होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित, मंगलबार ३ बजे बस्ने
देश/प्रदेश

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित, मंगलबार ३ बजे बस्ने

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित, मंगलबार ३ बजे बस्ने

सुदूरपश्चिम प्रदेश सभाको आज दिउँसो ३ बजेका लागि बस्ने भनिएको बैठक स्थगित भएको छ। सचिवालले सूचना टाँस गर्दै बैठक स्थगितको जानकारी गराएको हो।

प्रदेशसभाका सचिव राम धामीले सभामुखको आदेश अनुसार आज दिउँसो बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको बताए। अर्को बैठक मंगलबार दिउँसो ३ बजे तोकिएको छ।

सभामुख अर्जुनबहादुर थापाले सरकारसँग असहमति जनाउँदै प्रतिपक्षले दुई दिन सदन अवरोध गरेको बताए। प्रतिपक्षले सरकारसँग छलफल नगरेकाले फेरि अवरोध भए बैठक बसे पनि परिणाम नआउने भएकाले बैठक स्थगित गर्नुपरेको सभामुख थापाले बताए।

विज्ञापन

सरकारसँग प्रतिपक्षले छलफल गर्नुपर्ने र समस्या समाधान गर्नुपर्ने उनले बताए। प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि छलफल गर्न असार १० गते बोलाइएको छैठौं अधिवेशनको १९ औं बैठक प्रतिपक्षको अवरोधपछि स्थगित भएको थियो।

असार १२ गतेका लागि बोलाइएको बैठक समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले अवरोध जनाएपछि स्थगित भएको थियो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सांसद भरत खड्काले छलफल गर्ने विषयमा सरकारले चासो नै नदेखएको बताए। कोरोनालाई प्राथमिकतामा राखेर काम गर्न सरकारसँग माग राखिएको उनले बताए।

क्वारेन्टिन व्यवस्थापन, कोरोना परीक्षण, उपचारमा सरकार गैरजिम्मेवार बनेको प्रतिपक्षको आरोप छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार