होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संसद् पुनःस्थापना भए आन्दोलन गर्छु भनेको छैन : प्रधानमन्त्री ओली
समाचार

संसद् पुनःस्थापना भए आन्दोलन गर्छु भनेको छैन : प्रधानमन्त्री ओली

‘संसद् पुनःस्थापना भए फोहोरी खेल सुरु हुन्छ’

  • नागरिक रैबार
संसद् पुनःस्थापना भए आन्दोलन गर्छु भनेको छैन : प्रधानमन्त्री ओली

कञ्‍चनपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए राजनीतिको फोहोरी खेल सुरु हुने बताएका छन् । संसद् पुनःस्थापना भए विकासतर्फ केन्द्रित भएको ध्यान सांसद किनबेचमा लाग्ने उनको भनाइ थियो ।

‘संसद् पुनःस्थापना हुने हो भने नयाँ प्रधानमन्त्री खोज्नुपर्छ, पार्टी पनि खोज्नुपर्छ,’ सोमबार कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रका शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बहुमत कुनै पार्टीको छैन, सांसद किनबेच सुरु हुन्छ, फेरि फोहोरी खेल सुरु हुन्छ ।’ त्यसपछि किनबेच सुरु भएर विकास निर्माणको काम सबै अवरुद्ध हुने बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले सर्वोच्चले संसद् पुनःस्थापना गरे आन्दोलन गर्ने भनेर आफूले नभनेको पनि प्रस्ट पारेका छन् । ‘संसद् पुनःस्थापना भए आन्दोलन गर्छु मैले भनेको छैन, मैले कसैलाई धम्की दिएको पनि छैन,’ उनले भने, ‘अदालतलाई धम्की दिने बानी छैन, हामी न्यायालयमा विश्वास गर्छौं ।’ उनले अहिले राष्ट्र निर्माणको आन्दोलन अगाडि बढिरहेको र आन्दोलन जारी रहने बताए ।

विज्ञापन

उनले दैजी छेला औद्योगिक क्षेत्रको काम चाँडै सुरु भएर यस क्षेत्रमा उद्योगहरु स्थापना हुने बताए । यसले स्थानीयमा सीपको विकास गर्दै रोजगारी सिर्जना हुने पनि उनले बताए । महाकालीमा पक्की पुल निर्माणको काम पनि चाँडै सम्पन्न हुने पनि प्रधानमन्त्री ओलीले बताए । यसैगरी महाकाली कोरिडोर, दोधारा चाँदनीमा सुख्खा बन्दरगाहलगायतका कामहरु पनि चाँडै सुरु हुने उनको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार