होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • अष्ट्रेलियाली राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेट
देश/प्रदेश

अष्ट्रेलियाली राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेट

  • नागरिक रैबार
अष्ट्रेलियाली राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले आज बिहान नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गर्नुभयो ।

अध्यक्षले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्नुहुँदै नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गर्नुभयो ।

सो अवसरमा अध्यक्षले राजदूत व‍ोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।उक्त भेटवार्तामा राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गर्नुभयो ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार