होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमवीच भेटवार्ता
राजनीति

एमाले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमवीच भेटवार्ता

  • नागरिक रैबार
एमाले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमवीच भेटवार्ता

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछिको विकसित राजनीतिक घटनाक्रम तथा पार्टी एकताका लागि कार्यदलले गरेके १० बुँदे सहमतिका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

कार्यादलमा भएको १० बुँदे सहमति स्थायी कमिटी बैठकअघि ओली र नेपालले त्यसमा सहमति जनाएर बैठकमार्फत अनुमोदन गर्ने तयारी भइरहँदा गौतमले नेपाललाई भेटेका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपाल-खनाल समूहसँग ओली अझ रुष्ट छन् ।

विज्ञापन

ओलीले मंगलबार देशबासीका नाममा गरेको सम्बोधनमा पनि नेपालको आलोचना गरेका थिए । नेपाल-खनाल पक्ष पनि बैठकमा जाने नजानेबारे अझै निर्णयमा पुगिनसकेका बेला गौतमले बैठकमा आउन आग्रह गरेको जनाइएको छ ।

नारायणकाजी श्रेष्ठसँग पनि भेट

नेता नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच पनि आजै भेटवार्ता भएको छ ।देउवा प्रधानमन्त्री बनेको भोलिपल्ट आज बिहान श्रेष्ठले कोटेश्वर पुगेर नेपाललाई भेटेका हुन् । गौतमअघि श्रेष्ठलाई भेटेका नेपालले गठबन्धनलाई अझै सशक्त बनाएर लैजाने भूमिका निर्वाह गर्न आग्रह गरिएको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार