होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं २० असार : आज बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार अर्को बैठक असार २२ गते बस्ने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो। बिहीबार केहीबेर बसेर स्थगित भएको […]
काठमाडौं २० असार। ललितपुरको खोकनामा आफ्नो जमिन खनजोग गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ । विकासका नाममा जग्गाजमिन र पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका थिए । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का […]
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका बीच किन कार्यक्रम गरेको भन्दै नेविसंघका नेताहरुप्रति आक्रोश पोखेका छन्। पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा नेविसंघले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै देउवाले यस्तो महामारीमा भाषणबाजीको कुनै औचित्य नभएको बताए। ‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन,उनले भने, ‘खतरा रोग […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफनै पार्टीभित्रबाट अहिले घेराबन्दीमा परेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमलगायतले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीको राजीनामा माग गरेका छन् । शुक्रबार दिउँसोसम्म भएका अनौपचारिक वार्ताले पनि सकारात्मक नतिजा निकालिसकेको छैन । नेकपाभित्रको आन्तरिक विवादका कारण संघीय संसद्को […]
उज्जल प्रसाइ विचार । नेतृत्वले आफ्ना अभिव्यक्ति र कर्ममार्फत सर्वांग उदांगो पारेर असलियत देखाइसक्दा पनि नेकपालाई सबैभन्दा अग्रगामी र प्रगतिशील पार्टी मान्नेहरुको संख्या ठूलो छ । यस घडी नेपालको दलीय राजनीति केही थान कलाविहीन प्रहसन रचेर बसेको छ । यो स्तम्भ लेख्दै गर्दा काठमाडौंको माइतीघर मण्डला र झापाको बिर्तामोडमा प्रधानमन्त्री केपी ओलीको पद जोगाउने घोषित उद्देश्यसाथ प्रदर्शन […]
नागरिक रैबार बाजुरा १९ असार । नेपाल कम्युनिष्ट पार्टी बाजुराका सचिव भरत बुढाले यो विशाल पार्टी फूट्नका लागि जुटेको होईन् भनेका छन् । उहाँले शुक्रबार डिआरमस्ट होटेलमा पत्रकार सम्मेलन मार्फत सो कुरा बताएका हुन् । हामी विपक्षीको सपना साकार पार्न यो नेकपाको विशाल पार्टी बनाएका हैनौँ । हामी त नेपाली जनतालाई सुखी र सम्वृद्धिका लागि […]
काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका छन् । पार्टीमा दबाब खेपे पनि प्रम ओलीले सरकार सञ्चालनका नियमित कार्यलाई जारी राखी विरोधी खेमाका […]
काठमाडौं, १९ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गम्भीर संकट उत्पन्न भएपछि शीर्ष नेताहरूले पार्टी जोगाउन दौडधुपलाई तीव्र पारेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि त्यसले नेकपामा तरंग सिर्जना भएको छ । प्रम ओलीको राजीनामा मागसँगै पार्टीमा देखिएको संकट समाधानका लागि नेताहरू प्रधानमन्त्री […]
काठमाडौं, १९ असार । सत्तारूढ नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा पुगेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा गराउन स्थायी समितिको बहुमत अग्रसर भएपछि टकरावको स्थिति आएको छ। प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्न इच्छुक छैनन्। बरु, बैठककै बीचमा मन्त्रिपरिषद्बाट सिफारिस गराएर उनले संसद् अधिवेशन अन्त्य गराएका छन्। त्यसले झन् असमझदारी बढाएको छ। पार्टीभित्र […]
१८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूले पार्टी फुटको संघारमा पुगेको निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको आरोप छ । स्थायी कमिटी बैठक चलिरहेका बेला गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यक्रममाथि प्रदेशसभामा छलफल अघि बढ्न सकेको छैन । सरकारद्वारा प्रस्तुत बजेटका धेरै बुँदामा प्रतिपक्ष नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको असहमतिका कारण छलफल शुरु हुन नसकेको जनाइएको छ । बजेटमाथिको छलफल शुरु गर्नका लागि बोलाइएका प्रदेशसभाको बैठक प्रतिपक्ष दलका अवरोधका कारण पछिल्ला […]
१८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानै सात/आठ बजेतिर आफूनिकटका स्थायी कमिटी सदस्य एवं बहालवाला मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर भने, ‘यहाँहरुले मलाई सहयोग गर्नुपर्यो, ममाथि चौतर्फी एट्याक (आक्रमण) भयो ।’ बुधबार बेलुका जब झम्सीखेलमा स्थायी कमिटीका ३० जना नेताहरुको भेलाले एकस्वरमा प्रधानमन्त्रीबाट हट्नुपर्ने निश्कर्ष निकाल्यो, प्रधानमन्त्रीले पक्कै पनि आफूमाथि थप ‘एट्याक’ भएको महसुस […]
काठमाडौं । जारी स्थायी कमिटी बैठककै क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चरम अन्तरविरोध बढेको छ । गत आइतबार एक कार्यक्रमका क्रममा प्रधानमन्त्री केपी ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत र पार्टीभित्रैबाट चलखेल भएको अभिव्यक्ति दिएसँगै पार्टीभित्र अन्तरविरोध चुलिएको थियो । प्रधानमन्त्रीको अभिव्यक्तिकै विषयमा नेकपाको स्थायी समितिको मंगलबारको बैठकमा नेताहरुबीच चर्काचर्की भएको थियो । बैठकमा ओली […]
काठमाडौं । पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला केही युवाहरुले बिहीबार राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जुलुस निकालेका छन् । युवाहरुले प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रो काम गरेको भन्दै उनको समर्थनमा जुलुस निकालेका हुन् । राजधानीको माइतीघर क्षेत्रमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिप्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् […]
नागरिक रैबार/बाजुरा १८ असार। निजामति कर्मचारीहरुको आधकिारकि ट्रेड युनियन बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री केपी शर्मा आेलीलाई १७ बुधे माग पत्र बुझाएका छन् । बिभिन्न १७ ओटा माग सहति प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएको आधकिारकि ट्रेड युनयिन बाजुराका अध्यक्ष धन बहादुर थापाले बताए । यस्तो छ माग पत्र हेर्नुहोस
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली विरोधी समूह छलफलमा जुटेको छ । केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनप्रति विरोध जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताहरुले दुबै […]
काठमाडौं । मंगलबार र बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताले नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि सो पाटीभित्रको आन्तरिक राजनीति थप जटिल मोडमा पुगेको छ । यसक्रममा तीनथरी धारणाहरु सार्वजनिक भैसकेका छन् । पहिलो ओलीको राजीनामा बाहेकको विकल्प […]
भक्तपुर: पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ। गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा आँखा अस्पताल नजीकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व भक्तपुरका सेक्रेटरीसमेत रहेका शाहीलाई प्रहरीले पक्राउ गरेको […]
१६ असार, काठमाडौं । नेकपाको बैठकमा पटक–पटक कुर्सीसम्बन्धी विवाद पर्दै आएको छ । मंगलबारको बैठकमा पनि त्यस्तै विवाद भयो । अन्ततः सचिवालयका सदस्यहरुलाई मञ्चबाट तल झारियो । बैठक उदघाटनको दिन बुधबार दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा सुविधाजनक सोफाको प्रवन्ध गरिएको थियो भने अरु नेताहरुलाई काठका कुर्सीको प्रवन्ध गरिएको थियो । बरिष्ट […]
१६ असार, काठमाडौं । अबको ८ दिनपछि नेपाल प्रहरीले नयाँ कमाण्डर पाउँदैछ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले २४ असारपछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउनेछन् । ज्ञवाली घर गएसँगै २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट एक जनाले २८ औं महानिरीक्षक बन्ने अवसर प्राप्त गर्नेछन् । प्रहरी नियमावलीले प्रहरी […]