होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तै फेरि पक्राउ परे बास्तोला
समाचार

सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तै फेरि पक्राउ परे बास्तोला

  • नागरिक रैबार
सर्वोच्चले रिहा गर्ने आदेश दिएलगत्तै फेरि पक्राउ परे बास्तोला

१० फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएको छ । लगत्तै प्रहरीले उनलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको छ ।

सोमबार सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो ।

थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ।

विज्ञापन

सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो ।

सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ ।

अब पनि यही विषयमा थुनामा राखे नेपालको संविधानको धारा १२८ (४) र न्याय परिषद ऐन, २०७३ को दफा १७ बमोजिम कारबाही हुने पनि आदेशमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार