होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहिन
Breaking News

बडीमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहिन

  • नागरिक रैबार
बडीमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहिन

राजेन्द्र राेकाया
बाजुरा १२ असार
चालू अार्थिक वर्ष सकिनै लाग्दा जिल्लाकाे बडीमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन बनेकाे छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालको एकाएक सरुवा गरेपछि बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहिन बनेको हाे ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएपछि नगरभित्रका काम सम्पन्न भएका योजनाहरुको रकम भुक्तानि रोकिएको छ, भने नगरपालिकाकाे अन्य दैनिक कामकाजमा समेत बाधा भएको नगरपालिकाले बताएको छ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी सम्हाल्न यज्ञराज अर्याल गत मंसिर महिनामा नगरपालिकामा हाजिर भएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत अर्याल गृह मन्त्रालयमा सरुवा भएर गइसकेका छन् भने अर्को पठाउने वा कसलाई आर्थिक काराेबारकाे अधिकार दिने हो कुनै जानकारी नभएको बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले वताएका छन् ।
यज्ञराज अर्याल सरुवा भएको केही दिन सम्म बसेपनि अन्तमा नगर सभा सकेर उहाँ गृह मन्त्रालयमा हाजिर हुने गरी बाजुरामा हिडिसकेका छन् ।
यस अघि प्रमुख प्रशासकिय अधिकृत अर्याल नगरपालिकामा रहँदा नगरपालिका पटक- पटक विवादित हुने गरेका थिए ।
अर्याल बिरुद्ध जिल्ला प्रशासन हुदै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्म ज्ञापन पत्र मार्फत नेकपा निकट जनवर्गिय संगठनले कारवाहिका लागि माग गरेका थिए ।
नगरपालिकामा सकेसम्म प्रमुख प्रशासकिय अधिकृतको ब्यबस्थापन हुन नसक्नु र भएपनि धेरै बस्न नसक्नुले नगरपालिका विभिन्न गतिबिधिमा प्रभाव परेको जनप्रतिनिधीहरु बताउछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार