होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै उनको समूहका सांसदले कित्ता परिवर्तन गर्न सिलसिलाको थालनी भएको छ । यही सिलसिलामा ओली क्याबिनेटका एकजना पूर्वमन्त्री आफूलाई मन्त्री बनाउन माग गर्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको खुलासा भएको छ । देउवालाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर भए पनि भोट हाल्ने भन्दै ओलीनिकट एकजना एमाले सांसदले […]
काठमाडौं । नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले आज बिहान नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गर्नुभयो । अध्यक्षले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्नुहुँदै नेपालका लागि पुर्याउँदै आएको सहयोग र सद्भावप्रति […]
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीका लागि केही दिन पर्खिने रणनीति बनाएका छन् । एमालेमा माधव नेपाल र जसपामा उपेन्द्र यादव समूह परिस्थिति हेरेर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने काँग्रेस नेताहरूले बताएका छन् । एमालेको कार्यदलमा पार्टी एकताका लागि १० बुँदे सहमति भए पनि अध्यक्ष केपी ओली र वरिष्ठ नेता […]
काठमाडौँ — निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले उत्तरी र दक्षिणी छिमेकी मुलुकसँग सम्बन्ध जटिल बनेको विश्लेषण कूटनीतिक मामिलाका विज्ञहरूले गरेका छन् । ‘भारतलाई चिढ्याएर चीन गुहार्ने र चीनलाई देखाएर भारतसँग साँठगाँठ गर्ने’ कार्यशैलीका कारण दुवै छिमेकीका नजरमा नेपालले साख गुमाएको उनीहरूको ठम्याइ छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग […]
३१ असार, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ । विप्लवले कोटेश्वरमा प्रचण्डसहित नेता नेपालसँग […]
बालुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे, ‘माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन ।’ दोस्रो तहका नेताहरु पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसँग पार्टी एकता नहुने उद्घोष गरे । आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न नेतृत्वदायी भूमिका खेलेको भन्दै ओली नेपालप्रति क्रुद्ध छन् । […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका छन् । ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ । प्रचण्ड नेतृत्वमा माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले पूर्व माओवादी […]
प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपालको निवास पुगेका छन् । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग छलफल गरेको बुझिएको छ । आज मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सरेका एमाले अध्यक्ष […]
३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेपछि मंगलबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकको एउटा तस्वीर बुधबार सामाजिक सञ्जालमा भाइरल छ । राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रोशन सापकोटाले खिचेको मन्त्रिपरिषद् बैठककक्षको राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीरमा पट्टी लगाएको जस्तो देखिन्छ । देउवालाई प्रधानमन्त्री नियुक्ति गर्दा राष्ट्रपति कार्यालयले प्रयोग गरेको भाषाका कारण विवाद […]
काठमाडौं, ३० असार । देशमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमले एकीकृत कम्युनिस्ट पार्टी गठनको तयारी भएको छ । एकीकृत कम्युनिस्ट पार्टी गठनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले तयारी थालेका हुन् । विश्वस्त स्रोतका अनुसार प्रचण्ड, नेपाल र गौतमबीच विभिन्न चरणमा छलफल भइसकेको छ […]
काठमाडौं, ३० असार । नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएबाट फुट्ने निश्चितप्रायः भएको हो । ओलीसँग अब कुरा नमिल्ने भएपछि माधव नेपालले पनि नयाँ दल खोल्ने प्रक्रिया बढाइसकेका छन् । उनले प्रचण्डसँग मिलेर एकीकृत कम्युनिस्ट पार्टी बनाएर जानेबारे छलफल गरिसकेका […]
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा प्रहरी नायब उपरीक्षक डीएसपी कोमलविक्रम शाहलाई खटाइएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएको टोलीको संख्या चाहिँ उनी पदमुक्त भएसँगै घटाइएको छ। गृह मन्त्रालयका एक अधिकृतका अनुसार देउवाले अतिविशिष्ट श्रेणीको सुरक्षा पाउनेछन्, जसको नेतृत्व नेपाली सेनाले गर्नेछ। स्रोतका अनुसार देउवाको सुरक्षामा नेपाली सेनाको २ सय, सशस्त्र प्रहरी बलको ३५, नेपाल […]
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरुले नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन्। सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो। सुरक्षा स्रोतका अनुसार युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ। आज मात्रै बालकोट पुगेका ओलीले नेता […]
काठमाडौँ : रुकुम पश्चिमको चौरजहारीमा जाजरकोटका नवराज विकसहित ६ जनाको विभत्स हुँदा संघीय संसदमा माओवादी नेता जनार्दन शर्माले बोलेका थिए, “रुकुमको सोतीमा दलितका कारण घटना भएको हो । उनीहरुलाई कसैले मारेको होइन । गाउँलेले लकडाउनमा लखेट्दा भेरीमा हाम फाल्दा डुबेर मरेका हुन् ।” यो रेकर्ड संघीय संसदमा अहिले पनि सुरक्षित छ । सामाजिक सञ्जाल युट्युब, […]
काठमाडौं : दोस्रो पटक पुनर्स्थापित संसदको अवधि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि हस्ताक्षर गरेका एमालेका २३ सांसदको हातमा छ। हस्ताक्षरकर्ता एमालेका २३ सांसदले देउवालाई साथ दिए संसद पूर्ण कार्यकालसम्म जानेछ। विपक्षमा उभिए संसद पुनः धरापमा पर्नेछ। सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरे पनि एक महिनाभित्र उनले संसदमा विश्वासको मत लिने अवस्थासम्म एमालेले गर्ने […]
काठमाडौँ — संविधान र कानुनलाई कुल्चिँदै स्वेच्छाचारी निर्णय गर्दै हिँडेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बहिर्गमनको आक्रोश सर्वोच्च अदालतमाथि पोखेका छन् । संविधानका धारा कुल्चेर पटकपटक जनप्रतिनिधिमूलक थलो प्रतिनिधिसभा विघटन गरेका उनले स्वेच्छाचारी कदममा रोक लगाएबापत अदालतप्रति गम्भीर आरोपहरू लगाएका छन् । उनले सर्वोच्च अदालतले संविधानको अपव्याख्या गर्दै ‘संविधान नै संशोधन’ गरेको आरोप लगाए ।‘निश्चित व्यक्तिका निश्चित […]
काठमाडौँ– निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै ओलीले बालुवाटार छाडेका हुन् । आफ्नै निवास बालकोटमा सरेका उनलाई कार्यकर्ताले पनि स्कर्टिङ गरेका छन् । ओली बालुवाटारबाट बालकोट जाँदा ओलीको पक्षमा जुलुस निकालेर युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले […]
काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछिको विकसित राजनीतिक घटनाक्रम तथा पार्टी एकताका लागि कार्यदलले गरेके १० बुँदे सहमतिका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । कार्यादलमा भएको १० बुँदे सहमति स्थायी कमिटी बैठकअघि ओली र नेपालले त्यसमा सहमति जनाएर […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको बताएका छन् । उनले अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव नभएको बताए । बालुवाटारबाट बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना […]
३० असार, काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले आफूले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् । कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’ यो सबैको साझा प्रतिवद्धता […]