होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • विकाश र समृद्धिमा जोड दिने गरी बुढीनन्दाको ३९ करोड २४ लाख बढी वजेट सार्वजनिक
Breaking News

विकाश र समृद्धिमा जोड दिने गरी बुढीनन्दाको ३९ करोड २४ लाख बढी वजेट सार्वजनिक

  • नागरिक रैबार
विकाश र समृद्धिमा जोड दिने गरी बुढीनन्दाको ३९ करोड २४ लाख बढी वजेट सार्वजनिक

जिवन कैला
बाजुरा,१२ असार
बाजुराको बुढीनन्दा नगरपालिकाले आगामि आर्थिक वर्षको नीति, कार्यक्रम तथा वजेट सार्वजनिक गरेको छ । कृषि, स्वास्थ्य, सडक, रोजगारी तथा पूर्वाधारलाई मुख्य प्रथामिकता दिदै बुढीनन्दा नगरपालिकाको चौथो नगर सभा बाट आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएको हो । यस वर्षको नीति तथा कार्यक्रममा लक्षित वर्ग कार्यक्रम अन्र्तगत नगरपालिकाका प्रत्यक वडामा एउटा उपभोक्ता समितिमा शत प्रतिशत महिला मात्र समावेश गरीएको उपभोक्ता समिति गठन गरी कार्यन्वयन गरीने नीति तथा कार्यक्रम ल्याएको छ । नगरपालिकामा विकाश निमार्णका विभिन्न योजनामा हुने अनियमितता र भ्रस्टाचारको चुहावटमा कमि ल्याउन र उपभोक्ता समितिमा महिला सहभागितालाई अनिवार्य गराउने उद्देश्यले नीति तथा कार्यक्रममा समावेश गरीएको नगरपालिकाका प्रशासन शाखा प्रमुख गोकर्ण राज रेग्मीले बताउनुभएको छ । दिगो विकाश सहित स्वस्थ, खुशि र सुखि नगरवाशि, समुद्ध नगर भन्ने नारालाई आत्मसाथ गर्दै बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरीले आर्थिक वर्ष २०७७÷०७८को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नगरपालिकाको चौथो नगर सभा बाट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख गिरीले नगरपालिकाको विकाश र समृद्धिमा जोड दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीमा सम्पन्न नगर सभाले कोरोना महामहारीलाई मध्यनजर गर्दै कृषि, स्वाास्थ्य, शिक्षा लगायतलाई मुख्य प्रथामिकतामा राखेको छ । नगर सभाले सडक तथा यातायात, खानेपानी तथा ढल निकाश, स्वास्थ्य तथा फोहोमैला ब्यवस्थापन, कृर्षिमा आधुनिकरण, गुणस्तरीय शिक्षा प्रदान, पर्यटन प्रवद्धन, वातावरण तथा विपद ब्यवस्थापन लगायतका कार्यक्रम आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा वजेटमा पहिलो प्राथमितामा राखेको छ । त्यस्तै, बस्ती विकाश तथा भवन निर्माण, लक्षित वर्ग कार्यक्रम, युवा तथा खेलकुद, सार्वजनिक सम्पत्ति संरक्षण, प्रशासनिक ब्यवस्थापन तथा सुशासन, आर्थिक प्रशासन एमं सुशासन, योजान सञ्चालन, लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा अघि सारेको नगरपालिकाले जनाएको छ । बुढीनन्दा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७ ÷०७८ का लागि ३९ करोड २४ लाख ६४ हजार १ सय ७० रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै नगरपालिकका उपप्रमुख श्रृष्टि रेग्मीले आर्थिक विकाश तर्फ रु ३ करोड ८८ लाख ५० हजार, कृर्षि तथा पशुपक्षिं विकाश तर्फ, ६० लाख, २० हजार, उद्योग विकाश तर्फ ६ लाख, पर्यटन विकाशका लागि ५९ लाख ३० हजार, जलस्रोत तथा सिचाई कार्यक्रमका लागि २० लाख ५० हजार, भुमि ब्यवस्था तर्फ २ लाख ५० हजार, सामाजिक विकाश तर्फ ३ करोड २३ लाख ८७ हजार, शिक्षा तर्फ १ करोड ७६ लाख ५० हजार विनियोजन गरेको जानकारी दिनुभएको छ । त्यस्तै स्वास्थ्य तर्फ कुल ४० लाख, खानेपानी तथा सरसफाई तर्फ ९१ लाख ८७ हजार, संस्कृति प्रवद्धन तर्फ १ लाख, खेलकुद तथा मनोरञ्जन तर्फ आवश्यक्ता अनुसार विनियोजन गरीने, लैगिंक समानता तथा सामाजिक समावेशिकरण तर्फ ४९ लाख, ५० हजार, पुर्वाधार विकाश तर्फ ६ करोड ९७ लाख ११ हजार, सडक पुर्वाधार तर्फ २ करोड ८७ लाख ४२ हजार, उर्जा विकाश तर्फ ३८ लाख, भवन आवाश तथा शहरी विकाश तर्फ ३ करोड ७१ लाख ६९ हजार, वातावरण तथा विपद ब्यवस्थापन तर्फ ८ लाख, कोरोना नियन्त्रण तथा रोकथाम कोषका लागि १ कारोड र रकम विनियोजन गर्ने क्रममा छुटेका पक्षलाई पछि सामावेश गर्ने गरी ४८ लाख रकम विनियोजन गरीएको उपप्रमुख रेग्मीले बताउनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार