होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– नेकपा माओवादी केन्द्रले स्थायी कमिटिको बैठक बोलाएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष प्रचण्डले बेलुका ५ बजे स्थायी कमिटिको बैठक बोलाएको स्थायी कमिटि सदस्य हरिबोल गजुरेलले जानकारी दिए । पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा सरकार गठनका लागि भइरहेका प्रयासबारे अध्यक्ष प्रचण्डले जानकारी गराउने उनले बताए । उनले भने,‘सरकार गठनका लागि भइरहेका प्रयासका बारेमा […]
नेकपा एमाले नेता प्रदीप ज्ञवालीले पार्टी २०७५ साल जेठ २ गतेको अवस्थामा फर्कने सम्भावना नरहेको संकेत गरेका छन् । पार्टीकै नेपाल खनाल पक्षले पार्टी एकता र सहमति अनुसार चल्ने हो भने २०७५ साल जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने अडानका बारेमा बिहीबार बसेको स्थायी बैठकले केही निर्णय गर्यो भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा नेता ज्ञवालीले प्रतिकूल अवस्थामा नेतृत्वका […]
नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ । वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गरेका हुन् । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने […]
प्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली बूढानीलकण्ठ, चपली हाइटस्थित व्यापारी रामेश्वर थापाको घरमा पुगेका छन् । प्रधानमन्त्री ओली बरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ताका लागि थापाको घरमा पुगेका हुन् । अध्यक्ष ओलीले केही अगाडि नै पुगेर माधव नेपाललाई प्रतिक्षा गरेका थिए । केही ढिलो गरी पुगेका नेता नेपालसँग अहिले ओलीले छलफल गरिरहेका छन् । […]
३० वैशाख, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता शुरू भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच भेट भइरहँदा देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका हुन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा बिहीबार सकिने भएकाले यसबारे छलफल हुने बताइएको छ ।
३० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । दुई नेताबीचको वार्तास्थल भने गोप्य राखिएको छ । पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान अध्यक्ष ओलीले नेपाललाई फोन […]
एमालेले बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई ६ महिनाका लागि गरिएको निलम्बन फुकुवाको विषयलाई माधवपक्षीय नेता योगेश भट्टराईले सकारात्मक संकेत भनेका छन् । ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्चाउनु राम्रो हो । अव कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ’, भट्टराईले बालुवाटारमा बसेको स्थायी समिति बैठकले कारवाही फुकुवाको निर्णय गरे लगत्तै ट्वीट गरेर भनेका छन् । अर्का नेता […]
प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच वार्ता हुने भएको छ । प्रधानमन्त्री ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार नभएसम्म सामुहिक राजीनामाको अडानबाट पछि नहट्ने नेता माधव कुमार नेपालले आफू निकट नेताहरुलाई स्पष्ट पारेका छन् । ‘अबको एकाध घण्टामा ओली र नेपालबीच वार्ता हुन्छ, कुरा मिल्यो भने ठीकै छ, नभए हाम्रोतर्फबाट सामुहिक राजीनामा […]
३० वैशाख, काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् । पुनस्थापित एमालेका […]
३० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ । अध्यक्ष ओलीले भेटवार्ताका लागि प्रस्ताव राखेका थिए । ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताए । ‘उहाँहरु बीच भेट तय भएको छ । कहाँ भेट्ने भन्ने कुराकानी भइरहेको छ’, ती नेताले भने […]
काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता लिएको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरेको एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले […]
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनले भने, ‘बहुमतको सरकारका लागि आज दाबी गर्न जान्छौँ । त्यसको तयारी भइरहेको […]
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षलाई राजीनामाबाट रोक्न अन्तिम प्रयास भइरहेको छ । राष्ट्रपतिले दिएको नयाँ सरकार गठनको समयसीमा आज साँझ ९ बजेसम्म सकिनुअघि नेपाल पक्षलाई राजीनामा गराउने प्रयास कांग्रेस र माओवादीको छ ।राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएर संख्या जुटाउन सकस परिरहेका बेला संस्थापन पक्षले संवाद जारी राखेको छ । बुधवार माधव नेपाललाई […]
काठमाडौँ । नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट सुरु गर्नुपर्ने माग ओलीले नसुनेपछि नेपाल समूह पार्टीबाटै बाहिरिने वा सांसद पदबाट सामूहिक राजीनामा […]
राजनीतिक स्थिरताको नारा दिई मत बटुलेर प्रधानमन्त्री भएका केपी शर्मा ओली ३ वर्ष २ महिना २५ दिन सरकार चलाएर पदमुक्त भए । प्रजातन्त्र पुनःस्थापनापछिको ३० वर्षमा छिटोछिटो सरकार फेरिएर दिक्क भएका जनता फेरि एकपटक निराश बनेका छन् । त्यसका साथै ५ वर्ष सरकार चलाउने र देशमा समृद्धि ल्याउने ओली र उनको नेतृत्वको वाम गठबन्धनको वाचा […]
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको तीव्र दौडधूपमा छन् । नयाँ सरकारका लागि बहुमत पु(याउन विपक्षी दललाई हम्मेहम्मे परिरहेको अवस्था छ । ‘काम चलाउ’ प्रधानमन्त्री ओली विपक्षी दललाई […]
काठमाडौं, २९ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का नेता माधव कुमार नेपालबीच ७ बुँदे सहमतिको खाका तयार भएको बुझिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर देउवाको नेतृत्वमा सरकार गठन गर्नको लागि माधव नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको हल्ला चलेको अवस्थामा देउवा र नेपालबीच भने सात बुँदे सहमतिको […]
कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि हुने भएको छ । बुधबार नियुक्त भएका तीन मन्त्रीको शपथग्रहण बिहीबार बिहान ११ बजे हुने तय भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले जानकारी दिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा बिन्दमान विष्ट, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा सीता नेपाली, रआर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल […]
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । विपक्षी गठबन्धले बहुमत पुर्याउन नसकेपछि प्रदेशसभाको ठूलो दलको हैसियतमा पृथ्वीसुब्बालाई प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी हुन् । गठबन्धनले नेपालको संविधानको धारा १६८ को २ अनुसार बहुमत पुर्याउन नसकेपछि गुरुङ संविधानको धारा १६८ को ३ अनुसार संसदको ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । […]
नेकपा एमालेका नेता भीम रावलले राजीनामा दिएर जानुपर्ने बताएका छन्। असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने उल्लेख गरेका उनले राजीनामा दिने संकेत गरेका छन्। अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट रोक्न पदमुक्त गर्नुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरेका छन्। ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय […]