होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं- सरकारले पछिल्लो समय खुकुलो बनाएको लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘लकडाउन खुकुलो हुँदा जोखिम बढेपछि […]
१५ असार, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले खुकुलो लकडाउन (लुजडाउन) मापदण्ड कडाईका साथ लागू गर्न निर्देशन दिएको छ । सीसीएमसी निर्देशक समितिको सोमबार बसेको बैठकले भाषा परीक्षा, उद्योग सञ्चालन लगायतको मापदण्ड पालना नभएको भन्दै असन्तुष्टि जनाएको छ । अघिल्लो बैठकले मापदण्ड बनाएर लागू गर्न भनेपनि नभएको भन्दै सोमबारको बैठकले कडाईका साथ लागू […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएसँगै नेपालको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । प्रधानमन्त्री ओलीले आइतबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो सरकार ढाल्ने प्रयास भइरहेको आरोप लगाएका हुन् । आफू राष्ट्रियताको पक्षमा दृढ भएकै कारण प्रधानमन्त्रीबाट आफूलाई हटाउन देशी […]
काठमाडौं । मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । अपरान्ह चार बजेपछि बैठक बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यसैबीच, उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठक जारी छ । सिंहदरबारमा* बसेको बैठकमा कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारमा भइरहेका प्रगतिका बारेमा मन्त्रालयगत रुपमा छलफल […]
काठमाडौं – कानुन सङ्कायको तीनवर्षे स्नातक तह (एलएलबी) कार्यक्रमलाई निजी कलेजबाट पनि पढाउने व्यवस्था गर्न सुझाइएको छ । ‘कानुनी शिक्षाको सुधार पुनरवलोकन र परिमार्जनका लागि गठित सुझाव समिति’ले आइतबार त्रिभुवन विश्वविद्यालयलाई यस्तो प्रतिवेदन बुझाएको हो । समितिका संयोजक प्रा. पूर्णमान शाक्यले विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटालाई प्रतिवेदन हस्तान्तरण गर्दै कानुनी शिक्षामा सार्वजनिक–निजी साझेदारीको आवश्यकता औँल्याए […]
सुदूरपश्चिम प्रदेश सभाको आज दिउँसो ३ बजेका लागि बस्ने भनिएको बैठक स्थगित भएको छ। सचिवालले सूचना टाँस गर्दै बैठक स्थगितको जानकारी गराएको हो। प्रदेशसभाका सचिव राम धामीले सभामुखको आदेश अनुसार आज दिउँसो बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको बताए। अर्को बैठक मंगलबार दिउँसो ३ बजे तोकिएको छ। सभामुख अर्जुनबहादुर थापाले सरकारसँग असहमति जनाउँदै प्रतिपक्षले […]
१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको दाबी गरेका छन् । त्यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ । मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले […]
धनगढी : धनगढीबाट विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर ईन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ गरेको हो। कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय […]
१४ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आइतबार बस्दै छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । काँग्रेसले १४औं […]
काठमाडौं- तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको आज ६९ औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको […]
भारतबाट फर्किएका नागरिकको समयमै कोरोना रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिँदैं गएको छ । क्वारेन्टाइनमा बसेको महिना दिन पुगे पनि रिपोर्ट नआउँदा बैतडीका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका छन् । स्वाब संकलन भएकाहरुको समेत समयमा रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका हुन् । क्वारेन्टाइनमा बसेको १ महिना पुग्न लाग्दा समेत […]
काठमाडौं – सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताएका छन् । कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । […]
राजेन्द्र राेकाया बाजुरा १२ असार चालू अार्थिक वर्ष सकिनै लाग्दा जिल्लाकाे बडीमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन बनेकाे छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालको एकाएक सरुवा गरेपछि बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहिन बनेको हाे । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएपछि नगरभित्रका काम सम्पन्न भएका योजनाहरुको […]
जिवन कैला बाजुरा,१२ असार बाजुराको बुढीनन्दा नगरपालिकाले आगामि आर्थिक वर्षको नीति, कार्यक्रम तथा वजेट सार्वजनिक गरेको छ । कृषि, स्वास्थ्य, सडक, रोजगारी तथा पूर्वाधारलाई मुख्य प्रथामिकता दिदै बुढीनन्दा नगरपालिकाको चौथो नगर सभा बाट आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएको हो । यस वर्षको नीति तथा कार्यक्रममा लक्षित वर्ग कार्यक्रम अन्र्तगत नगरपालिकाका […]
१२ असार, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका छन् । बैठकको दोस्रो दिन आजबाट नेताहरूले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम सुरु भएको छ। सरकार र पार्टीमा कामको समीक्षासहित अधिकांश एजेण्डा […]
यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक शुरु भएको छ। पहिलो दिनको बैठकमा अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी आज बस्ने गरी सकिएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिन वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य […]
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलले शुक्रबारको प्रदेश सभा बैठक पनि अवरुद्ध गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीले बैठक अवरुद्ध गरेको सुदूरपश्चिम प्रदेशको नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता डिल्ली पन्तले जानकारी दिए। सरकारले कोरोना नियन्त्रण तथा पिसीआर चेकजाँच गर्न नसकेपछि जनता निरास भएको […]
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ ।बैठक बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठक अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा केन्द्रित हुने जनाइएको छ । पछिल्लो समय नेकपाभित्र बढ्दै गएको विवाद समाधानमा विषयमा छलफल हुने नेकपा नेताहरुले जनाएका छन् ।यसअघि बुधबारको बैठकले विभिन्न ७ […]
१० असार, कैलाली । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारी रोकथाम र नियन्त्रणमा भएको खर्च सार्वजनिक गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशको प्रदेशसभा अवरुद्ध गरेको छ । बुधबारको बैठकमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले कोरोना नियन्त्रणमा गरेको खर्च विवरण सार्वजनिक गर्न माग गरे । ‘कोरोनाको नाममा ५७ करोड रुपैयाँ खर्च भएको हामीले बुझ्यौँ । […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी समिति बैठकका ५ वटा एजेण्डा तय गरेको छ । बुधबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि बैठकका ५ वटा एजेण्डा तय भएका हुन् । एजेण्डाको पहिलो नम्बरमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सम्बन्धमा अध्यक्षद्वय ओली र प्रचण्डले मन्तव्य राख्नेछन् । त्यस्तै दोस्रो […]