राति १२ बजे सम्म मात्र हो । मध्यरात १२ बजेपछि चुनाव प्रचारप्रसारका कुनै पनि गतिविधि सञ्चालन गर्न नपाईने निर्वाचन आयोगले जनाएको […]
काठमाडौँ । निर्वाचन आयोगले नेकपा अध्यक्ष प्रचण्ड हेलिकप्टर चढेर चुनाव प्रचारप्रसारका लागि हिँडेकोबारे आफूहरुलाई कुनै जानकारी नरहेको बताएको छ । आयोगले बुधबार उपनिर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव प्रचारका लागि हेलिकप्टर प्रयोग गरिनु आचारसंहिता विपरित हुने बताए । प्रचण्ड कास्कीलगायत उपचुनाव हुने क्षेत्रमा हेलिकप्टर चढेर पुगेकोबारे पत्रकारहरुले सोधेको […]
मंसिर ११, २०७६ बैतडी : स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसवाट निर्वाचित बैतडीका एक वडाअध्यक्ष सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। डिलाशैनी गाउँपालिका ७ का वडाअध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए। पुर्चौडी नगरपालिका ४ भटनामा आयोजित चुनावी सभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जनाले नेकपामा प्रवेश […]
कास्की- कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गङ्गाबहादुर गुरुङले सङ्घीय मामिला […]
मङ्सिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ (ख) र घोराही–१६ मा ७३ हजार १७२ मतदाता रहेकामा ३७ हजार ३०५ महिला मतदाता छन् । पुरुष मतदाता ३५ हजार ८६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्या एक रहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी […]
कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०७१ साल असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानुनी रुपमा ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले शाखा अधिकृत गौतमसहित ८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। गौतमसहित ८ जनाविरुद्ध जनही […]
कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटीका सदस्य देवप्रसाद गुरुङले कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा देश आत्मर्निभरतातर्फ उन्मुख भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत नेकपा वडा पार्टी कमिटी पोखरा– १६ ले आज पोखरामा आयोजना गरेको चुनावीसभामा उनले कम्युनिष्ट सरकार स्थापनाको दुई वर्षमा आर्थिक वृद्धिदर इतिहासकै उच्च विन्दुमा रहेको तथा आयात कम र निर्यात […]
उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाउने ९ जना पक्राउ परेका छन्। सुनसरीको धरानमा उपचुनाव बहिष्कारको नारा लगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनिहरुले ‘उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाएर पर्चा, पम्पलेट बाँडेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले बताए। पक्राउ पर्नेहरु सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यकर्ता रहेको एसपी […]
सर्वोच्च अदालतले संविधानको व्यवस्थामा अप्रत्यक्ष शब्दावलीको प्रयोग गरी स्थानीय तहका पदाधिकारीलाई पारिश्रमिक उपलब्ध गराउनु संविधानमाथिको जालझेल भएको व्याख्या गरेको छ । पदाधिकारीको पारिश्रमिक खारेज सम्बन्धी कात्तिक १ गतेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले संविधानको परिकल्पना विपरीत पारिश्रमिक दिनेगरी प्रदेशसभाहरुले बनाएका कानुनले बैधता नपाउने पनि ठहर गरेको छ । अप्रत्यक्ष शब्दावली तथा भाषाको प्रयोग गरी पारिश्रमिक […]
मुलुकका अधिकांश ठूला राजनीतिक दल आन्तरिक विवादबाट गुज्रिँदै आएका छन्। सत्ता समीकरणको अभ्यासमा रहेका ती दल यो मामिलाबाट अझ प्रभावित र निर्देशित छन्। यसले देशको समग्र विकासमा असर परेको छ। आन्तरिक कलहको परिणाम पार्टीले ‘रफ्तार’ लिन नसकेको आम बुझाइ छ। पार्टी गतिशील नहुँदा त्यसले हाँकेको सरकार प्रभावकारी हुन सक्दैन। सरकार चलायमान हुन नसक्नुको परिणाम विकासमा […]