होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघिका बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आएका छन् । एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म संसद चल्न नदिने अडान लिँदै आएका कारण आज पनि बैठक चल्ने सम्भावना […]
काठमाडौँ । ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले बताए । ब्यूरो स्रोतका अनुसार पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सवै तहका कमिटीहरु निर्वाचनमार्फत चयन गर्ने भएको छ । परम्परागत ढंगले कमिटीहरु गठन गर्दा चलायमान हुन नसकेको निष्कर्षका साथ अबदेखि माओवादीले निर्वाचन पद्दतिमार्फत कमिटीहरु गठन गर्न लागेको हो । माओवादीले अहिलेसम्म अधिकांश पार्टी कमिटी चयन गर्दा टीके प्रथाबाट गर्दै आएको थियो । माओवादी केन्द्रकी केन्द्रीय सदस्य नारायणी शर्माले बैठकले पार्टी […]
धनगढीः कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको शिक्षासङ्गै सीप अभियान सञ्चालन गर्ने भएको छ। स्ववियुले पढाइसङ्गै दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सीपमूलक तालिमहरू विज्ञ प्रशिक्षकद्वारा निस्शुल्क सञ्चालन गरिने भएको हो। विभिन्न विषयमा तालिम लिन इच्छुक विद्यार्थीहरुले आफ्नो इच्छाएको एकमात्र विषय खुलाएर आवेदन दिन सूचना निकालिएको छ। तालिम लिन इच्छुक विद्यार्थीले यही श्रावण ३० गते सम्म […]
काठमाडौँ । बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी माओवादी केन्द्रको चौथो दिन बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा पनि झण्डै दुई सयको हाराहारीमा नाम टिपाइएकाले सदस्यहरूले बोल्ने क्रम भोलि नरोकिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी […]
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कर्मचारीको वृत्ति, विकासमा तीव्रता दिएको छ । साउन ४ पछि मात्रै प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप–समूहतर्फका विभिन्न दर्जामा ठुलो सङ्ख्यामा बढुवा सिफारिस गरेको छ । Tata Folliderm साउन ७ सम्ममा २ सय ८६ जनाको बढुवा सिफारिस सुची प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ […]
१० साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवैध सुन आयात प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिक प्रश्न गर्ने निर्णय गरेको छ ।नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो । बैठकपछि एमालेका एक नेताले भने, ‘सशक्त ढंगले अगाडि बढ्ने, सुन […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवैध सुन प्रकरणका सन्दर्भमा अनुसन्धान जारी रहेको भन्दै संसदमा नबोल्ने नीति लिने भएको छ । ‘सुन प्रकरणमा यसो गरौं भन्ने केही छैन,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको विषयमा नैतिक जिम्मेवारी लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतले राजीनामा […]
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।आज प्रतिनिधिसभा बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफ गर्न दलको बैठक बोलाइएको हो । विशेषगरी १०० किलो सुन बरामदबारे […]
९ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौ्मा बस्ने भएको छ । बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर सङ्गठनलाई थप विस्तार गर्ने तयारी भइरहेको जानकारी दिइन् ।बैठकले पार्टी […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युयान च्या च्युन नेतृत्वको टोलीबीच सोमबार एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता गरेको हो । आइतबार नेपाल आइपुगेको चिनियाँ टोलीले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यबहाक […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८२ सालभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय समितिको जारी बैठकमा बोल्दै सोमबार थापाले सो प्रस्ताव गरेका हुन् । उनले भने, ‘चुनावको मुखमा महाधिवेशन हुँदा पार्टीको आन्तरिक द्वन्द्वको असर चुनावमा देखियो । ०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपपर्छ।’२०७८ पुसमा कांग्रेसको १४ औं महाधिवेशन […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुने बताएका छन् । सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिँदै उनले भने, ‘नेपाली कांग्रेसले कसैलाई बिर्सिँदैन। हामी केही नवीनतामा जानु आवश्यकता छ। हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुनुपर्छ। सहमहामन्त्रीहरूबाटै कुरा गरौँ। कोही केन्द्रीय सदस्यको हात खाली नराखौँ काम गरौँ।’ यस्तै भ्रातृ […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटालीको रोममा सात देशमा रहेका नेपाली प्रतिनिधिहरुलाई भेटेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च इटाली, वेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरुसँग सोमबार भेट गरेका हुन् । त्यसअवसरमा उनीहरुले नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरुमा समेत देश बन्ने आशा र आत्मविश्वास जगाएको भन्दै प्रधानमन्त्रीलाई बधाई […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ-आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा […]
नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ।यसअघि मन्त्रालय भागबन्डामा चित्त नबुझाएको नागरिक उन्मुक्ति पार्टी एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो।‘भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको टुंगो लागेको छ। त्यस्तै एउटा राज्यमन्त्री दिने सहमति भएको छ,’ पार्टी प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले सेतोपाटीसँग भने, ‘राज्यमन्त्रीको टुंगो पनि आजै लाग्ला।’ नाउपाका […]
काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीको उच्च राजनीतिक भेटघाट जारी छ । आइतबार नेपाल आइपुगेको चीनको कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युयान च्या च्युन नेतृत्वको टोलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको थियो । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भिडिओ वार्ता गरेको सो टोलीले सोमबार […]
कैलाली । कमलबहादुर शाहको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन भएको पाँच महिनाभन्दा बढी भइसके पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । मन्त्रालय भागबण्डाको सकस, बजेटको लफडा लगायतका कारण अहिलेसम्म सरकार विस्तारमा ढिला हुँदै आएको हो । मुख्यमन्त्री शाह प्रदेश सरकारको बजेट पारित भएपछि एक साता यता काठमाडौँमा छन् । स्वास्थ्य उपचार तथा राजनीतिक भेटघाटको […]
काठमाडौँ । संघ र प्रदेश सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष सम्मिलित दुई दिने भेलाले विभिन्न १२ बुँदे निष्कर्ष निकालेको छ । साउन ५ र ६ गते काठमाडौँको चन्द्रागिरिमा भएको संघीय संसद तथा प्रदेशसभाका सभामुख र उपसभामुखबीच अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम विभिन्न निष्कर्ष निकाल्दै सम्पन्न भएको हो । सो भेलाले कानुन कार्यान्वयनमा प्रभावकारिता […]
मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।पुष्पलाल स्मारक समितिले मोरङमा आयोजना गरेको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । “पुष्पलालले जुन कुरालाई केन्द्र बिन्दुमा राखेर कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको […]