होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदरको फैसला गर्नेबित्तिकै धेरैलाई लागेको थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले खुरुक्कै राजीनामा दिन्छन् । ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको निर्णयविपरीत फैसला आए ओलीले स्वाभाविक रुपमा नैतिकताका आधारमा राजीनामा दिने सार्वजनिक अभिव्यक्ति दिएका पनि थिए । तर ज्ञवालीले भनेको नैतिकता बचाएर ओलीले राजीनामा दिएनन्, बरु सर्वोच्च अदालतले भनेअनुसार […]
काठमाडौं । आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आव्हान गर्न सिफारिस गर्न लागेको आफु निकट नेताहरुलाई बताएका छन् । ओली निकट नेता तथा […]
काठमाडौं । नेकपा ओली पक्षले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । शुक्रबार प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिएको हो । नेकपाको ओली र प्रचण्ड माधव पक्षले जिम्मेवारी हेरफेरलाई तीव्र पारेका छन् ।
काठमाडौं । ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसलापछि अहिले हामी संसदको अधिवेशन, सरकार, संविधानको कार्यान्वयन, समृद्धि, समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौँ । सञ्चारमाध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गरौं’, नेकपाको प्रचण्ड–माधव पक्षका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार आफ्नो फेसबुक पेजमा लेखेका छन् । उनले […]
नागरिक रैबार दार्चुला १४ फागुन दार्चुला लेकमको लालीदेखि व्यासको छांगरु टिंकरसम्मका बस्ती भारतसँग सीमा जोडिएका क्षेत्र हुन् । भारतसँग सीमा जोडिएका दार्चुलामा ६ नाकाहरु छन् । ति सबै नाकाहरु कोरोना महामारीका कारण सरकारले चैत ११ गते बन्द गरेको थियो । अहिले दार्चुलाको सदरमुकाम खलंगाको नाका खुल्यो, अरु खुलेका छैनन् । त्यसबाहेक सबैका आ–आफ्नै पायकपर्ने लेकमको […]
१४ फागुन, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे […]
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै नयाँ सरकार गठनको चहलपहल सुरु भएको छ । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका दुईजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए । काँग्रेससँग मिलेर सरकार बनाउनका लागि प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको स्रोत बताउँछ । जवाफमा […]
काठमाडौं । हुन नसकेको चुनावको तयारीका लागि निर्वाचन आयोगले हालसम्म ८ करोड हाराहारी खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा भङ्ग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि आयोगले तयारी थालेको थियो । आयोगले जिल्ला कार्यालयहरुलाई विभिन्न शीर्षकमा ४ करोड १७ लाख ९० हजार रुपैयाँ पठाइको छ भने सोही […]
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक दल कसको भन्ने टुंगो आउँदो फागुन २० गते लाग्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विषयमा नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनमा बिहीवार सुनुवाइ सकिएपछि फैसला मिति तोकिएको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीवार सुनुवाइ सकिएको थियो । […]
काठमाण्डाैँ १४ फागुन । तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संसद् अधिवेशन फेस गर्न दुई रणनीति अख्तियार गरेका छन्। प्रतिनिधिसभा विघटन गर्दा उनले तर्क गरेका थिए, म ६४ प्रतिशत संसदको समर्थन प्राप्त प्रधानमन्त्री हुँ, मैले राजीनामा दिए संसदबाट फेरि सरकार बन्न अवस्था रहँदैन। ओलीका निकटस्थका अनुसार […]
काठमाडौं । बुधबार नेपाली कांग्रेसका सभापति, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बिहीबार भेटबार्ता गरे । दुबै दललाई प्रचण्ड र माधवको प्रस्ताव छ, ‘सबै मिलेर अगाडि बढौं ।’ प्रचण्ड–माधव समूहका नेताहरुका अनुसार मिलेर अगाढि बढ्ने प्रस्ताव नयाँ सरकार गठनका सन्दर्भमा राखिएको हो । र, दुबै दलले पार्टीमा छलफल गर्ने प्रचण्ड–माधवलाई जवाफ […]
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फागुन २० गते निर्णय सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फागुन २० गतेलाई तोकेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ […]
काठमाण्डाैँ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम फागुन ११ गते सर्वोच्च अदालतले उल्टाइदिएपछि नयाँ सत्ता समीकरणको बहस प्रारम्भ भएको छ। संसद विघटन गरेका प्रधानमन्त्री ओली सत्ताच्यूत हुने लगभग निश्चित भएको अवस्थामा बन्ने सत्ता समीकरण कस्तो होला ? यसबारे राजनीतिक दलहरुदेखि सर्वसाधारणसम्म बहस सुरु भएको छ। अब बन्ने सरकार आगामी स्थानीय तह, […]
काठमाण्डाैँ १३ फागुन । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम खारेज गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बोलाउन आदेश दिएपछि संसद् सचिवालय बैठक सञ्चालनको तयारीमा जुटेको छ । मंगलबार अदालतको फैसला आएपछि सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठक सञ्चालनको तयारीलाई लिएर सचिवालयसँग ब्रिफिङ लिएका छन् । बुधबार महासचिव भरत गौतमले कर्मचारीहरूसँग सदन सञ्चालनको आवश्यक तयारीबारे छलफल गरेका छन् । […]
काठमाडौँ- बहुचर्चित तथा आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रममा चालु आर्थिक वर्षको हालसम्म सूचीकृत बेरोजगारको संख्या ७ लाख ४३ हजार १४० छ । यो संख्या ७ लाख ७ हजार ६ घरधुरीबाट सूचीकृत भएको हो । गत आर्थिक वर्षमा २०७६/७७ मा २ लाख २१ हजार ८०६ धरधुरीबाट ३ लाख ७० हजार ७३४ जना सूचीकृत थिए । सूचीकृतमध्ये १ […]
नागरिक रैबार फागुन १३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा– प्रचण्ड–माधब समुुह प्रेस संगठन बाजुराको संयोजक लक्ष्मिराज पाध्याय चयन भएका छन् । प्रचण्ड–माधब समुुहको प्रेस संगठन शुदुुरपश्चिम प्रदेश कमिटिले लक्ष्मिराज पाध्यायको संयोजक रहने गरि ९ जनाको जिल्ला कार्य समिति गठन गरेको शुुदुरपश्चिम संयोजक नबराज भण्डारीले बताएका छन् । पाध्याय बडीमालिका खबरका अनलाइन सम्पादक र एभिन्युु टिभिमा […]
नागरिक रैबार फागुन १३ बाजुरा । सर्वोच्च अदालतले मंगरबार संसद विघटनको निणर्य बदर गरेपछि नेपाल कम्युनियट पाटी(नेकपा) प्रचण्ड- माधव पक्षले बुधबार न्यायलयप्रति सम्मानस्वरुप जिल्ला सदरमुकाम मार्तडीमा नाराबाजीसहित बजार परिक्रमा गरि खुशीयाली मनाएको छ । सदरमुकाम मार्तडीको हाटबजार देखि खुला मंञ्च हुँदै पुरैै बजार परिक्रम गरि त्रिवेणी चोकमा गएर कोण सभामा परिणत भएको नेकपा प्रचण्ड माधव […]
कञ्चनपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए राजनीतिको फोहोरी खेल सुरु हुने बताएका छन् । संसद् पुनःस्थापना भए विकासतर्फ केन्द्रित भएको ध्यान सांसद किनबेचमा लाग्ने उनको भनाइ थियो । ‘संसद् पुनःस्थापना हुने हो भने नयाँ प्रधानमन्त्री खोज्नुपर्छ, पार्टी पनि खोज्नुपर्छ,’ सोमबार कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रका शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, […]
१० फागुन, काठमाडौं । उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबार आफ्नो स्वास्थ्य समस्याबारे चिकित्सकसँग परामर्श लिएका छन् । उनले नयाँ दिल्लीस्थित ‘इन्ष्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनले आफ्नो समस्याका बारेमा चिकित्सकसँग परामर्श लिएका हुन् । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार […]
१० फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएको छ । लगत्तै प्रहरीले उनलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको छ । सोमबार सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो । थुनामा राख्दा बाध्यात्मक रुपमा […]